जसको विचार , उसैको नेतृत्वमा बढेको लहर

हेमन्त केसी
आमा र बाबालाइ बच्चाको माया खुव लाग्छ , किनकी उनीहरुको मेहनत , लगानी र संर्घष जहाँ प्रयोग भएको हुन्छ । त्यतिमात्र होइन, भावी दिनमा पुस्तान्तरणसँगै केही आशा र भरोसा समेत त्यहाँ जोडिएको हुन्छ । अहिले नेकपा (माओवादी केन्द्र) ले रगतसँग साटेर ल्याएको यो व्यवस्था जोगाउनका लागि जीवन र मरणको अन्तिम राजनीतिक लडाइ समेत सुरु भएको छ । जनयुद्धले व्यवस्था मात्र ल्याएको छैन , सबैलाइ चेतनाको विकास पनि गरिदिएको छ ।

केही मुठी भित्रका हिजो पनि जनयुद्धको विरोध गथे , आज पनि विरोध गर्छन उनीहरुलाइ यो व्यवस्था मन परेको छैन अर्थात उनीहरुको हालिमुहाली धरापमा पर्दा खपी नसक्नुको पीडा उनीहरुसँग छ । दिनमा हजार थरी कुराको भ्रम छदै दिन कटाउने मेसे समेत उनीहरु गरिरहेका छन् । एक थरी माओवादी विग्रियो , अब सुधिनुपर्छ भन्दै हजार थरी कुरा सिकिरहेका छन् । उनीहरुले माओवादीलाइ मतदात भने कहिले पनि गरेनन् । मात्र माओवादी सुधिनुपर्छ भन्दै रटान लगाउछन् । माओवादीको यो नेता राम्रो वा त्यो नेता राम्रो भन्दै खण्डीकरण ल्याउन हजार तानाबाँना बुनिरहेका छन् । हिजो देखि जेलनेल भोगेर पनि अझ परिपक्वता माओवादी भएका आम नेता तथा कार्यक्रताहरु व्यवस्थाको चिन्तामा आधा पेट खाएर पनि जुझारु भएर लागिरहेका देखिन्छ । अहिले बाटो फेरिएको छ , हिजोका दिनमा गोली ,बारुदसँगै राजनीतिक लडाइ थियो ।

अहिले मात्र राजनीतिकसँगै व्यवस्था जोगाउने लडाइ माओवादीका अगाडी रहेको छ । प्रचण्डले व्यवस्था जोगाउनका लागि हरेक ठाउँमा काधमिलाउदै अगाडी बढेको देखिन्छ । किनकी यो सबै माओवादी कम्जोर हुनुको परिणाम हो । अब फेरी पनि गाउँ देखि सहर सम्मा माओवादीमा जनलहर देखिएको छ । व्यवस्था र जनताको विधि ल्याउनका लागि माओवादी आन्दोलन फेरी उर्जामा प्रदा भएको छ । जिम्मेवारी व्यक्तीहरुले माओवादी रोज्नेक्रम बढेको छ । जाजरकोटकै कुरा गर्दा नेपाली कांग्रेसबाट जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानीप्रसाद आचार्यले माओवादी रोज्नुभयो । यस्तै देशभरी माओवादी राज्नेको संख्या ठुलो रहेको छ । किनकी माओवादी रोज्नु भनेको व्यवस्था जोगाउनु हो भन्ने हरेक नागरिकलाइ लागेको छ । मानिसलाइ एक छाक भोकै बसेर सहन तयार छन् तर आफ्ना आफन्तहरु गुमाएर ल्यााएको व्यवस्था फेरी पनि प्रतिगामीहरुको जालमा परेर पुरानै ठाउँमा गयो भने त्यो भयानक दुर्घटना हुन्छ भन्नेमा आम नागरिकहरु सेचत छन् । त्यसैले त विप्लव नेतृत्वको माओवादी पनि नेकपा ( माओवादी केन्द्र) सँग तालमेल गरेर अगाडी बढ्न तयार भएको संकेत दिएको छ ।

स्वार्थरहित गरिएका हरेक क्रान्तिलाइ एक जमातले स्वीकार गरेको छैन ,उसले मात्र भन्छ काटमार गरेर ल्याएको यो व्यवस्था हाम्रो रोजाइ होइन, तर त्यो बर्गलाइ के कुरा थाहा छैन भने अहिले सम्मा म्वाइ खाएर ल्याएको परिवर्तन कहाँ रहेछ ? परिवर्तका लागि विद्रोह गर्नु जनताको अधिकार हो । रगतसँग साटेर ल्याएको अधिकार र व्यवस्थाले खाली खुट्टा हिड्नेको जीवनमा खास अर्थ राखेको छ । हिजो देखि चिल्ला कारमा चढ्नेको लागि टाउको दुखाइको विषय बनेको छ । किनकी उनीहरु स्रोतलाइ आफू अनुकूल परिचालन गथे र आफूलाइ ठुला र अब्बल मानिस ठान्थे । दाम्लाको डोरी बनाइ गाउँमा विकास दिन्छु भनि झुटा गफ दिएर जमिनहरु नाप नक्सा लिन्थे । हिजो जनयुद्धमा खाली खुट्टा हिडेर व्यवस्था परिवर्तन गर्नेहरु आज व्यवस्थाको रक्षार्थ दिनभरात संर्घषको मैदानमा छन् ।

अहिले कांगे्रस माओवादीको बुइ चढेर सरकारको नेतृत्व गरिरहेको छ । कांग्रेसका एक थरी आफूलाइ खुव क्रान्तिकारी भनेर दावी गर्ने नेताहरु अहिले माओवादीको विरोध गदै हिडेका छन् । उनीहरुलाइ के हेक्का छैन भने आफूहरु कसको बुइ चढेर सरकार चलाइरहेको छौँ ? खास गरी भन्ने हो भने , अब फेरी पनि माओवादीले आफूलाइ एक नम्वर पार्टी बनाएर वाम एकताको लागि पहल थालनी गरी सबैलाइ मिलाएर जानुपर्दछ । आफूलाइ निकै पुरानो र संसार नै थामेको छु भन्दै हजार जालझेल गदै आएको कांग्रेससँग चुनाव तालमेला भन्दा पनि आफू बलियो भएर वाम एकताको पक्षमा लागेमा त्यो सबै भन्दा ठुलो कुरा हुनेछ । हुन त माओवादी पनि हिजोको जस्तो छैन ,आज धेरै शक्ति आर्जन गरेर आइसकेको छ ।

हिजो निरास भएका नेता , कार्यक्रताहरु अहिले जुरुक्कै उठेका छन् । माओवादीलाइ कम्जोर ठान्नेहरु अब निन्द्रामै छन् । यो पटक प्रचडकै भाषा अनुसार लाइफ लाइन किन डेथ लाइन भनेर चुनावमा होमिसकेको अवस्था छ । व्यक्तिगत इगोबाट होइन किन देशको व्यवस्था बचाउने मुलमुद्धामा फर्किएमा त्यो सबै भन्दा ठुलो अर्थ राख्ने छ । हिजो फुटको अवस्थामा माओवादीले आफ्नो शक्ति देखाएकै थियो भने अहिले एक जुट भएर लाग्दा पहिलोकै स्थानमा आउन कुनै आइतबार पर्खनुपर्ने अवस्था छैन ।

के थियो जनयुद्ध ?
२०४६ को परिवर्तनपछि सत्तामा कांग्रेस र एमाले थिए भने बुर्जुवा शक्ति र कम्युनिष्टहरूमा समेत सत्तालाई हेर्ने÷बुझ्ने र व्यवहारमा फेर्ने भन्ने सोच, योजना र मार्गचित्रमा कुनै भिन्नता थिएन । एकातर्फ कम्युनिष्ट आन्दोलन र बुर्जुवा संसदवादको बीचमा कुनै फरक नपरेको बेला नेपाली कम्युनिष्टहरूलाई अस्तित्व सावित गर्नुपर्ने वैचारिक दबाब थियो । केही नगर्दा अस्तित्व सावित गर्न सकिँदैनथ्यो ।

अन्तर्राष्ट्रिय रूपमा पनि कम्युनिष्ट आन्दोलनले धक्का खाइरहेको अवस्था थियो । संयुक्त जनमोर्चाको नाममा संसदीय अभ्यास पनि भए, तर सत्ता चरित्रको रूपमा फेरबदल आए पनि गुणमा हुनसकेको थिएन । तब सत्ताचरित्र नै फेर्नका लागि आमूल परिवर्तनको दिशा अर्थात जनयुद्धको बाटो पक्रिने निर्णय माओवादीले ग¥यो । निर्णय एक्कासी भएका थिएनन् नेतृत्वमा जनयुद्धको मानसिक तयारी ६ वर्ष पहिल्यै थियो । त्यसले नेता तथा कार्यकर्तामा विचारप्रतिको अति विश्वास र ठोस वैचारिक प्रतिबद्धता जागृत ग¥यो भने विचार अनुसारको आदर्श हुनु पहिलो सर्त हुन्थ्यो ।

विचारले दिशानिर्देश गरेको आदर्शको लागि आफ्नोतर्फबाट जेजस्तो भूमिका पनि खेल्ने अठोट पैदा गरेको थियो, त्यो त्याग बलिदानमात्रै हैन, आन्दोलनले सिर्जनात्मक भूमिका पनि माग गथ्र्यो । एउटा सानो समूहले (जनयुद्ध थालनीमा नेता र कार्यकर्ता दुवै गरेर ८० जनाभन्दा पनि कम) देखाएको सपना पनि एकैपटक समाजले देख्न चाहन्छ भने तब त्यो शक्तिमा फेरिन्छ भन्ने हो । त्यसको लागि समाजमा रहेका अन्तरविरोधको नाडी छाम्नु, भौतिक अवस्थाको सूक्ष्म नियाल्नु, शासक वर्गको अन्तरविरोध र शक्ति सन्तुलन बुझ्न आवश्यक हुन्थ्यो । ती सबैलाई हाँक्ने नेतृत्व टोली निजी, पुँजी र परिवार स्वार्थमा केन्द्रित हुँदैन भने आन्दोलनको नैतिक सम्पत्ति बनेर अभिभावक बन्न सक्थ्यो । बन्दुकको नालमा टिकेको सत्ता बन्दुकको नालैबाटै भत्काउन सकिन्छ भन्ने माओको कथनबाट जनयुद्ध सुरु भएको थियो । हारेर आत्मसमपर्ण गर्नुभन्दा सहिद भएर वर्ग र विचारप्रतिको प्रतिबद्धता जनाउँछौं भन्ने प्रतिबद्धता थियो ।

जनयुद्धको मोड
माओवादी आन्दोलन अनेकौं संगिन मोड हुँदै अगाडि बढ्यो । २०५४ सालसम्म पुग्दा एकातर्फ जनयुद्धलाई हाँक्न पहिलो पंक्तिको नेतृत्व विभिन्न कारणले अपुरो भएपछि दोस्रो तहका नेतृत्व केन्द्रमा पुगे भने दीर्घकालीन जनयुद्धले मात्र यस संवेदनशील भूगोलमा केन्द्रीय सत्तामा पुग्न सकिँदैन र जनयुद्धको रक्षा पनि गर्न सकिँदैन भन्ने सोच नेतृत्वमा पलायो । २०५४ देखि ०५७ सम्मको अवधि माओवादीमा रणनीति परिवर्तनको समय बन्छ भने त्यही समयमा किलो सेरा टुको दमनको पनि सामना गर्नुप¥यो । पाँच वर्षको अभ्यास, दमन, आन्तरिक किचलोबाट उम्केर एकातर्फ पार्टी विचारको संश्लेषण गर्न पुग्छ भने नेपाली समाजको अन्तरविरोध र वर्ग संघर्षका आयाममा वर्ग संघर्षको अधीन वर्ण समस्या पनि उठाउनुपर्छ भन्ने मान्यता विकास ग¥यो ।

उत्पीडित वर्गसँगै उत्पीडित जाति र वर्ग संघर्ष पनि त्यतिकै आन्दोलनका कडी हुन आवश्यक छ भनेर देशको बहुजातीय, बहुधार्मिकतालाई वर्ग संघर्षसँगै जोड्न पुग्यो । जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र आन्दोलन बढ्न सक्छ भन्ने मान्यतामा पार्टी पुग्यो । शक्ति आर्जन गरिसकेको माओवादीले युद्ध र शान्तिको कार्यनीति अगाडि सारेर गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको माग अगाडि सारेर शान्ति वार्तामा बस्ने नीति बढायो । त्यसैबेला सत्तामा अन्तरविरोध बढ्दै गयो भने दरबार हत्याकाण्डले परम्परागत राजतन्त्रको अन्त्य पनि गरिदियो ।

पहिलो शान्ति वार्ताले जनयुद्धले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक मान्यता पायो भने संगठन विस्तार गर्ने, जनसमर्थन बटुल्ने अवसर पनि पायो । दोस्रो वार्ताले संकटकालको सामना गर्न पुग्यो, अन्तर्राष्ट्रिय मान्यता पनि पायो । सत्ता रूपमा फेरिन चाहन्छ, तर आमूल परिवर्तन चाहँदैन भन्ने पनि प्रस्ट्याउने अवसर पायो । सत्तामा अन्तरविरोध बढ्दै गए, संसदीय शक्तिलाई राजाले धकेल्दै गए र विकसित अवस्थामा विद्रोही र कांग्रेस–एमालेलाई परिस्थितिले एक ठाउँमा पु¥यायो । माओवादी नेतृत्वलाई पनि चुनवाङ बेठकसम्म पुग्दा दीर्घकालीन जनयुद्धको बाटोबाट सफलता हुनसक्दैन भन्ने मान्यता पलाएर एकातर्फ वार्ता थालनी ग¥यो भने अर्कातर्फ ’ढाडमा टेकेर टाउकामा हान्ने’ गण्डक फौजी कारवाही अगाडि बढायो । त्यसको परिणाम १२ बुँदे सहमति भयो भने शान्ति युद्धका यात्रा विस्तृत शान्ति सम्झौता हुँदै यो अवस्थामा पुगेको हो ।

कम्युनिष्ट आन्दोलन एकातर्फ निरन्तर शुद्धतावाद र आदर्शका कुरामात्र गर्ने सत्ताप्रति कुनै ध्यानै नदिने एउटा पक्ष रह्यो भने अर्कोतर्फ युद्ध लडेरमात्र केन्द्रीय सत्ता हत्याउने वा लड्दा–लड्दै स्वयम् क्रान्तिको आदर्श जोगाउनेको नाममा आफैं सकिने अवस्था रह्यो । त्यसको बदला नेपाली माओवादी जनयुद्धले युद्धभित्र राजनीति र राजनीतिभित्र युद्धलाई उचित तालमेल गरेर जनयुद्ध र जनआन्दोलन बीचमा एकाकार गरेर नयाँ अवस्था सिर्जना गर्न पुग्यो । फुटेर होइन ,जुटेर मात्र माओवादी आन्दोलन सही ठाउँमा लिन सकिन्छ भन्ने जान्दा जाँन्दै बढी क्रान्तिकारी देखिने नाममा पार्टी नै छाडेर नयाँ दल बनाउने चलन व्यापक रहदै आएको छ ।

खास गरी अहिलेको माओवादी आन्दोलनले जुन कुरा स्थापित गरेको छ त्यो हिजोकै माओवादीले उठाएका कुराकै लयमा रहेको छ । देश माओवादीको एजेण्डमा छ तर मुल नेतृत्वमा माओवादी नहुँदा व्यवस्था प्रतिका खास निरासामा बदलिएको मात्र छैन , सौतेनी छोराहरु आमाबाबालाइ कुनैबेला धमक्याउदै , जालझेल गदै जिउदै मसानघाट सम्मा लिने चेष्टा जारी राखेका छन् । यो समय भनेको उपलब्ध आजित परिवर्तनलाइ संस्थागरी थप न्यायका लागि बैचारिक लडाइलाइ सफल बनाउने हो ।





error: Content is protected !!