मेरो जन्म दिन

बिनाेद घर्ती

भन्दा ठिक २५ बर्ष अगाडी आजकै दिन, मेरो आमाले कान्छो छोराको अनुहार देखेको दिन । मेरो बुबाको चार आँै सन्तानको रुपमा बंश थपिएको दिन । मैले संसार देखेको दिन, म रोएको दिन अनी आमा र बुबा खुसि भएको दिन, बुबालाई जिम्मेवारी थपिएको दिन । मैले यो धर्तीमा पहिलो पटक आँखा खोलेको दिन, आवाज निकालेको, पाइला टेकेको दिन । सायद मेरि आमाले बुबालाई भेटेको दिन, माया प्रिती लगाएको दिन बिर्सन भयो होला । उहाँहरुको बिबाहको मिति बिर्सनु भयो होला । आफ्नो जन्मदिन विर्षनुभयो होला । जीवनका अति दुःखद पलहरु बिर्सनु भयो होला । तर मलाई लाग्दैन मेरो जन्मदिन बिर्सनु हुन्छ भनेर ।
साच्ची आफू जन्मेको दिन भन्दा बित्तिकै त्यो दिन निकै उज्यालो हुँदो रहेछ, रमाइलो हुदो रहेछ, आनन्दित हुदो रहेछ । अनि सबैको शुभकामना रुपी सन्देशहरु केलाइरहदा पनि उत्तिकै हर्ष लागीरहेछ । कति बेला लाग्छ, समयले बिस्तारै यो पृथ्वीमा मलाई नराख्नको लागी प्रयत्न गर्दे छ, मेरो अर्थ बुढो बढाउँदै छ, हिजो आज भोली एक दिन, हप्ता, महिला, बर्ष दशक गर्दै, यो संसारमा बाच्ने दिनहरु कम हुँदै छन ।
तर, अनि कतिबेला लाग्छ, म यो संसारमा टेक्दा जुन अवस्थामा थिए एकदम कमजोर अवस्थामा, त्यसपछि बिस्तारै परिपक्क र बलियो हुँदै गइरहेको छु । तिनै बलियो हुँदै सिढीँहरु चढ्दै गर्दा आज एक खुटकिलो पार गरी अझै परिपक्क भएको महशुस भएको छ । तर आज खुशीको दिनमा नै अलिक अस्वस्थताको कारण अलिक गाह्रो भएको महशुस भएता पनि खुशीको अनुभव भइरहेको छ ।

म कल्पना गर्छु त्यो दिन, २ छोरा र १ छोरी पछि चार औँ सन्तानको रुपमा जन्मिएको छोरो म, पुरुष प्रधान समाज न हो, त्यो दिन बाट बुबाले आमालाई अलिक धेरै माया गर्न थाल्नु भएको थियो होला । समाजमा मेरो बुबाको शिर अलि उच्चो भयो होला । परिवारमा आमालाई गर्ने व्यवहार अलि फरक भयो होला । छोराको भबिस्य सम्झेर बुबा रात भर निदाउनु भएन होला । किन कि एकातिर सन्तान भएको खुसीयाली अर्काेतिर सन्तानलाइ कसरी पढाउने, कसरी हुर्काउने चिन्ताको विषय लिनु भयो होला । सोचाइमा बास्तबमा छोरा नै हो त ? बिश्वास नलागेर मेरो बिरामी आमाले फेरि एकपटक छामछुम गर्नुभयो होला ।

आमा भन्नु हुन्थ्यो, बिहान जन्मिएको थिस । म घास काट्न जंगलमा गएको थिए तेही वेथा लागेको थियो भारि बोकेर घरमा के आइपुगेको थिए । एक्कासि बिराम लाग्यो । तेहि घांस माथि पल्टिए नजिकै बाख्राको खोर थियो । घांस देखेपछि सधै कराउने बाखाको माउ त्यसबेला चुपचाप हेरिरह्यो । अर्काे गाठबाट माउ भैसिले चिहाइरह्यो । तेहि छेउमा रहेको थारो गाईले आमालाई गिज्याईरह्यो ।
आमाको बिराम झनै बढ्दै गयो । एकै छिनमा बाबाले थाहा पाउनु भयो । नजिक जानु भयो र सान्त्वना दिनु भयो आमालाई । न त कुनै डाक्टर न त सुडेनि, छोराको जन्म दिन आमालाइ कसैको सहयोग लिन परेन । सायद आज भएको भए सुबिधा सम्पन्न अस्पताल, डाक्टर र नर्सहरुले मेरो आमालाई घेरिएको हुन्थेहोला ।

