पैसाले किन्न नसकिने त्यो मुस्कान
हेमन्त केसी
वैशाख २७ गते दिउँसो बाहिर बहुत गर्मी चढदै थियो । उपल्लो डोल्पाको बेमौसमी हिउँ परेर समस्यमा परेका सर्वसाधारणको कथा लेख्दै थिए । त्यहाँको जनजीवन अनि खटिएका कर्मचारीहरुको पीडा बुझदै उनीको खास कथा ल्यापटपमा रंगाउदै थिए । झण्डै लेख्दै गर्दा ८०० शव्दको वरीपरी पुगेको थियो । त्यो समाचार लेख्दै गर्दा मलाई मनमा अनेक प्रश्नहरु उठथे र जवाफ माग्न मैले त्यहाँ खटिएका कर्मचारीसँग सम्पर्क गथे ।
हिउँ छिचोल्दै सरकारी सेवा दिइरहेका कर्मचारीहरुले त्यहाँको पीडालाई खुसी हुँदै मलाई उत्तर दिदा त्यो कथालाई समाचार बनाउने मेरो मनले एकै पटक हजार थरी कुरा खेल्ने गथे । म बसेको भुगोलमा सरररर चल्दै गरेका गाडी , मजाले चलेको इन्टरनेट अनि केही हद सम्मको सुविधा सम्झदै दुर्गममा रही हिउँ छिचोलेर सरकारी सेवा दिन त्यहाँ पुगेका कर्मचारीको व्यथा सुन्दा हामी र हाम्रो समाज अहिले पनि कहाँ छ भन्दै आफैँ तीर प्रश्न फेरी गर्दै थिए । लेख्दै गर्दा मेरो छेउँमा रहेको घडीमा ३ बज्न लागेको थियो । मेरो फोनमा एउटा मिसकल आयो । मैले सुरुमा खासै ध्यान दिइन । दोस्रो पटक पुन ः मिसकल आएपछि हेरे ? अनि फोन फर्काए । फोनको एक घण्टी जान नपाउदै हेलो दाई , यहाँ ट्याक्टर दुर्घटनामा परि साइला बाबाको अन्तिम अवस्था छ ? भन्दै भाइ जयबहादुर खत्रीले एकनासले भने ।
मेरो त्यो कथा लेख्दै गरेको दिमाग एकाएक बाबाको अन्तिम छटपटी भएको खवरले भुइचालो गयो । मैले घरमा आमालाई फोन गरे । आमालाई घटनाका बारेमा सबै कुरा भनेपछि उहाँ हत्तपत्त गर्दै बाबा भएको ठाउँमा पुग्नुभएछ । आमासँगै भाइ सञ्जय केसीलाई फोन गरेर एम्बुलेन्स लिएर तुरुन्तै बाबा दुर्घटना भएको ठाउँमा पुग्न आग्रह गरे । सो आग्रहलाई तत्काल कार्यालयको काम छाडेर भाइ नलगाड ८ कांजा भन्ने ठाउँमा पुगेर बाबालाई एम्वुलेन्समा राखेर दल्ली स्थित नगर अस्पतालमा ल्याउने काम भयो । नगर अस्पतालमा सामान्य रगत बन्द गर्ने सम्मको प्राथमिक उपचार हुँदै गर्दा भाइको फोन आयो । दाई बाबाको अन्तिम अवस्था छ के गर्ने हो ? भन्दै फोन भयो । मैले सोही समयमा सुर्खेत स्थित डाक्टर नवराज केसी , उर्जामन्त्री शक्तिबहादुर बस्नेत , प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदिप आचार्यलाई फोन गरिसकेको थिए । बाबाको अवस्थाको बारेमा भाइले मलाई जानकारी गराएपछि झन मन आत्तियो । मेरो श्रीमती नन्दा शाहीले अघिल्लो वर्ष सासु आमा सवारी दुर्घटना हुँदा परेको पीडा सुनाउदै बाबालाई केही हुँदैन भन्दै आर्थिक चाजोपाजो मिलाउने काम गर्नुभयो ।
