मुख्यमन्त्रीसँग खेलाडीका गुनासै–गुनासा

सल्यान ः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग कर्णालीका खेलाडीहरूले गुनासै गुनासा गरेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा खेलाडीहरूले सामान्य प्रतियोगिता गर्न पनि चन्दाकै भर पर्नुपरेको बताए ।

कर्णालीका सबैजसो जिल्लामा पुराना प्रशिक्षकहरूबाट विभिन्न खेलको प्रशिक्षण भइरहेको छ । पूर्वाधार अभावमा पनि कर्णालीले राम्रा खेलाडी उत्पादन गरिरहेको भलिबल खेलाडी जीवन शाहीले बताए । उनले भने, ‘अभावै अभावमा पनि राष्ट्रियरअन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रा खेलाडीको प्रस्तुति अब्बल छ ।’ प्रदेश सरकारले प्रशिक्षण केन्द्रहरूलाई अनुदान दिने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

अब चन्दा उठाएर मात्र प्रतियोगिता सञ्चालन गर्न नसकिने नेपाल कराते महासंघ कर्णाली प्रदेशका सयोजक प्रदिप राईले बताए । ‘सरकारका आँखा सडकमा मात्र परे,’ उनले भने, ‘भोलेन्टिर प्रशिक्षकले मात्र कति दिन कर्णालीको खेल उत्कृष्ट हुन्छ रु’ खेलकुद विकासका आधार स्तम्भ नै पूर्वाधार भए पनि कर्णालीमा पूर्वाधार विकासको अवस्था झन् झन् कमजोर बन्दै गएको उनले बताए । कर्णालीका १० जिल्लामा पूर्वाधारका नाममा ५ वटा मात्र कवर्डहल छन् । ५र६ वर्ष लगाएर खेलाडी उत्पादन गरिए पनि पेसा सुरक्षित नहुँदा उनीहरू पलायन भइरहेको शाहीले बताए । खेलकुदको दिगो विकासका लागि खेलाडीलाई एकिकृत विकासको योजनामा समावेश गराउनुपर्ने उनले बताए । ‘आदर्शका कुरा गरेर मात्र कति दिन भोको पेटमा खेल्न सकिन्छ र रु,’ उनले भने, ‘अहिले त खेल क्षेत्रमा लागेर जीविकोपार्जन गर्नै कठिन छ ।’

फुटबल खेलाडी चन्द्रप्रकाश शाहीले राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट गर्न पनि भाडाका हलमा गर्नुपर्ने बाध्यता भएको बताए । ‘कर्णालीमा खेलका नारा मात्र धेरै भए, एउटा सक्षम खेलाडी बन्ने बातावरण छैन,’ उनले भने, ‘खेलाडी निर्धक्कसँग खेल्न सरकारले बिमाको व्यवस्था गर्नुपर्छ ।’ उनका अनुसार कतिपय जिल्लामा पञ्चायतकालमा बनेका कवर्ड हलकै भर छ ।

मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा १ अर्ब ५९ करोड रुपैयाँमा प्रदेश गौरवको पहिलो आयोजनाको रुपमा रंगशाला निर्माण भइरहेको बताए । उनका अनुसार एकै पटक १४ वटा अन्तर्राष्ट्रिय मापदण्डका खेल खेलाउन सक्नेगरी प्रदेश रंगशालाको काम भइहेको छ । उनले प्रदेश सरकारले खेलाडीका लागि रोजगार, सुरक्षा र शिक्षा सहयोग गर्न योजना निर्माणको काम भइरहेको जानकारी दिए । ‘खेलाडी निरुत्साही हुन आवश्यक छैन,’ उनले भने, ‘प्रदेश रंगशाला बनेपछि कर्णालीलाई खेलाडी उत्पादनको थलोको रूपमा चिनाइनेछ ।’

मुख्ममन्त्रीको निगरानीमा रंगशालाको काम

कर्णाली प्रदेश सरकारले १० हजार दर्शक अट्ने क्षमताको पहिलो गौरवको आयोजनाको रुपमा वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माण गरिरहेको छ । १ अर्ब ५९ करोड रुपैयाँमा २०८१ जेठ ११ भित्र निर्माणको काम सम्पन्न हुने गरी एमएसीजिएसएल जेभीले रंगशाला निर्माणको काम गरिरहेको छ । जसको निगरानी निरन्तर गरिरहेको मुख्यमन्त्री शाहीले बताए । प्रदेश सरकारको प्रतिष्ठाको योजनाको रुपमा लिएको रंगशाला समयमै पूरा गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइरहेको शाहीले बताए । उनले अहिलेसम्म ८र१० पटक रंगशाला निर्माणस्थलमा पुगिसकेको बताए । झण्डै १ महिनादेखि रंगशाला निर्माणको काम थालिएको हो । रंगशालामा फुटबल मैदान र एथलेक्टिस ट्रयाक, भिआइपी प्यारापीटको दुइ तले भवन, खोलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङलगायत सुविधा हुनेछन् । त्यस्तै, १५ सय दर्शक अट्ने बहुउदेश्यीय कबर्ड हलसहित ह्यान्ड बल र बास्केटबललगायत खेलका आउटडोर प्रतियोगिताका लागि समेत रंगशालामा संरचना निर्माण हुनेछ ।





error: Content is protected !!