लोकमानको किचन क्याबिनेट सदस्य गुप्तचरका प्रमुख , यीनलाई कहिले हुन्छ कार्वाही ?

काठमाडौं–सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुख हाल दिलीप रेग्मी छन् । आफूभन्दा चार वर्ष सिनियर तत्कालीन डिआईजी देवराज भट्टलाई पछि पार्दै उनी एक नम्बरमा गुप्तचरको एआईजीमा बढुवा भए ।

 

तत्कालिन नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला पर्वत स्थायी घर भएका रेग्मी (जो कांग्रेस पृष्ठभूमीका थिए) एक नम्बरमा एआईजी हुदै पछि संगठनको प्रमुखसम्म बने । रोचक त के छ भने हाल अवकास भइसकेका देवराज भट्ट पनि कांग्रेस पृष्ठभूमीकै भएपनि उनलाई कोइराला निकटका सल्लाहकारले भट्ट देउवा नजिकको भनेपछि रेग्मीले गुप्तरको प्रमुख हात पारेका थिए ।

 

उनले कोइराला मात्र होइन्, एमालेका नेताहरु र तत्कालिन गृहमन्त्री बामदेव गौतमलाई पनि ब्यवसायी दिपक भट्टमार्फत च्यानल मिलाए । त्यतिमात्र होइन बामदेव गौतमको नजिक बसेर गुप्तचरमा चलखेल गर्ने पूर्व आईजिपी देवीराम शर्मा पनि उनलाई बनाउन लविङमा लागे ।

गुप्तचरको प्रमुख नियुक्तिमा अघिल्लो दिन राति पाण्डे थरका ब्यापारी रेग्मीसहित मन्त्री निवास पुल्चोक पुगेपछि दोस्रो दिनको मन्त्रिपरिषद्को बैठकले उनलाई गुप्तचरको प्रमुखमा नियुक्ति  गरियो । रेग्मीलाई गुप्तचरको प्रमुख बनाउन लबिङ गर्नेको सूची निकै लामो छ । जसमा अधिकांश विवादास्पद ब्यापारीहरु छन् ।

 

विडम्बना भन्ने कि नया अभ्यास, जे भएपनि गुप्तचरले यस्तो प्रमुख पायो जो लेखा क्षेत्रको विज्ञ हुन्, अर्थात एकाउटेण्ट भएर करिब २० बर्ष काम गरेको अनुभव नै उनका लागि प्रमुखको कुर्सी हत्याउने योग्यता भयो ।

 

 

रेग्मीसंग गुप्तचरमा जागिर खाएर एक वर्ष जिल्ला बसेको अनुभवबाहेक अरु कुनै अनुभव नभएपनि संगठनको प्रमुखसम्म बन्ने बाटो भने त्यही योग्यताले खुल्यो । सशस्त्र प्रहरीमा तत्कालीन आईजिपी कोषराज वन्त प्राविधिक पृष्ठभूमीका थिए भने यता गुप्तचरमा लेखा पृष्ठभूमीका संगठन प्रमुख बने । सुरुमा वन्तसंग  हिसाब मिल्दासम्म कार्कीले उनलाई जोगाएर राखेका थिए । जुन दिन हिसाब बिग्रियो, त्यही दिन वन्तलाई कार्कीले मुद्धा चलाए र उनी पदमुक्त भए ।

 

तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल (जसको अख्तियारमा मुद्धा थियो र हाल उनी अख्तियारमा बयान दिइरहेका छन् ।) र रेग्मी दुबै तत्कालीन अख्तियार प्रमुख कार्कीप्रति बफादार थिए ।  रेग्मी र अर्याल दुवैजना कार्कीका सहयोगी थिए । उनीहरु सरकार र राजनीतिक नेतृत्वस“ग भन्दा बढी बफादार कार्कीस“ग थिए भन्ने प्रमाण हामी तल प्रस्तुत गर्ने नै छौ ।

लोकमानसंगको ‘कनेक्सन’

लोकमानसिंह कार्कीले अख्तियार प्रमुख हुदा केही जायज कदम चाले । तर, अधिकांश भने प्रतिशोधका कारण उनले मुद्धा चलाए र कतिपयलाई निलम्बनसम्म गरे । यसका पछाडि सूचना उपलब्ध गराउने काम थियो गुप्तचर प्रमुख रेग्मीको ।  कार्यक्षमता कमजोर भएको भनेर चिनिएका रेग्मीले पद बचाउन हदैसम्मको घृणित काम गरे ।

 

 

उनले अख्तियार प्रमुखलाई खुसी बनाउन हालकै गृहमन्त्री जनार्दन शर्मादेखि सबै प्रभावशाली नेताहरुको व्यक्तिगत विवरण समेत अख्तियार बुझाए । कान्तिपुरको सह—प्रकाशन नेपाल साप्ताहिककले रेग्मीले कार्कीलाई बुझाएको पत्र समेत सार्वजनिक ग¥यो ।