कहिल्यै बयान गरेर नसकिने यो दिन त आमाले उद्शव मनाउनु पर्ने हो । छोराछोरिको जन्मदिन नै आमाको मुख हेर्ने दिन हुनुपर्ने दिन हो । जन्मदिएको सन्तानले आफ्नो होईन आमाको नाममा केक काट्नु पर्ने हो । आफुले गरेका हरेक प्रगति बिवरण यो दिन आमालाई बुझाउनु पर्ने हो । आमालाइ खुसी बनाएर अझ धेरै आशीर्वाद लिनुपर्ने हो ।
त्यसैले आमाको परिभाषा आफु भित्र खोज्नु पर्छ । लाखौ जिब्रो भएको शेष नागले समेत आमाको बयान गरे अधुरो हुन्छ । त्यसैले आमाको परिभाषा असिमीत र अकल्पनीय छ । हामि भित्री बगेका प्रत्येक रगतका कोषहरुमा आमाको रगत मिसिएको छ । आफुलाइ नाङ्गै बनाएर ऐना अगाडी आएर हेरौ त । यो पुरा शरिर हामीलाई आमाले दिएको हो । तिमि आमाको परिभाषा खोज्ने हामी कहाँ जाने ?
आमाको बारेमा लेख्न सुरु गरौँ तर टुङ्ग्याउने अन्तिम सब्द नै हुदैन । त्यसैले मेरि आमा पनी महान हुनुहुन्छ तपाईको आमा पनी महान हुनुहुन्छ । यहाँ सबैका आमा महान हुनुहुन्छ । आमालाई माया गरौं, आमालाई सम्मान गरौं ।
विहानै आमासंग गरिएको संवाद
बिहानै आमाको पmोन अयो बाबु तिमिलाइ सन्चै त छ होला नी, कोरोना वढीरहेको छ आफ्नो ख्याल गर्नु, समयमा खानु, समयमा सुत्नु, समयमा आफ्नो काम गर्नु, अनी बुढेसकालको साहारा हो तिमि मेरो म बाँचुनजेल मैले तिमि खुसी भएको हेरेर मर्ने इक्षा छ । आखिर आम न हुनुहुन्छ । बोलीमा पनी अली फरक आयो । मैले भने हजुरको छोराले हजुरको चहाएको सवथोक त गर्न नसकुला तपाईलाई रोक,भोग,सोक र मायाको कमी हुन दिने छैन भनेर फकाय । फेरी आमाले थप्नु भएको थियो बाबु तिम्रो अहीले केछ अवस्था के काम गरेर बसेका छौ फोन पनी कहीलै गर्दैनौ अरु सन्तान भन्दा विरलै माया तिम्रो लाग्छ भन्नु भयो । मैले भने आमा मलाइ अहिले सवै थोक पुगेको छ मेरो घर परिवारमा भएका छोरा, छोरी र श्रीमतीलाइ खान लगाउन सवै पुग्छ । मैले पहिलेको जस्तो मागेर खानु परेको छैन् कसै संग गुहार्नु परेको छैन् ।

म सानो व्यवसाय गरेर वसेको छु । जिल्ला को भेरी नगरपालिकामा रिदम प्रिन्टिङ प्रेस नामक पसल खोलेर वसेको छु । मैले २/ ४ जना स्टाप राखेको छु सवै मिलाएर काम गरेको छु । भन्दा आमाको मन न हो फेरी आवाज चेन्ज भयो बाबु मैले तलाइ केही गर्न सकिन मैले तमिले चहाएको जस्तो पढाउन सकिन भनेको जस्तो गर्न सकिन मलाइ अझै चिन्ता छ । भनेर थप्नु भयो । अनी मैले फेरी कुरा काटेर भने तपाइको छोराको तपाइले चहाएको भन्दा पनी राम्रो व्यवसायी चलेको छ । किन चिन्ता लिएर बस्नुहुन्छ । अनी तपाइकै आशिर्वादले म सानोतिनो जिल्लाको पत्रकारको काम पनी गर्छु र अहिले सवैको मायाले गर्दा म प्रेस चौतारी नेपालको जिल्ला अध्यक्ष पनी भएको छु भनेर फकाउन खोजे मैले । विचर मेरो आमा परोड शिक्षा पनि नपढेको आमालाइ के थाह मेरा ति नानाथरिका कुरा आमाले भन्नु भयो बाबु मैले सवै कुरा बुझेको छु तैले राम्रो संग काम गर्नु र राम्रो संग आफ्नो ख्याल गर्नु भनेर ।

यो मेरो लागी एउटा उज्यालो दिन हो । यो सुनौलो अपरचुनेटीमा मेरा बाबुआमा जस्ले मलाई यो जीवन दिनुभो, अनि अन्य शुभ तथा अशुभ चिन्तकहरु, अनि सम्पुर्ण म सँग जोडिनुहुने दाजुभाई, दिदी बहिनीहरु, साथी सगीँहरु सम्पुर्णलाई हृदय देखी नै आभार ब्यक्त गर्न चाहान्छु । किनकी उहाँहरुको साथ सहयोग नै ठुलो रह्यो जीवनका यी सिँढीहरु चढ्नको लागी । साथै सम्पुर्ण हरुमा आभार ब्यक्त गर्न चाहान्छु, जस्ले गर्नुभयो, गर्दै हुनुहुन्छ अनि गर्नु हुनेछ मेरो जन्म दिनको अबसरमा मलाई माया गर्नुहुने सवैलाइ भारी धन्यवाद छ ।





error: Content is protected !!