स्वास्थ्यकर्मीले यसरी गरेका थिए भूकम्पमा घाइतेको उपचार
राष्ट्रिय समाचार समिति (रासस)
हेमन्त केसी
सुर्खेत , १३ पुस : गत कात्तिक १७ गते राति ११ः४७ बजे आएको भूकम्पसँगै जाजरकोटका स्वास्थ्यकर्मी एकाएक ब्युँझिए । निद्रा खुल्नासाथ उनीहरूका लागि एउटा ठूलो परीक्षा सुरु भयो । सुरक्षाकर्मीका टोली भूकम्पबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिँदै हातहातमा औजार लिएर जनधनको सुरक्षाका लागि निस्केजस्तै स्वास्थ्यकर्मी पनि स्वास्थ्य सामग्री लिएर बिरामीको ज्यान बचाउने ध्येयका साथ काममा जुटे ।
भर्खरै मात्र भवन बनेर केही स्वास्थ्यकर्मीको व्यवस्थापन भएको जिल्ला अस्पताल र पालिकामा रहेका स्वास्थ्य संस्थामा भूकम्पबाट घाइते भएका बिरामी भरिभराउ हुँदा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हम्मेहम्मे भइसकेको थियो । रातिको समय भएकाले सबै खालका सामग्री जुटाउनसमेत कठिन थियोे ।
सुरक्षाकर्मीको सबै टोली भूकम्पबाट भएको क्षतिको जानकारी लिँदै हातहातमा विभिन्न प्रकारका औजार लिएर जनधनको सुरक्षाका लागि निस्किए भने स्वास्थ्यकर्मी हतार, हतारमा स्वास्थ्य संस्थामा ल्याइएको बिरामीको ज्यान बचाउन क्रियाशिल थिए । भर्खरै मात्र भवन निर्माणदेखि केही स्वास्थ्यकर्मीको व्यवस्थापन भएको जिल्ला अस्पताल र पालिकामा रहेका स्वास्थ्य संस्थामा भूकम्पबाट घाइते भएका बिरामीले भरिभराउ हुँदा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई भने हम्मेहम्मे भयो । रातिको समय भएकाले सबै खालका सामग्री जुटाउन र उचित व्यवस्थापन गर्न सकस भएको थियो ।
सीमित जनशक्तिका भरमा सञ्चालनमा रहेका जिल्लाका स्वास्थ्य संस्थामा ल्याइएका घाइतेको पीडादायी अवस्था हेर्दै ज्यान बचाउनु पहिलो प्राथमिता र बिरामीको वर्गीकरण गरेर अवस्थाअनुसारको उपचार गर्नु अर्को चुनौती थियो । सामान्य बिरामीलाई पनि नेपालगञ्ज वा सुर्खेतस्थित अस्पतालमा सिफिारिस गर्ने गरिएको भन्ने आरोप खेप्दै आएको जिल्ला अस्पतालले भूकम्पको समयमा भने विपदमा आफ्नो हैसियत र व्यवस्थापनको पाटोलाई सक्रियतापूर्वक सञ्चालन गरेको थियो । राति भएकाले सबैभन्दा ठूलो चुनौती उद्धारमा खटिएका सुरक्षाकर्मी र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई थियो । सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकास्थित नगर अस्पतालमा ठूलो समस्या भएको थियो । पन्ध्र श्ययाको भवनको निर्माण नभइसकेकोे र भएका संरचनामा समेत भूकम्पले क्षति पु¥याएपछि उपचारमा भारी समस्या भएको थियो । भूकम्प जाने बित्तिकै विद्युत सेवासमेत बन्द भएको थियो । फोनसमेत राम्रोसँग सञ्चालन नहुँदा थप हैरानी खेप्नुपरेको जिल्ला अस्पतालमा कार्यरत लालबहादुर बस्नेतले जानकारी दिनुभयो ।
