आठविसकोटले १० दिनमा १२ शैयाको आइसोलेसन कक्ष बनाउँदै

डिल्लीराज विश्वकर्मा
रुकुम पश्चिम ः जिल्लाको आठविसकोट नगरपालिकामा –१२ शैयाको आइसोलेसन कक्ष स्थापनाका लागि धमाधम काम भैरहेका छ ।
१२ शैयाको आइसोलेसन कक्ष स्थापना गर्न १० दिनमै भवन निर्माणको काम सम्पन्न गर्ने गरी रातदिन काम भैरहेको नगर प्रमुख गोरखबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड –१९) को जोखिमलाई मध्यनजर गरी गरी नगरपालिकाले १२ वेडको आइसोलेसन कक्ष स्थापना गर्न लागेको हो ।
कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखा परेका विरामी लगाएत अन्य कुनै पनि सरुवा रोगका विरामीहरुलाई अलग्गै राखेर उपचार गर्नका लागि आइसोलेसन कक्ष स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । १० दिन भित्रै सुविधा युक्त भवन निर्माण गर्ने गरी काम भैरहेको नगर प्रमुख केसीले दाबी गर्नुभयो ।
वडा नम्बर ९ स्थित आठविसकोट नगर अस्पताल नजिकै अहिले भवन निर्माणको काम धमाधम भैरहेको छ । काम छिटो सम्पन्न गर्नका लागि राती दिन काम भैरहेको उहाँको भनाई छ । भवन निर्माणमा अहिले दैनिक ३२ जना श्रमीकहरु काममा खटिएका छन ।
भवन निर्माणका लागि आवश्यक सामग्री पनि ल्याउने क्रम जारी छ । आज मात्रै १७ हजार इट्टा आइपुगेको निर्माणको जिम्मा लिनुभएका भीमराज केसीले बताउनुभयो । भवन निर्माणका लागी करिव ५० हजार इट्टाको आवश्यक्ता पर्ने उहाँले जानकारी दिनुभयो । थप सामग्री पनि तत्कालै ल्याउने र टार्गेट अनुसार निर्माण सम्पन्न तिब्र गतिमा काम भैरहेको उहाँको भनाई छ ।
यसै बीच नगर प्रमुख केसीले कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागि तिब्र रुपमा तयारी भैरहेको बताउनुभएको छ । अहिले निर्माण गर्न लागिएको आइसोलेसन कोरोनाका विरामी मात्र नभई सबै प्रकारका विरामीहरुको उपचारका लागि प्रयोग हुने उहाँले बताउनुभयो ।
सरुवा रोगका विरामीहरुलाई अलग्गै राखेर उपचार गर्न सजिलो होस भनी स्थायी रुपमा आइसोलेसन कक्ष स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।





error: Content is protected !!