ओखर जोनलाइ प्रभावकारी बनाउन खेतबारीमै तालिम


हेमन्त केसी
जाजरकोट / ओखर जोन लागू भएको जाजरकोटमा कृषकहरुलाई व्यवसायिक रुपमा विकास गरी अर्थ आर्जन गर्न गाउँ ,गाउँमा गएर प्रशिक्षण ,तालिम सुरु गर्न लागिएको छ । प्राविद्यिक ज्ञान दिएर ओखर खेतीलाई अब्बल बनाउन लागि गाउँ ,गाउँमा गएर खेतबारीमा प्रयोगात्मक तालिम सहित प्रशिक्षण दिन थालिएको हो ।


जिल्ला भरीमा २४५ हेक्टर जमिनमा ओखर खेती सुरु गरिएकोमा योआर्थिक वर्ष २०७९÷८० मा २५ हेक्टर क्षेत्रफलमा थप ओखर खेती विस्तार गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई जाजरकोटका धरम चन्दले जानकारी लिनुभयो । जाजरकोट ओखर खेतीका लागि अब्बल जिल्लाको रुपमा लिइएको छ । व्यापक भुगोलमा खेती गर्न सकिने भएपनि प्राविद्यिक ज्ञानको अभावमा समस्य गर्दै जाँदा आफूहरु मर्कामा परेको तालिममा सहभागी किसान राधिका मल्लले बताउनुभयो । तालिम पाएपछि ओखरको संरक्षण र हेरचाहका बारेमा ज्ञान पाएको मल्लले बताउनुभयो । त्यस्तै सदरमुकाममा समेत तीन दिने ओखर खेती सम्वन्धी जिल्ला स्तरिय तालिम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी सबैले प्राविद्यिक ज्ञानको अभावमा ओखर खेती फस्टाउन नसकेको बताएका छन् । तालिममा उन्नत प्रविधि, प्रथामिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन, कृषि यान्त्रिकिरण लगाएतका विषयमा व्यापक छलफल भएको भएको थियो ।

ओखर खेतिको उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार गरि ओखरको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न कृषकको ज्ञान सिप र धारणमा सकरात्मक परिवर्तन ल्याउने उद्धेश्यले तालिमको आयोजना गरिएको तालिम संयोजक चन्दले जानकारी दिनुभयो । परियोजना कार्यान्वयन एकाई जाजरकोटमा सुचिकृत भएका कृषक समुह, सहकारी तथा व्यक्तिगत फर्म, नर्सरी उद्योगका सदस्यहरुलाई ओखर खेति सम्वन्धि तालिम नलिएका कृषकहरुलाई तालिममा समावेश गरिएको उहाँले बताउनुभयो । परियोजाना कार्यान्वयन एकाईका प्रमुख दिपेन्द्र पोखरेल, कृषि क्षेत्र विकास कार्यक्रमका प्रमुख सुरज भारतीले किसानका समस्य र जिज्ञासाका विषयमा भारी छलफल गरि निराकरणका लागि खेतबारीमै पुग्ने जानकारी दिएपछि तालिममा सहभागी उत्साही भएका छन् । तालिममा सिकेका सिपहरु गाउँ घरमा गएर अरुलाई समेत सिकाउने उनीहरुको प्रतिवद्धता रहेको छ । कुशे , बारेकोट र नलगाड नगरपालिकामा जोन लागू भएको छ ।

ओखर खेति संगसंगै साना सिचाई अन्तरर्गत सिन्चित क्षेत्रफल बिस्तार गर्नुका साथै विभिन्न किसिमका यन्त्र ,उपकरणहरु अनुदानमा वितरण गर्ने लगाएतका कुराहरुको जानकारी कार्यालयका प्रमुख पोखरेले जानकारी दिनुभयो । जोन संचालन भएको ४ वर्षमा सुन्तला फलफुलका विरुवा उत्पादनमा आत्मनिर्भर भई विरुवा निर्यातको काम सञ्चालन भएको छ । ओखर जोन संचालन भएदेखि ओखर नर्सरीको पनि स्रोत केन्द्रहरु विकास गरि ओखर विरुवामा आत्मनिर्भर हुने तथा बाहिरी देशको विरुवालाई आयात प्रतिस्थापन गर्दै जुम्ला स्थानीय विरुवालाई प्रर्वद्धन गरिनुपर्नेमा संयोजक चन्दले बताउनुभयो । उन्नत प्रविधि सहित ओखर खेति क्षेत्रफल विस्तार सम्वन्धि परामर्श दिनको साथै ओखरको वगैचा स्थापना गर्दा वगैचा रेखाङ्कन, खाडल खन्ने पुर्ने, विरुवा लगाउने दुरि, मलखाद तथा सिँचाई व्यवस्थापन, विरुवामा काटछाँट, लगाएतका विषयमा समेत ज्ञान पाएपछि कृषकहरु खुसी भएको बारेकोट गाउपालिका २ रोकाय गाउ सुन्दर कृषि फर्मकी संचालक किसान ममिता पुनलेजानकारी दिनुभयो ।





error: Content is protected !!