एकाउन्न जनाको घटनास्थलमै मृत्यु भएको नलगाडमा दर्जनौ स्थानीयबासीहरु घाइते भएका थिए । सबै ठाउँमा कच्ची सडकसँगै सञ्चार सेवा पनि नहुँदा सही सूचना, तथा जानकारी लिएर स्वास्थ्य संस्थासम्म बिरामीलाई ल्याउनु समस्या भएको थियो । दल्लीस्थित स्वास्थ्य संस्थाको भवन भत्किएका कारण खुल्ला चौरमा भूकम्पबाट घाइते भएकालाई उपचार गरिएको थियो । सख्त घाइतेलाई तीन घण्टा टाढा रहेको सदरमुकामस्थित जिल्ला अस्पताल र चौरजहारी अस्पतालमा पु¥याउन झन अर्को समस्या भएको स्वास्थ्यकर्मी हेमा पुनले जानकारी दिनुभयो ।
बिरामी ल्याउन र उपचार गर्न सबैभन्दा बढी समस्या नलगाड नगरपालिकामा भएको थियो । उहाँकाअनुसार चारैतीरबाट बिरामी ल्याइएको थियो । कहाँ के भइरहेका छ भन्ने आधिकारिक जानकारीसमेत पाउन सजिलो थिएन । रातिको समयमा नेपाल टेलिकमका टावरले काम नगर्ने भएकाले घटनाको विवरण आदान–प्रदान गर्न कठिन थियो । भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा भारी क्षति भएको हुनसक्ने अनुमान गरिएपनि भोलिपल्टअर्थात् कात्तिक १८ गते बिहान १० बजे मात्र फोन सेवा सञ्चालनमा आएपछि जानकारी लिन सकिएको थियो ।
बारेकोटमा भौतिक संरचनाको क्षति भए पनि मानवीय क्षति भने नभएको खबर पाएपछि जिल्लाका सुरक्षा अधिकारीहरु सूचनाको पहुँचमा पुगेका थिए । भूकम्पबाट सुरुमा जुन प्रकारको क्षति भएको होला भन्ने आँकलन गरिएको थियो, त्योभन्दा ठूलो मात्रामा विवरण सार्वजानिक भएपछि उपचार तथा उद्धारको पाटोमा चुनौती थपिएको थियो । सदरमुकाममा सबै प्रकारका सुरक्षाको टोलीले उद्धार गरे पनि नलगाडमा प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको टोलीले भारी मात्रामा रातिको समयमा हैरानी खेप्नु परेको थियो । नलगाडका अधिकांश स्वास्थ्य संरचनामा क्षति पुगेको थियो । भूकम्प गएको आधा घण्टाभित्र सबै स्वास्थ्यकर्मीलाई नगर अस्पतालमा उपस्थित गराएर काम गरिएको नगरप्रमुख डम्बर रावतले बताउनुभयो ।
सशस्त्र सङ्घर्षका समयमा दोहोरो भिडन्त हुँदा घाइतेको उपचार तथा उद्धारको कामलाई नजिकबाट नियाल्नुभएका नगर प्रमुख रावतले भूकम्प गएको बेला त्यो सिकाइ काम लागेको बताउनुभयो । उपचार, उद्धार, आवास, खाना र पीडाले एकैपटक घेर्दा विकट ठाउँमा सञ्चालनमा रहेका पालिकाले काम गर्न सहज नभएको उहाँको भनाइ थियो । उद्धारका कामलाई २४ घण्टाभित्रै अन्तिम चरणमा पु¥याएको सरकारले अब भने दुर्गम क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई थप मजबुत बनाउनका लागि भारी मात्रामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । विपत् बाजा बजाएर आउँदैन भनेझैँ भूकम्पले कसैलाई पनि छाडेन । अहिले केही कुराहरु सहज भए पनि स्वास्थ्यकर्मी, औषधि, खानेपानी, विद्युत् तथा जनशक्तिको समस्या भने यथावत नै छ ।
–––