उनले कार्कीलाई लेखेको पत्रमा यस्तो उल्लेख थियो, ‘माननीय प्रमुख आयुक्तज्यूबाट निर्देशन भएबमोजिम विभिन्न राजनीतिक दलका प्रमुख नेता तथा कार्यकर्ताहरू ४२ जना, उच्च पदस्थ अवकाशप्राप्त कर्मचारीहरू ३८ जना, वर्तमान सचिवज्यूहरूलगायत उच्च पदस्थ सरकारी राष्ट्रसेवक कर्मचारीहरू ६२ जना, बहालवाला एवं अवकाशप्राप्त सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूबाट ५३ जनासमेत गरी १ सय ९५ जनाको व्यक्तिगत एवं आर्थिक विवरण संकलन गरी श्रीमान समक्ष पठाएको छु । ४ सय ६ पानासहितको उक्त विवरण सम्बोधित व्यक्ति (माननीय प्रमुख आयुक्तज्यू)ले मात्र प्राप्त गर्ने गरी हातोहात पठाइएको ब्यहोरा समेत जाहेर गर्दछु ।’

रेग्मीलाई सम्पति जाचबुझ आयोगकै शैलीमा अनुसन्धानको जिम्मा दिएका कार्कीले कतिपय नेताहरुको नामसूची छुट्टै समेत पठाएका थिए । रेग्मीले डीएसपी कुमार खड्काको नेतृत्वमा ६ जनाको टोली परिचालन गरेर सबैको बिवरण संकलन गरेको गुप्तचर स्रोतको दाबी छ । रेग्मीले गत वर्षको १० असोजमा पठाएको पत्र सार्वजनिक भएपछि उनीमाथि कुनै पनि कारवाही भएन् ।

लोकमानसिंह कार्कीको बर्खास्तीपछि उनकै किचेन क्याबिनेटका रहेका गोपाल खड्का र चुडामणि शर्मामाथि कार्वाही भएपनि रेग्मी भने अझै खुलेआम हिडिरहेका छन् ।  कार्कीको किचेन क्याबिनेटका अर्को सल्लाहकार अवकासप्राप्त प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललाई भने हाल अख्तियारले बयान लिइरहेको छ ।

अख्तियार स्रोतले दिएको जानकारीअनुसार रेग्मीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, सभासद्समेत रहेकी प्रधानमन्त्री पत्नी आरजु देउवा, माओवादी केन्द्रका नेताहरु बर्षमान पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मा, महेन्द्र शाही, एमाले अध्यक्ष  केपी शर्मा ओली, नेताहरु सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डेलगायतको ब्यक्तिगत विवरण कार्कीलाई बुझाएका थिए ।

प्रभाकरको ‘ब्याकफायर’
यी तिनै गुप्तचर प्रमुख थिए । जसले लोकमानको ज्युहजुरी गर्दै जनार्दन शर्माको समेत आर्थिक विवरण अख्तियारमा बुझाएका थिए । रोचक त के भने अहिले तिनै शर्मा अहिले उनको विभाग हेर्ने मन्त्रालयका मन्त्री छन् । अहिले गृहमन्त्रीस“ग पनि रेग्मीको सम्बन्ध चिसिएको छ ।

शर्मा गृहमन्त्रीमा नियुक्त भएपछि गुप्तचर प्रमुखलाई विभागको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएपनि करिब एक सय दिन बितिसक्दा समेत परिणाम राम्रो नआएपछि गृहमन्त्रीले उनलाई भेट्न छोडेका छन् । मन्त्री निकट स्रोतकाअनुसार मन्त्री शर्माले परिणाम देखिने गरी काम गर्न निर्देशन दिएपछि उनले प्रधानमन्त्री पत्नी आरजूलाई दैनिक रिपोर्टिङ गरिरहेका छन् ।

शक्तिकेन्द्र सजिलै पत्ता लगाउन सक्ने रेग्मीले पछिल्लो समय टिसिएनमा जिएम रहेका रामचन्द्र भट्टलाई लिएर प्रधानमन्त्री देउवाकोमा पुग्ने गरेका छन् । उनले मन्त्री शर्मालाई सन्तुलनमा राख्ने भन्दै शर्मा निकट नेता भनेर चिनिएका अछामका युवा नेता दिपक साउदलाई भेटने गरेका छन् ।

‘मन्त्री शर्माकोमा कहिलेकाहि उहाले १५ दिन पनि समय पाउनुहुन्न, मन्त्रीज्यूले केही काम नभई किन भेट्ने भन्ने गर्नुभएको छ,’ मन्त्रीको सचिवालयमा कार्यरत एक जना पिएले काठमाडौंपाटीसंगभने ।

मन्त्री शर्माले उनलाई गूप्तचरको नामअनुसार काम नभएको भन्दै उनलाई कार्यक्षमता सुदृढ गर्न पटक–पटक चेतावनी दिएपनि  रेग्मीले भने गुप्तचरकै एक एसएसपीसंग मन्त्री शर्माले आफुलाई हटाउने नाममा पैसाको बार्गेनिङ गर्न खोजेको भन्दै आफुले मिलाइसकेको दाबी गर्ने गरेका छन् ।





error: Content is protected !!