चार जनाको स्वाब संकलन

जाजरकोट ः जाजरकोटमा ४ जनाको स्वाब संकलन गरीएको छ ।  सदरमुकाम स्थित भेरी नगरपालिका –३ त्रिभुवन माविको क्वारेन्टाईनमा बसेका र अन्य होम क्वारेन्टाईनमा बसेकोहरुको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बेलुकी सम्म जाजरकोटमा मात्र बाँकी ५ जनाको पनि स्वाब लिने लक्ष्य रहेको उहाँको भनाई छ ।
आज बेलुकी सम्म सवै नमुना लिएर सुर्खेत स्थित प्रयोगशालामा जाँचका लागि पुर्याईने छ । नमुना लिएका सवै विदेशबाट आएका हुन् ।





error: Content is protected !!