डाक्टर नवराज केसीले नेपालगन्ज मेडिकल कलेजमा लिन सल्लाह दिनुभयो । उर्जामन्त्रीले जती सक्दो एम्वुलेन्समा सविधा सम्पन्न ठाउँमा लिन सल्लाह दिनुभयो । तर उहाँले ठाउँ भने तोक्नुभएन । चुनाव पछि उहाँलाई मैले गरेका ४५ वटा फोन मध्य बाबा बिरामी हुँदा ४६ पटक हुँदै गरेको फोन चौथो घण्टीमै उठाउनुभयो । रामदिप आचार्यले हेलिकोप्टर बारे धेरै ठाउँमा बुझेर मलाई कल गर्नुभयो तर समय अबेर अर्थात बेलुकी ६ बजीसकेको थियो । भाइलाई हेलिकोप्टर नहुने भो , एम्वुलेन्समै छिटो ल्याउ भन्र्दै मसँग भएको केही रकम निकालेर तयारी अवस्थामा बसे । बेलुकी ७ बजे एम्वुलेन्स बाबालाइ लिएर पुग्यो । एम्बुलेन्स एकनासले कुदिरहेको थियो । मेरो मोवाइलमा धेरै शुभचिन्तकको फोन आइरहेको थियो । म अलि तनावमा भएका कारण सबै कल उठाउन सकिन । मेरो श्रीमती नन्दा पनि मसँगै अर्को सिटमा बसेर बाबाको खुट्टाहरु समातेर तल झनबाट रोक्दै बसीरहेकी हुनुहुन्थ्यो ।
राती ११ बजे नेपालगन्ज मेडिकल कलेजमा बाबालाई पुर्याएर सबै खालका परीक्षण भयो । टाउँको र हातमा गम्भिर चोट लागेकाले यही नै हुन्छ भनेर भन्न सक्ने अवस्था नरहेको डाक्टरबाट मलाई उत्तर दिनुभयो ।
बैशाख २८ गते विहान ३ बजे बाबालाई सबै प्रक्रिया पुरा गरि आइसियूमा राख्ने काम भयो । मेरो मन अब बाबाको उपचार कसरी सुरु हुन्छ भन्नेमा केन्द्रीत थियो । डाक्टर निरज गौतम , हेर्दा साधारण खालको , अत्ति कुरा बुझाउने तर व्यक्तित्व सबैले रुचाउने खालको रहेछ ।
उहाँले मलाई बाबाको अवस्था बारे सबै कुरा भन्नुभयो । रगतको मात्रा कम , शरीर निकै कम्जोर भइसकेकाले तत्काल शल्यक्रिया गर्न मुस्किल हुने डाक्टर गौतमले बताएपछि रगतको लागि हामी हेडक्रस जाने र आउने काम सुरु भयो । बाबालाई झण्डै १० प्याकेट रगत दिएपछि मात्र अप्रेशनका लागि तयारी पुग्यो । यो बीचमा मैले समर्थन गर्ने पार्टीका नेता भन्दा अन्य दलका नेता तथा शुभचिन्तकबाट मलाई धेरै सहयोग पुग्यो । मैले सधैँ भगवान मानेका व्यक्तिले मलाइ एक कल फोन गर्न समेत फलामको चिउरा चपाएझैँ व्यवहार देखाउनुभयो । एक जना व्यक्तिले झुक्एिर ७ औँ दिनमा फोन गरेर बाबालाई कस्तो छ भन्दै फोन गर्नुभयो । मैले ठिकै छ , तपाइका भोटर बाँच्छन् चिन्ता नलिनु भनेर जवाफ फर्काउ कि भन्ने लागेको थियो तर ठिकै छ भनेर जवाफ फर्काए । आधा मिनेट कुरा भएपछि फोन काटियो ।
सुरुमा बाबाको उपचार गर्दा समस्य भयो होला भन्दै उपसचिव ललितविक्रम सिंहले मेरो खातामा रकम पठाउनुभएको रहेछ , म्यासेज आएपछि थाहा पाए । त्यसपछि धेरै शुभचिन्तकबाट केही आर्थिक सहयोग समेत भयो । खासमा मसँग बाबा दुर्घटना भएको समयमा २० हजार रुपैयाँ भन्दा बढी थिएन । ११ दिनको आइसियूबाट बाहिर सिफारिस गर्दै एसी कोठामा राखेर उपचार भइरहेको छ । आज १३ दिन भयो । अझैँ उहाँको होस खुलेको छैन । भाइ र मलाई अझैँ छुट्याउन