सिंहदरबार प्रवेश गर्दा पनि खुसी हुँदाको क्षण
-पार्वती विक
-राज्यको समग्र विकासका लागि संघीयता महत्वपूर्ण छ ,तर कति पय विषयमा हामीले आशा गरेको जस्तो छैन । २०७२ को संविधान कार्यान्वन आयो तर अहिले सिंहदरबार भित्र कार्यान्वन हुने कतिपय कानुनहरु जस्तै संघ संस्था दर्ता ऐना २०३४ देखि धेरै ऐनहरु र कार्यान्वयन गर्ने सोचहरु पुरानै भएका कारण कानुनी प्रक्रियाको जटिलता देखाइ नगरिकलाइ असहज बनाएको अबस्था छ ।
हिजो भन्दा आज गणतान्त्रीक व्यवस्था जनताका अलि सहज भएको धुर्व सत्य छ । प्रत्यक्ष देख्ने गरि गाउँ गाउँमा पालिका स्तरमा देखिने खालका भवन र सेवामुलक भन्दा अधिकार मुखी कामको सुरुवात भएको छ भने सिंहदरबारमा सर्बसाधारणका लागि मन्त्रालयको भित्रबाट पास पठाउने र नगरिक आफ्नो पहुंचको आधरमा भित्र प्रवेश गर्न सजिलो भएको छ ।
सिंहदरबारको गेट
दरबारको गेटमा जाँदा देशभरका मानिसहरुको लाइनको बसाइँ र पुलिसको जाँच हेर्दा लाग्छ, सर्वसाधारणका लागि अबस्था अझै सहज भएको छैन । देशको मुख्य प्रशासनिक थलो हो, सिंहदरबार सुरक्षाको कारण दर्शाउँदै त्यहाँ सहज प्रवेश अनुमति छैन । त्यसैले प्रवेशद्वारमा प्रहरीको चौबीसै घण्टा पहरा हुन्छ । चारवटा ठुला गेट रहेका सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाहेक सबै भित्र रहेका छन् । तर, मुस्किलले एउटा गेट जनताका लागि खुल्छ । एउटा नेपालीले नेपाली भएको परिचयपत्र देखाएर उ प्रवेश पाउँदैन । यस्तो बिभेद छ ,जहाँ देशको नागरिक नागरिकता भएर पनि आफनो देशको प्रमुख प्रशासनिक केन्द्र भित्र सहजै जान पाउँदैन । भित्र जानलाई उ सरकारी जागिरे हुनुपर्छ वा पत्रकारको परिचयपत्र वा जनाप्रतिनिधिको निर्वाचित भएको परिचयपत्र बाहेक अरुलाइ अनुमती छैन । अझै पनि सर्वसाधारणलाई सिंहदबार नागरिकको सहज पहुँचमा छैन भन्ने कुरा अनुभूति गराइराखेको छ ।
एकाध मुस्लिम देश बाहेक संसारका सबैजसो प्रजातान्त्रिक देशहरूमा सरकारी जागिरेलाई मात्र प्रवेश दिने भन्ने नियम छैन । ती देशहरूमा विदेशीले आफ्नो राहदानीकै आधारमा सबै कार्यालय जान सक्छन् । संसारका प्रजातान्त्रिक देशहरूले प्रशासकीय भवनहरूमा आफ्ना नागरिकलाई सजिलै प्रवेश दिन्छन् । केहि मुलुकमा त झन परिचयपत्र पनि चाहिँदैन, ड्रेस कोड भएपछि त्यहाँ प्रशासकीय भवन भित्र सजिलै छिर्न सकिन्छ । यहाँ त एउटा नागरिकको नागरिकता सिंहदरबारको गेटमा पुगेपछि काम लाग्दैन ।
गृहमन्त्री आफ्नो भाषणमा भन्छन ,अब कोहि पनि सिंहदरबार जाँदा पास लिनु पर्दैन । प्रहरी भन्छ, तपाइलाई अनिवार्य पास चाइयो । सर्बसाधारण नगरिक भन्छ्न ,हामी भित्र जान पाउनुपर्छ । निर्वाचित भएका सबै सांसदहरु र त्यहाँ भित्र काम गर्ने ठुला स्तरका कर्मचारीहरुले सबै भेट्न आउने मान्छेहरुलाई सिंहदरभित्र नै बोलाउछन । सिंहदरबार प्रवेश गर्ने प्रर्णाली खासै सहज बनाएको भने भेटिदैन । यहि नीर ठूलो विभेद हुन्छ प्रहरी र नगरिक बीचको त्यो कुराकानि मन्त्रीलाई थाह हुन्छ , तर थाह नपाए जस्तै गरि बसिरहेका हुन्छन् र भन्छन् नागरिकलाइ हामीले सजिलो बनाएका छौँ । नगरिकहरु भन्छन, यी नेताहरुको कारण हामीले दुख पाउनु पर्यो । यूवाहरु भन्छन चुनावमा भोट माग्न फेरि गाउँमा आउने बाटो कुरिरहेका छौँ ।
