आगामी आवको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोड (पुर्ण पाठ )

काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री डा युवराज खतिवडा बिहीबार आव २०७७÷०७८ को आयव्ययको अनुमान संघीय संसदमा प्रस्तुत गर्नुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ ः सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताउनुभयो । गत वर्ष चालू आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाखको बजेट पेश भएको थियो । आगामी आवको बजेटको आकार चालू आवका लागि निर्धारण गरिएको भन्दा रु ५८ अर्बले कम हो ।

कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ २३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतशत छ ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब ७२ अर्ब ७५ करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट रु दुई खबै ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताउनुभयो । यसैगरी आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ । रास

Click to access %E0%A4%AC%E0%A4%9C%E0%A5%87%E0%A4%9F_%E0%A4%B5%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B5%E0%A5%8D%E0%A4%AF_%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD_website.pdf

Click to access %E0%A4%AC%E0%A4%9C%E0%A5%87%E0%A4%9F_%E0%A4%B5%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B5%E0%A5%8D%E0%A4%AF_%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD_website.pdf





error: Content is protected !!