सक्नुहुन्न । जेठालाई कान्छो र कान्छोलाई जेठो भनेर बोलाउनुहुन्छ ? तर जे भनेर बोलाएपनि बाबा बाँच्नुभयो यही खुसीको कुरा छ । अस्पतालमा उपचार गर्दा संसारकै सबै भन्दा ठुलो हुँ जस्तो गरेर व्यवहार देखाउने देखि घरकै छोरा,छोरी जस्तो व्यवहार गर्ने सम्मका स्वास्थ्यकर्मीहरु भेटिनुभयो । जसले जे व्यवहार देखाएपनि बाबालाई बचाउनमा उहाँहरु सबैको सबै भन्दा ठुलो हात छ । मैले धेरै रुपैयाँ कमाउला तर बाबाको त्यो मुस्कान अनि माया कहिले पनि किन्न पाउदिन । म सानो छदा बिरामी हुँदा २२ दिन बोकेर अस्पताल सम्म पुर्याएर बचाएको त्यो दिन सम्झदै बाबाको महत्व बुझदै छु ।
अस्पतालको बसाइ अनि बाबा भन्ने नाता कति महत्वपुर्ण रहेछ भन्ने कुरा ६० वर्ष माथी उकालो लाग्दै गरेका बाबाको बिरामी हुँदा पनि गरेको मायाले बुझेको छु । भारी खुसी अनि भरोसा र उहाँले गर्न खोजेका कुराहरु राम्रोसँग बोलि नफुटेपनि आँखाबाट आउने आँसुले बताइरहेको छ । मदिरा तथा कुलतका कुनै पनि बस्तुहरु सेवन नगर्ने मेरो बाबाको बाँनी मैले पनि अक्षर अक्षर अहिले सम्म पालन गरेको छु । जीवनमा यहाँबाट सिक्नुपर्ने कुरा धेरै छन् । अस्पतालमा हरिबहादुरको मान्छे भन्दै पटक पटक बोलाइन्छ । सायद हरिबहादुरको आफन्त को हुनुहन्छ भनेर बोलाएको भए मन कति खुसी हुन्थ्योहोला ? शव्द छनोट पनि कति नमिठो अनि अजरो खालको ? अस्पतालमा भाषा र व्यवहारको कक्षा दिनुपर्ने मनमनै लाग्छ तर मैले मात्र सोचेर के हुन्छ र ? यहाँ हरेक पाइलामा रुपैयाँकै कुराले तनाब दिन्छन् । यसै बीचमा सहयोग गर्नुहुने पत्रकार मित्र दिपेन्द्र शर्मा , उपसचिव ललितविक्रम सिंह, वृहत जलाधारका विशाल चन्द , शरद शर्मा , शिवालय गाउँपालिकाका कृषि शाखा प्रमुख विश्वमित्र शर्मा, कमान थापा, मन्त्री बेदराज सिंह, मन्त्री कृष्ण केसी , जलस्रोत मन्त्रालयका महाशाखा प्रमख गोपाल शर्मा , भौतिक पूर्वाधार मन्त्रालयका महाशाखा प्रमुख रमेश सुवेदी , उर्जामन्त्रीका स्वकीय देबराज बोहरा, पत्रकार टेकबहादुर शाही, विहानी मिडियाका लोकेन्द्र शर्मा न्यौपाने , स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कडेल , भेरी करिडोरमा आवद्ध दत्त लामा, ठुलिभेरी नगरपालिकामा कार्यरत दिलप्रकास रोकाय, बाबासँग रात भेरी बस्ने रेशम खड्का , पत्रकार कुशल दर्लामी र भेरी नगरपालिकाका कृषि शाखा प्रमुख यज्ञ अधिकारी, नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्य र शिवालय गाउँपालिका शिक्षा शाखा प्रमख मानबहादुर बस्नेत , भौतिक पूर्वाधार कार्यालय जुम्लाका प्रमुख ईन्जिनियर हरि ओली , नेकपा ( माओवादी केन्द्र) केन्द्रीय सदस्य गोरखबहादुर केसी (सन्देश) र प्रिय भाई मानबहादुर खड्का प्रति हार्दिक आभार ।