कुरा एक दिनको घटना हो ? सुदुरपश्चिमबाट गृह मन्त्रीलाई भेट्ना आएकी एक आमा भन्छिन , म रबी लामिछानेलाई भेट्न आएकि हु ,मलाइ रबी भेटाइदिनु भनेर हार गुहार गरिन , तर प्रहरीले उनलाइ भित्र जान दिएन र फर्कायो । त्यहाँ उभिएका कोहि मानिसहरु कसैसँग पनि सहयोगी भावना देखिदैनथ्यो । मलाइ अचम्म लाग्यो एकछिन हेरे आमालाई सहयोग गर्न मन लाग्यो । अन्य मन्त्रालायको पासले गृहमा जान दिदैन्थ्यो गृहमा मेरो चिनेको मान्छे कोहि थिएन । आमा फेरि नेताहरुलाइ गाली गर्दै फर्कनु भयो । यो त एउटा एकजना मान्छेको पीडा हो ? त्यहा हेर्दा गेटपास सिस्टमले सताएर फर्कने र नेताहरुप्रती गुनासो गर्ने मानिसहरुको संख्या दैनिक भोरी जति पाइन्छ ।
राज्यको सुरक्षा व्यवस्था हो हजुर ,हामीलाइ माथिबाट आदेश छ भन्दै प्रहरीले कसैलाई नछोडी परिचय अनिवार्य हेर्छ । यो सुरक्षा वयवस्थाबाट भित्र छिरेर यो देशको नालिबेली थाह पाउनेहरुलाइ भने प्रहरीले खासै देख्दैन । नेताहरुले स सम्मन पुर्बक भित्र लिन्छन भने सायद त्यो गेटमा उभियको प्रहरीले सलाम गरि भित्र पठाउछ ।
संसदीय दलको कार्यालय
संसदीय दलको कार्यालयमा दलहरुले राज्यले व्यवस्था गरिदिएको सिंहदरबारभित्र एक दरबार हो । यहाँ चुनाब जितेका सम्पुर्ण सांसदहरु अलि बढी मन्त्री नभएका सांसदहरु र पुर्ब मन्त्री वा पुर्ब सांसदरुले आफ्ना कार्यकता , शुभ चिन्तक र समर्थकहरुलाइ सिंहदरबार भित्र भेट्ने आधिकारिक थलो हो । बिशेष गरी दलगत गतिविधि र संस्थागत सूचना प्रवाह प्राय यहि बाट गरिन्छ । यहाँ भेट्ना आउने मानिसहरुले आफ्ना प्रतिनिधिहरुलाइ भेट्छन र आफ्ना कुरा राख्छन । उनिहरुको खासै मन्त्री सम्म पहुँच सजिलै पुग्दैन । त्यहाँ राखेका कुरालाइ अध्यारो जस्तै लाग्छ , तर पनि गाउँबाट आको छ । यिनै लाई भेटेर भए पनि आफ्नो कुरा त सुनाउनु नै पर्यो । सके मन्त्री सम्म पुग्ने प्रयास गर्ने र नसके यिनलाइ सुनाएर भए पनि आफू फर्कनु को विकल्प हुदैन ।धेरै मानिसहरु त्यसै गर्छन । यति सम्म गर्दा खाजा (नस्ता)को समय हुन्छ कोहि गेट बाहिर त खोइ मन्त्रालयका खाजा घरतीर लाग्छन ।
कर्मचारी
मैले चिनेको सचिव छ ,मैले चिनेको उपसचिव , शाखा अधिकृत सुब्बा र खरिदार छ त्यसलाई भने पछि काम पक्का ? त्यहाँ कुरो मिलाए पछि फरक पर्दैन भन्नेहरु टिम पनि अदृश्य तरिकाले धेरै हुन्छ त्यो योजना माग्ने कुरामा , अलि अलि सफल जस्तो देखिन्छ । सांसद र मन्त्रीहरु भन्दा धेरै सिस्टम र पद्धतिको शंक फुक्दै बसेका कर्मचारीतन्त्रका साथीहरू । सेवाग्राही जादा केही थाहा नपाए जस्तै गरि कुरा गर्ने हाम्रो कर्मचारी साथीहरू मन्त्रालय बाट बाहिर निस्के पछि चिनजानका , नजिकका र कुरा मिल्नेहरु संग फोन गरेर यहाँ यस्तो छ । आइजानुहोस भनेर भन्ने चलन अहिले पनि पुर्ण जिबित देखिन्छ ।
