विश्वभर आज ः यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर १०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
भारतको पहिलो सौर्य अभियान आदित्य एल वान अन्तिम चरणमा
सूर्यको अध्ययन गर्न पठाइएको भारतको पहिलो अन्तरिक्ष अभियान आदित्य एल वान अन्तिम चरणमा पुगेको छ । यसलाई एल वान बिन्दुमा लैजाने प्रयास २०२४ को जनवरी ७ सम्म पूरा हुनेछ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोका प्रमुख एस सोमनाथले यसबारे जानकारी दिँदै भने, ‘आदित्य सही बाटोमा छ र मलाई लाग्छ यो अन्तिम चरणमा पुगेको छ।’ आदित्य एल वान सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हो ।
अन्तरिक्ष यानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य पृथ्वी प्रणालीको ल्यागरेन्ज पोइन्ट १ ९एल वान० मा हलो कक्षमा राखिनेछ। ‘आदित्य– एल वान’ अन्तरिक्ष यान गत २ सेप्टेम्बरमा प्रक्षेपण गरिएको थियो । ल्यागरेन्ज–१ पुगेपछि त्यहाँबाट सूर्यका विभिन्न गतिविधि, आन्तरिक तथा वाह्य वातावरण आदि अध्ययन गर्नेछ ।
ग्रिसमा १४ जना सवार मालवाहक पानीजहाज डुब्यो
१४ जना सवार पानीजहाज ग्रिसको समुद्रमा डुबेको छ । कोमोरोसको ध्वजाङ्कित मालवाहक पानीजहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक सदस्यलाई उठाएको बताएको छ ।
पाँच मालवाहक जहाज, तीन तटरक्षक जहाज, हवाई सेना र नौसेनाका हेलिकप्टरका साथै नौसेनाको एउटा फ्रिगेट उद्धार कार्यमा सहभागी भएका छन् । सरकारी एथेन्स समाचार एजेन्सी ९एएनए० का अनुसार मालवाहक जहाजमा चालक दलका १४ सदस्य थिए र जहाज नुनले भरिएको थियो । तटरक्षक बललाई उद्धृत गर्दै एएनएले आइतबार बिहान जहाज लेस्बोसको दक्षिण–पश्चिममा समुद्रमुनि आठ दशमलव तीन किलोमिटर तल गएको बताएको छ ।
उक्त जहाज इजिप्टको देखेइलाबाट इस्तानबुलतर्फ प्रस्थान गरेको थियो । चालक दलका सदस्यहरूमा दुई सिरियाली, चार भारतीय र आठ इजिप्टेली रहेको एएनएले बताएको छ । शनिबार ग्रिसका कयौँ भागमा जहाज बन्दरगाहमा थिए र हावाको गति नौदेखि १० थियो जुन ब्युफोर्ट स्केलमा आँधीबेहरी शक्तिका लागि ठूलो आँधी हो । ओलिभर आँधी एड्रियाटिक सागरबाट ग्रिसतर्फ बढेका कारण हेलेनिक राष्ट्रिय मौसम विज्ञान सेवा ९ईएमवाई० ले आपत्कालीन मौसम चेतावनीलाई शनिबार ‘खराब मौसम’ बाट ‘खतरनाक मौसम घटना’ मा अपग्रेड गरेको थियो ।
दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा
छिमेकी उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले राजीनामा दिएका छन् । दक्षिण कोरियाली गुप्तचर सेवाका निर्देशक किम क्यु ह्युनले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार संस्थाले जनाएको छ ।
राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा ९एनआइएस० का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकार गरेको योन्हापले उल्लेख गरेको छ । एनआइएसका अन्य दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् ।
स्थानीय मिडिया रिपोर्टहरूका अनुसार यस वर्षको जुनदेखि गुप्तर एजेन्सीमा चलिरहेका कर्मचारी व्यवस्थापनका मुद्दाहरूसँग ती राजीनामा जोडिएको देखिन्छ । उत्तर कोरियाले उसको हतियार कार्यक्रमहरूको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको दाबी गरेपछि यो परिवर्तन आएको हो ।
पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किमलाई युनको चुनाव विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो । योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआइएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले बताएको छ ।
हमासद्वारा थप १७ जना बन्दी मुक्त
इजरायल–हमास युद्धविरामको दोस्रो दिन शनिबार हमास समूहले थप १७ जना बन्दीलाई मुक्त गरेको छ । मुक्त गरिएकामा १३ जना इजरायली र ४ जना थाइ नागरिक रहेका छन् ।
समाचार संस्था सिएनएनका अनुसार इजरायलले पनि ३९ प्यालेस्टिनी नागरिकलाई जेलमुक्त गरेको छ।
यसअघि पहिलो दिन हमासले २४ बन्धक र इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो।
गत अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी इजरायलसहित विभिन्न देशका २३० भन्दा बढी नागरिकलाई अपरहण गरी बन्धक बनाएको थियो । जसमा नेपाली विद्यार्थी विपिन जोशीमा पछि छन् ।
इजरायल र हमासबीच पहिलो चरणमा ५० बन्धक र १५० जना प्यालेस्टिनी छाड्ने सहमति भएको थियो। सो सहमतिअनुसार गत शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो। हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।



