३२ जिल्लामा मंसिर १० र ४५ जिल्लामा मंसिर २१ गते एकैपटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन
३२ जिल्लामा पहिलो चरण र ४५ जिल्लामा दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्ने निर्वाचन आयोगको निर्णय
निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । भौगोलिक अनुकूलतालाई आधार मानेर पहिलो चरणमा हिमाली एवं उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा मंसिर १० गते निर्वाचन हुने भएको छ । दोस्रो चरणमा पहाडी तथा तराई क्षेत्रका ४५ जिल्लामा मंसिर २१ गते एकैपटक निर्वाचन गर्ने आयोगले निर्णय गरेको छ ।
सरकारलाई निर्वाचन आयोगका ७ निर्देशन
१। सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष एवं सर्वसञ्चित कोषबाट खर्च हुने र सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्ने ।
२। युएन, सार्कलगायतका अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनहरूमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्नेबाहेक अन्य वैदेशिक भ्रमणमा रोक लगाउने । राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनुपरे आयोगबाट स्वीकृत लिनुपर्ने।
३। कर्मचारीहरूको सरुवा र काज सरुवा नगर्ने ।
४। प्राकृतिक प्रकोप वा अकल्पनीय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयहरूमा वा राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन गर्दा आयोगबाट पूर्वस्वीकृति लिनेबाहेक अन्य अवस्थामा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन सहमति माग नगर्ने ।
५। राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्दा निर्वाचन प्रचारप्रसारबाहेकका सरकारी काममा मात्र सवारीसाधन प्रयोग गर्ने।
६। प्रधानमन्त्रीले हेलिकोप्टर प्रयोग गर्दा आयोगबाट स्वीकृति लिनुपर्ने । मन्त्री तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी काममा हेलिकोप्टर प्रयोग नगर्ने । साथै निजी हेलिकोप्टर प्रयोग गर्नुपर्दा आयोगको पूर्वसहमति लिएर मात्र प्रयोग गर्ने ।
७। १४ भदौबाट निर्वाचन आचारसंहिता लागू भएकाले आचारसंहिताको पूर्ण रूपले परिपालना गर्ने र गराउने ।
क्षेत्र निर्धारणप्रति दलहरूको प्रतिक्रिया
रामचन्द्र पौडेल, नेता, कांग्रेस
क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पूरै अध्ययन गर्न पाएको छैन । मापदण्डमै आधारित रहेर बनाएको होला । असन्तुष्टि हुनुपर्ने कारण छैन । तर, जिल्ला–जिल्लाबाट गाउँ, नगरपालिकाका वडाहरू मिलाइएन भनेर गुनासो आइरहेको छ ।
पम्फा भुसाल, प्रवक्ता, माओवादी केन्द्र
प्रतिवेदन गहन रूपमा अध्ययन गरेका छैनौँ, विस्तृत अध्ययन गरेपछि भएका केही कमीकमजोरी भन्न सकिन्छ । तर, आयोगको प्रतिवेदन तुलनात्मक रूपमा ठिकै छ । प्रतिवेदन समयमै बुझाएकाले निर्वाचन हुने वातावरण बनेको छ ।
कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य, एमाले
हामीले औपचारिक प्रतिक्रिया जनाइसकेका थियौँ, तर आयोगले ठीक उल्टो काम गर्यो । ९०५ जनसंख्या र १०५ मात्रै भूगोललाई आधार मानेर निर्धारण गरिएकोमा हाम्रो असहमति छ, तैपनि हामी चिन्तित छैनौँ । हामी चुनावको पक्षमा छौँ ।
केशव झा, महामन्त्री, राजपा
जनसंख्यालाई मुख्य आधार नबनाउँदा तराईमा पहिलाभन्दा क्षेत्रको कुल प्रतिशत कम भएको छ । २४० निर्वाचन क्षेत्रमा ११६ अर्थात् ४८५ भए पनि अहिले ४७५ मात्रै भएको छ । तर, पनि अहिले आपत्ति जनाइहाल्नुपर्ने अवस्था भने छैन ।
दलहरूको प्रदेश नं। २ को स्थानीय निर्वाचन तयारी कस्तो छ
तालमेलकै पक्षका कांग्रेस
कांग्रेसले प्रदेश नम्बर २ को निर्वाचनमा पनि एमालेबाहेकका दलसँग तालमेल गर्ने भएको छ । बिहीबार धनगढी पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी तालमेलको पक्षमा रहेको बताए । ‘सल्लाह भइरहेको छ, आवश्यकता हेरेर तालमेल हुन सक्छ,’ उनले पत्रकारसँग भने ।
कांग्रेसले आनन्दप्रसाद ढुंगानालाई र माओवादी केन्द्रले मातृका यादवलाई चुनावी तालमेल गर्न सकिने तहको अध्ययनका लागि खटाएको
छ । यसअघि नेता विमलेन्द्र निधिले पूर्व–पश्चिम राजमार्गछेउका २० वटा तहमा माओवादीसहितका दलसँग तालमेल गर्दा कांग्रेसले प्रदेश नम्बर २ मा पहिलो हुने प्रतिवेदन पार्टीलाई बुझाएका थिए ।
एमालेले टुंग्यायो ९८ प्रतिशत उम्मेदवार
एमालेले प्रदेश नं। २ का ९८ प्रतिशत स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलले सिमरा–जितपुर, कलैया उपमहानगरपालिका, जनकपुर महानगरपालिका र धनुषाका केही स्थानीय तहबाहेक आठवटै जिल्लाका उम्मेदवारको टुंगो लागिसकेको बताए । एमालेले कांग्रेसबाहेकका राजनीतिक दलसँग तालमेलका लागि ढोका खुलै राखेको छ ।
तालमेलको छलफलमै माओवादी
माओवादी केन्द्रले अन्य दलसँग चुनावी तालमेलका कारण उम्मेदवार घोषणामा ढिलाइ गरेको छ । मनोनयन गर्न ६ दिन मात्र बाँकी छँदा माओवादी उम्मेदवार चयनकै छलफलमा छ । माओवादीले १३६ तह एक्लै जित्न नसक्ने भएकाले तालमेलको पखाईमा बसेको इन्चार्ज मातृका यादवले बताए । अन्य दलसँग चुनावी तालमेलका लागि विषयमा छलफल भइरहेको यादवले बताए ।
राजपाले आइतबारसम्म उम्मेदवार टुंगो लगाउने
राजपाले आइतबारसम्म उम्मेदवार टुंंगो लगाउने भएको छ । पार्टीको उच्चस्तरीय उम्मेदवार छनोट समितिले जिल्लाबाट आएका आकांक्षीको नाममा छलफल गर्दै छ । एउटै पदमा ३० जनासम्म आकांक्षी देखिएपछि टुंगो लगाउन समस्या देखिएको छ ।
लोकतान्त्रिक फोरमले आइतबार टुंग्याउने
राप्रपाले शुक्रबारसम्म उम्मेदवार टुंग्याइसक्ने
संघीय समाजवादी फोरमले पनि आइतबार टुंग्याउने
राप्रपा प्रजातान्त्रिकले जनता दलसँग तालमेल गर्ने