लकडाउनमा गीतकार ः कोरोनाको त्रासमा पनि सिर्जना

गीतकार एसपी कोइराला आफूलाई लकडाउनको लक्ष्मणरेखाभित्रको एउटा अभिशप्त यात्रामा आफूलाई पाउँछन् । बाघ, हात्ती, गैँडाजस्ता वन्यजन्तुलाई तह लगाउने मान्छेलाई आँखाले देख्न नसकिने भाइरसले रन्थन्याइरहेको रहेको उनी बताउँछन् । ‘त्यही भाइरसले मानिसलाई भूमिगत जीवन जिउन सिकाइरहेको छ,’ कोइराला भन्छन्, ‘हाम्रो पुस्ता भनेको यो युगकै अन्तिम संस्करण हो, जसले आफ्नो छोटो जीवनकालमा यति धेरै देख्न, भोग्न र अनुभव गर्न पायो ।’ बिहान उठ्नासाथ घरभित्रै एक घन्टा योग र शारीरिक व्यायाम गरेर उनको दिनचर्या आरम्भ हुन्छ । अर्को एक घन्टा नित्य पूजापाठपछि मर्निङवाक गर्छन्, तर आफ्नै आँगनमा फनफनी घुमेर । साँझपख फेरि त्यसै गरेर १० किलोमिटर पुर्‍याउँछन्, उनी । साथीभाइ र शुभचिन्तकहरूसँग फोनवार्ता … Continue reading लकडाउनमा गीतकार ः कोरोनाको त्रासमा पनि सिर्जना