‘मलाई कसैको श्रीमान चाहिँदैन, मेरो आफ्नै सुन्दर पति छन्’

एजेन्सी । बलिउड नायिका सन्नी लियोन बोल्ड सीनका कारण मात्र नभइ निडर बयानको कारण पनि निकै चर्चामा छन् । उनी प्रायः बलिउड चलचित्र तथा समाजको सोचलाई लिएर विभिन्न धारणा व्यक्त गरिरहेकी हुन्छिन् । उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छ ।

पूर्व पोर्न स्टार भएकाले उनलाई धेरैले विभिन्न प्रकारले आलोचना पनि गर्ने गर्छन् । उनले एक अन्तरवार्तामा भनेकी छन्, ‘जब मैले पहिलो पटक न्यूड मोडलको तस्बिर देखेँ तब मलाई निकै सुन्दर र सेक्सी लागेको थियो ।’

उनलाई धेरैले भारतमा ‘पोनोग्राफी’ बढाउन जिम्मेवार भएकोसमेत आरोप लगाउँछन् । जसको कारण श्रीमान–श्रीमतीबीच पनि झैझगडा हुने गरेको बताउँछन् । त्यस्तो आरोपको पनि सन्नी लियोनले जवाफ दिएकी थिइन् ।

उनले भनेकी छन्, ‘सबै महिलाहरु १ मलाई कसैको पनि श्रीमान चाहिँदैन । मसँग निकै राम्रो र मलाई धेरै माया गर्ने सुन्दर श्रीमान छन् ।’ यस्तै, सनी लियोनले न्यूड महिलालाई अश्लिल मान्न नहुने बताएकी छन् । उनले आफ्नो करियरको सुरुवातमा न्यूड मोडललाई देख्दा निकै सुन्दर लागेको बताएकी छन् ।





error: Content is protected !!