एक वर्षमै भारी प्रगती – निकुन्जलाई प्रगतीशिल बनाउन हिउँमा गस्ती देखि स्थानीयसँग सहकार्य सम्म ?

हेमन्त न्यौपाने जाजरकोट (रासस) छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ । यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ । निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ तस्कारी मौलाउने गरेको हो । तस्करहरुलाई हतियार बुझाउन जिल्ला प्रहरी कार्यालय डोल्पाले वर्षेनी सार्वजनिक सूचना प्रकाशित गर्ने गरे पनि अटेर गर्ने गरेका छन् । अहिले भने उनीहरु निकुञ्जको कडा अनुगमनमा परेका छन् । पछिल्लो तथ्याङ्कअनुसार यहाँ तस्करीमा संलग्न रहेकाबाट ७० थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, १० थान इन्सास राइफलका गोली निकुञ्जले कब्जामा लिएको छ । पहिले … Continue reading एक वर्षमै भारी प्रगती – निकुन्जलाई प्रगतीशिल बनाउन हिउँमा गस्ती देखि स्थानीयसँग सहकार्य सम्म ?