देख्दा सुन्दर देखिने मीठो कुरा गर्ने यो संमयन्त्रले जनप्रतिनिधिहरुले जतिसुकै राम्रो काम गर्न खोजे पनि विभिन्न बाधा र अडचन देखाइ आफ्नो मन नपरेको मत्री भए भने कसरी असफल बनाउना लागि परेको कुरा स्पष्ट देखिन्छ ।उनिहरुले सरकार बाट बिनियोजित हुने बजेट आफ्नै बाउको सम्पती आफ्नो हक लाग्ने जस्तो सोच्छन । सेवाग्राहीहरु त्यहाँ पनि जान्छन र आफ्नो जबर्जस्ती कुरा राख्छन र योजनाहरु टिपाउछन यो कस्ले गर्छन भने स्थानीय तहाँका जनप्रतिनिधि र पार्टीका कार्यकर्ताहरु भेटिन्छन र कर्मचारीसाथीहरूले सिदै मन्त्रीतिर सोझ्याउछन र बिट मार्छन ।
मन्त्रीको कुर्सी सम्म ः
गेटदेखि संसदीय दलको कार्यालय, कर्मचारीको टेबुल हुँदै मत्रीको कुर्सी सम्म पुगेका सेवाग्राही वा पार्टी नेताकार्यकर्ता, समर्थक र शुभचिन्तकहरु त्यहाँ सम्म जादा कसरी सेवा लिन्छन होला ? सेवा लिने मान्छेलाई लाग्छ म त्यति टाढाबाट आएको थिए मलाइ छ मिनेट पनि समय दिदैनन ? तर त्यहाँ यसो हेर्दा सुरुमा मन्त्री भएकाले त मन्त्रालय भित्रको गतिविधि थाह पाउन हम्मेहम्मे भइ राखेको हुन्छ । फेरि पहिलो पटक मन्त्री भाछ बदाई र शुभकामना ग्राहण गर्ने पर्र्यो । यति गर्दै गर्दै उसको समय ६ महिना जसो बित्छ ,भने दोस्रोे पटक देखि मन्त्री भएकाहरु कोहि एस आरम र बिलासिताको जीवन जिउने जस्तो देखिन्छ भने कोहि यो संरचनागत सिस्टमलाइ कसरी फलप गरेर मन्त्रालयको समग्र सिस्टमा कसरी अनुकुल बनाउन सकिन्छ भनेर लागिराखेको देखिन्छ । उनिहरु यसरी ब्यस्त भएको बेला मन्त्रालयहरुमा अपिक्षा लियर जाने सेवाग्राहीहरु मन्त्रीहरुलाइ कोहिले भेट्छन त केही भोलि पर्सिका लागि भन्दै अमिलो अनुहार लागाएर फर्कन्छन ।
यसरी फर्कनेहरुले अबश्व नेताहरुको बारे राम्रो टिप्पणी गरेर निस्केको जस्तो देखिदैन भेटेर आयकाहरु कतिपय ले मन्त्रीलाई भनेका छौँ , सबै कुरा अब पक्का भयो भनेर भन्छन । कतिपय शंङकै संकामा फर्कन्छन , त्यहाँ पसेका मध्ये केही मानिसहरु भने खुसी हुँदै निस्कन्छन ? अर्को समुह पनि छ सिंहदरबार भित्र पसेर खुसी हुने जो पहिलो पटक सिंहदरबार भित्र पसेका हुन्छ्न उनका लागि त्यहा एउटा पर्यटकीय स्थल नै हो । त्यसर्थमा उनिहरु खुसी हुन्छन । एउटा यस्तो समुह छ कि सिंहदरबार भित्र पस्ने यसो मेसो मिलाएर समयलाइ आफ्नो अनुकूलतामा प्रयोग गर्ने गर्छन यो टिम प्राय काठमाडौमै रहन्छ तर कुरा आफ्ना आफ्नै जिल्लाका गर्छन । त्यो टिम मन्त्रालयको भित्र बाहिर परिसर र क्यान्टिनमा बसेर मिठा मिठा कुरा गर्दै आफ्नो दाउ हेर्दै बसिराखेको हुन्छन । अक्सर यो राज्यले प्रदान गर्ने धेरै सुबिधाहरु यिनैले लिने गर्छन ।