भूकम्प गएको ३८ दिन भइसक्यो, अझै विद्यार्थीले पाएनन् पुस्तक
काठमाडौँ ः जाजरकोट र रुकुम (पश्चिम) मा भूकम्प गएको ३८ दिन बितिसक्दा पनि अझै विद्यार्थीहरू पाठ्यपुस्तकबाट वञ्चित भएका छन्। सरकार र स्थानीय तहको ढिलासुस्तीका कारण विद्यार्थीहरू अहिले पुस्तकबिनै पढ्न बाध्य भएका हुन्।
स्थानी तहहरूका अनुसार अधिकांश विद्यालयमा पुस्तक पुगेको छैन भने कुनैमा कक्षा ७ सम्मका विद्यार्थीले मात्रै पुस्तक पाएका छन्। गत कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयमा क्षति पुगेको थियो।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार भूकम्पबाट ६ सय कक्षा कोठामा पूर्ण क्षति भएको छ भने ८ सय कक्षा कोठामा आंशिक क्षति पुगेको थियो। जसबाट पुस्तक पनि पुरिँदा विद्यार्थीहरू पाठ्यपुस्तकबिनै पढ्न बाध्य छन्।
जाजरकोटको कुशे गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक ९प्रा।स शिक्षक० जनकबहादुर शाहले भूकम्पले प्रभावित विद्यालयमा हालसम्म पुस्तक दिन नसकिएको जानकारी दिए। पुस्तक पसल टाढा परेकाले समयमा वितरण गर्न नसकिएको उनको तर्क छ। उनका अनुसार कुनै पनि विद्यालयमा पाठ्यपुस्तक वितरण गरिएको छैन।
जाजरकोटको नलगाड नगरपालिकाले भने नगरभित्रका विद्यालयमा आवश्यक सबै पुस्तक उपलब्ध गराएको दाबी गरेको छ। नगरपालिकाका विद्यालय निरीक्षक बलवीर विकले भने, ‘हाम्रो नगरपालिकाका सबै भूकम्पपीडित बालबालिकाले पुस्तक पाइसकेका छन्, कुनै समस्या छैन।’ उनका अनुसार १४ सय सेट पुस्तक उपलब्ध गराइएको छ।
रुकुम ९पश्चिम०को आठबीसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर बिष्टले कक्षा ७ सम्मका विद्यार्थीलाई मात्रै पुस्तक उपलब्ध गराउन सकिएको जानकारी दिए। उनले अझै कक्षा ८,९ र १० का विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताए।
‘चार दिनअघि पुस्तक ल्याएर वितरण गर्यौँ तर अझै कक्षा ८,९, १० कालाई अपुग छ’, उनले भने। उनका अनुसार १४ सय सेटमात्रै पुस्तक उपलब्ध गराइएको छ।
‘तत्काल पुस्तक उपलब्ध गराउन निर्देशन दिइसकेका छौँ’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार जम्मा स्थानीय तहबाट १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तकको माग आएको छ। भूकम्पबाट कक्षा १ मा १ हजार ९१३ सेट, कक्षा २ का १ हजार ७४९ सेट, कक्षा ३ का १ हजार ७११ सेट, कक्षा ४ का १ हजार ५४७ सेट, कक्षा ५ का १ हजार ५६१ सेट पुस्तक पुरिएको छ।
यसैगरी कक्षा ६ का १ हजार ३२९ सेट, कक्षा ७ का १ हजार २७३ सेट, कक्षा ८ का १ हजार १४७ सेट, कक्षा ९ का १ हजार ४२१ र कक्षा १० का ९०४ सेट पुस्तक उपलब्ध गराउन माग आएको छ।
यी सबै पाठ्यपुस्तक खरिद गर्न आवश्यक बजेटको व्यवस्था गरिसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक सविता दंगाल९गौतम०ले बताइन्।
उनका अनुसार स्थानीय तहले नै रकम निकासा गरेर आवश्यक पुस्तक खरिद गरी सम्बन्धित विद्यार्थीहरू वितरण गर्नुपर्ने छ। ‘हामीले तत्कालै पुस्तक उपलब्ध गराउन निर्देशन पनि दिइसकेका छौँ’, उनले भनिन्।
स्थानीय तह भन्छन् ः पुस्तकका लागि पहल हुँदै छ
भूकम्पले विद्यालयमा क्षति पुर्याउँदा चिसो मौसमका वेला टहरामै विद्यार्थीहरू पढ्न बाध्य छन् भने अर्कोतर्फ पुस्तक पाउन सकेका छैनन्। आठबीसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बिष्टले भने बाँकी आवश्यक पुस्तक तत्कालै उपलब्ध गराउन पहल गरिरहेको बताए।
‘जनक शिक्षा सामग्रीलाई छिटो पुस्तक उपलब्ध गराउनु भनेका छौँ तर अहिले उपलब्ध गराउन सकेको छैन’, उनले भने। उनले एकदुई दिनभित्रै पुस्तक उपलब्ध गराउने बताए।
जाजरकोटको कुशे गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रास शाहले पनि पुस्तक उपलब्ध गराउन पहल भइरहेको बताए। उनले भने, ‘बजेट निकास गर्न लागेका छौँ। त्यसपछि हामी पुस्तक खरिद गर्छौं, पुस्तकपसल पनि टाढा छ। त्यही भएर ल्याउन पनि समस्या भएको छ।’ उनले अबको ३र४ दिनभित्रै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए।