मतपत्रमा हरियो रङको चुनाव चिह्न – तुकबिनाको तर्कबाट सिर्जित तरंग
काठमाडौं ः स्थानीय तह निर्वाचनका लागि घोषित मिति आइपुग्न अब ६४ दिन बाँकी छ। निर्वाचन आयोगदेखि निर्वाचनमा भाग लिने दलहरु आ आफ्नो तयारीमा जुटेका छन्। तर, ती विषयले भन्दा मतपत्रमा रहने चुनाव चिह्नको रङको विषयले यतिबेला अतिरिक्त चर्चा पाइरहेको छ।
चर्चाको सुरुवात पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिएको अभिव्यक्तिबाट भएको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा राखिने चुनाव चिह्नहरु हरियो रङको हुने निर्णय गरेपछि ओलीले त्यसप्रति ठूलै आशंका प्रकट गर्दै अभिव्यक्ति दिएका थिए।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) को कार्यक्रममा सम्बोधन गर्दै ओलीले भनेका थिए( ुचुनाव चिह्नको रङ हरियो कुन हिसाबले राख्नेरु धार्मिक हिसाबले राख्ने हो ? अथवा, कसैको हरियो देखिने चिह्न छ, त्यसकारण राख्नेरु कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो ?
आयोगको निर्णय कांग्रेसमैत्री हो भन्नेमा विश्वस्त देखिएका ओलीले बुधबार मोरङको रंगोलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस प्रसंगलाई दोहोर्याए। कांग्रेसको पात मात्रै झरेको होइन, रुखै सुकिसकेको भन्दै उनले भने( ुबुढो रुख बचाउनका लागि निर्वाचन आयोगले चुनाव चिह्नहरु सबै हरियो रंगमा लेख्ने भएछ।
निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर हरियो रंगको जानकारी दिएको थियो। स्थानीय तहको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो । मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ ,आयोगको विज्ञप्तिमा भनिएको छ।
निर्वाचन चिह्न हरियो बनाउने निर्णय नितान्त प्राविधिक कारणले गरिएको आयोगले जनाएको छ। अघिल्लो निर्वाचनमा चुनाव चिह्न र स्वस्तिक छापको रङ निलैनिलो हुँदा गणनामा समस्या भएको आयोगको अनुभव छ। स्थानीय तहको निर्वाचनमा सात पटक स्वस्तिक छाप हान्नुपर्ने हुन्छ। तर, कतिपय मतदाताले स्टाम्पमा एकपटक स्वस्तिक चोपेर सातवटा छाप हान्ने भएकाले पछिल्ला छापहरु मधुरा हुँदै जाने हुन्छन्, जसले गर्दा गणनामा समस्या हुने गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
गणना सुरु गरिसकेपछि दिन र रात पूरै गन्नुपर्छ। रातको समयमा बत्तिको लाइट मधुरो हुने र गणना गर्दा स्वस्तिक छाप लागेको हो कि होइन, छुट्याउन पनि गाह्रो पर्ने हुन्छ। कतिपय स्वस्तिक छाप निर्वाचन चिह्नमा पर्यो भने, निर्वाचन चिह्नका रङ गाढा तर स्वस्तिक छापको रङ मधुरो हुँदा छाप लागेको पनि हो कि होइन, पहिचान गर्न गाह्रो भएको हुनाले मुख्यतः रङमा भिन्नता गर्ने उद्देश्य राखिएको हो ,उनले भने।
तर, एमाले अध्यक्ष ओलीले भने आयोगको निर्णयलाई त्रुटिपूर्ण भएको बताइसकेका छन्। मंगलबारको कार्यक्रममा उनले चुनाव चिह्न हरियो रङकै राख्ने भनेर आयोगले निर्णय गरेको भए त्यसलाई सच्याउनुपर्ने बताएका छन्। उनले चुनाव चिह्न हरियो सरियो हुँदैन भन्दै अहसमति पनि जनाएका छन्।
आयोगले भने यस सम्बन्धमा कसैलाई द्विविधा भएको भए, आयोगले अन्यथा निर्णय गर्यो कि भन्ने भए प्रष्ट पार्न तत्पर रहेको बताएको छ। अर्कोतिर, उसले निर्वाचन चिह्न कुन रङको राख्ने भन्ने जस्ता विषयको क्षेत्राधिकार आयोगको भएको स्मरण पनि गराएको छ।
ुनिर्वाचनको मतपत्रको डिजाइन, रङहरु तय गर्ने अधिकार आयोगलाई छ। किन यो गरियो भनेर अन्यथा सोच्नुपर्ने कारण छैन। नितान्त भोलि गणनालाई सजिलो होस् भनेर हो बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने।
आयोगले यस विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।
ओलीले कांग्रेसलाई जोडेर चुनाव चिह्नको रङको विषय उठाएपछि कांग्रेस नेताहरु भने रोमाञ्चित सुनिन थालेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ,अहिले एउटा नयाँ सुरु भएको उखान चर्चामा छ। पहिले, साउनमा ुके भएको उसलेु वर्षैभरि हरियो देख्छ भन्थे रे ? अहिले भने, विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिन्छ भन्ने उखान सुरु भएको छ।
बिहीबार पनि शर्माले रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा आफूहरु प्रष्ट भएको बताएका छन्। ‘मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होलारु त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ। मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला। त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु’, उनको भनाइ छ।
के निर्वाचन चिह्नको रङ निश्चित किसिमको राख्दैमा त्यसले पार्टी विशेषलाई सहयोग पुग्छरु विभिन्न कारणले त्यो सम्भावना खण्डन हुन्छ। पहिलो त, २०७४ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्रमा सेतो मतपत्रभित्र हरियो चिह्न थिए। तर, १६५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले जम्मा २३ सिट जितेको थियो। नेकपा एमालेले ८० सिटमा जित हासिल गरेको थियो।
दोस्रो, चुनाव चिह्नको रङ हरियो बनाउँदा पनि कांग्रेसले जित्न नसक्ने भनेर स्वयं ओलीले नै बताएका छन्। बुधबार मोरङमा आयोजित कार्यक्रममा उनले भनेका थिए ।चुनाव चिह्नहरु हरियो रंगमा राख्दैमा कांग्रेसको रुख फेरि बौरिने हो ररुु
ओलीले यो विषयलाई निर्वाचनको निष्पक्षतासँग जोडेर नउठाएको उनकै अभिव्यक्तिले पनि प्रष्ट पार्छ। हरियो रङको विरोध गरेका उनले रातो रङको प्रस्ताव गरेका छन्। रातो रङ एमालेको चुनाव चिह्न सूर्यसँग मिल्दोजुल्दो रङ हो।
ुहरियो चिह्न राख्न पाइँदैन। एक पक्षीय रुपमा एउटा पार्टीको रंग झल्किने गरी राख्न पाइँदैनु, मोरङमा ओलीको भनाइ थियो, ुहोइन भने, रातो चिह्न राखौँ। सबैतिर रातो राखौँ। सूर्य पनि रातो राखौँ। रुख पनि रातो राखौँ। सबै रातो राखौँ। रातो हुँदैन भने हरियो पनि हुँदैन। हरियो चाहिँ देखिन्छ भने, रातो छर्लंग देखिन्छ कि हरियो छर्लंग देखिन्छरुु
राजनीतिक विश्लेषक उद्धव प्याकुरेल ओलीले उठाएको यो विषय बिना तुकको तर्क भएको बताउँछन्। ुहेर्दै जाने हो भने कुनै पनि रङ कुनै न कुनै पार्टीको चिह्नसँग त मिल्छ होला। अनि के गर्ने त ? सबैले विरोध गर्नेरु कसैले नठाएको यो इस्यू अहिले उठाउन आवश्यक थिएन। यसको कुनै प्रतिकात्मक अर्थ पनि छैन उनले भने।
अझ बृहत् रुपमा सोच्दा एमाले यतिबेल आइडेन्टिटी क्राइसिसु मा रहेको र त्यसको परिणामस्वरुप यस्तो तर्क आएको उनको भनाइ छ। ुएमसीसी र संसदीय लोकतन्त्रको सन्दर्भमा हेर्दा एमाले आइडेन्टिटी क्राइसिसुमा रहेको देखिन्छ। संसद्वादी होइन भनौँ भने लामो समयदेखि संसद्वादको अभ्यास गरेको छ। हो भनौँ भने कहिले पनि नसल्टिने विषयमा संसद् घेराउ गरिराखेको छ। संसद् घेराउ पनि हो कि होइन , किनभने कतिपय प्रस्तावहरु पारित गर्न ठाउँ दिइराखेको छु, उनले भने ,ुत्यहाँ पनि उहाँहरु प्रतिरक्षात्मक हुनुभएको छ। एमसीसीलाई पनि उहाँहरु संसद्को दस्तावेज बनाउँछौँ भनेर हिँड्नुभएको थियो। त्यहाँ पनि चुक्नुभयो। अहिले एमाले आइडेन्टिटी क्राइसिसको अवस्थामा छ। त्यो सन्दर्भमा ओलीले यस्ता इस्यू उठाउनुभएको छ। यसको कुनै अर्थ छैन।