जगदुल्ला अर्धजलासय आयोजना बनाउन लाइसेन्स दिने तयारी, २४ अर्ब लगानी हुने

काठमाडौं ः सरकारले प्रस्तावित जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना बनाउन विद्यत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत विकास विभागमा निवेदन दिइसकेको छ।

विभागले विद्युत उत्पादन लाइसेन्स दिने प्रक्रिया अघि बढेको हो। आउँदो डेढ महिनाभित्र कम्पनीले जगदुल्ला आयोजना बनाउन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट लाइसेन्स पाउने छ। आयोजनाको जडित क्षमता १ सय ६ मेगावाट छ।

आयोजना बनाउन २४ अर्ब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टटमेन्ट एन्ड डेभपलमेन्ट कम्पनी लिमिटेड९एचआइडिसिएल०, कर्मचारी सञ्चय कोष र नबिल बैंकले ऋण लगानी हुने भएको छ।

कूल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने भएको छ। ३० प्रतिशत स्वपुँजी ९इक्विटी० बाट ७ अर्ब २५ करोड रुपैयाँ जुटाइने भएको छ।

आयोजना निर्माण २०८६ भित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजनाबाट वार्षिक ६२ करोड ३४ लाख २० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। वर्खामा ४२ करोड ३७ लाख ७० हजार र बाँकी सुक्खायाममा उत्पादन हुनेछ।

आयोजनाको डिजाइन बहाव १६.७ घनमिटर प्रतिसेकेन्ड रहेको छ भने कूल हेड ७ सय ८९ मिटर छ। ३६ मेगावाट क्षमताका ३ वटा भर्टिकल एक्सिस पेल्र्टन टवाईनमा पानी खसालेर बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादन हुने बिजुली ५० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेशनमा जोडिने छ।

आयोजना बनाउन जगदुल्लाको विद्युत खरिद सम्झौता  भइसकेको छ। विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी जगदुल्लाबीच गत वैशाखको अन्तिम साता पिपिए भएको हो।

प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८।४० रुपैयाँमा र पिक आवरमा उत्पादित विद्युत प्रतियुनिट १०।५५ रुपैयाँमा खरिद गर्ने सम्झौता भएको छ। वर्खायामको विद्युत भने नदी प्रवाही आयोजना सरह प्रतियुनिट ४।८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० स्वीकृतिको चरणमा रहेको छ। वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिएपछि आयोजना अघि बढाउन विकासकर्ता कम्पनीलाई बाटो खुला हुनेछ।

आयोजना प्रस्तावित डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्छ। आयोजनाको जलासयबाट हुने डुबान क्षेत्र तथा विभिन्न संरचनाहरुको निर्माणका लागि ५२।७६ हेक्टर जग्गा आवश्यक पर्छ। जसमा निजी स्वामित्वको १३।५७ र सार्वजनिक जग्गा ३९।२१ हेक्टर जग्गा रहेको छ।

आयोजना शे–फोक्सुण्डोको मध्यवर्ती क्षेत्रमा पर्छ। बाँधको उचाइ ९३ मिटर बनाउने प्रस्ताव गरिएको छ। जलाधार क्षेत्र ६ सय ३३ वर्गकिलोमिटर पर्ने छ। जलाशयको भण्डारण क्षमता ४ लाख ५६ हजार ९ सय ७० घनमिटर हुने छ।

जलाशयको लम्बाइ ५ सय मिटर रहने र आयोजना २७ किलोमिटर जमिन डिवाटर जोनमा पर्ने छ। आयोजनास्थलमा पुग्न एक दर्जन बेलिब्रिज र आन्तरिक पहुँच सडक निर्माणको प्रस्ताव गरिएको छ। आयोजना कर्णाली प्रदेशको डोल्पामा पर्छ।
आयोजना जगदुल्ला नदीको बाँया किनारामा पर्छ।





error: Content is protected !!