घण्टौं तरकारी बोकेर ग्राहक खोज्दै कृषक

नन्दा शाही
जाजरकोट ः कोरोना भाईरस ( कोभिड –१९) को त्रासका कारण सरकारले ‘ लक डाउन’ गर्दा सार्वजानिक यातायात सञ्चालन नहुँदा तरकारी ढुवानीमा समस्य भएको छ ।

यातायात सञ्चालन ठप्प सँगै भेरी नगरपालिका –१ कालेगाउँका कृषकहरु डोकाभरी तरकारी बोकेर ३ दिनको फरकमा सदरमुकाम पुग्ने गरेका छन् ।

यातायातका साधनहरु सञ्चालन नभएका कारण यहाँका कृषकहरु थोप्लोमा नाम्लोको सहारामा पिठ्यूमा आफ्नो तौल भन्दा बढी हरिया तरकारी बोकेर घण्टौ हिडी सदरमुकाम पुग्ने गरेका हुँन् । सदरमुकाममा विहानै आएर ९ बजे भित्र फर्कनुपर्ने कालेगाउँका कृषकहरु बाध्यता रहेको छ । ९ बजे पछि स्थानीय प्रशासनले आवतजावतमा गर्न निकै कडा गर्ने भएकाले उनीहरु सो समय भित्र तरकारी विक्री गरेर फर्कनु परेको हो ।

कोरोना भाईरसको संक्रमण नहुँदै गाडीमा राखेर सदरमुकाम तथा देशका अन्य ठाउँमा तरकारी ढुवानी गदै आएकोमा अहिले जिल्ला बाहिरमा ढुवानीको काम ठप्प भएको छ । आफ्नै गाडी नभएका कृषकहरु सर्वजानिक यातायातका साधनबाट तरकारी देशका बिभिन्न ठाउँमा पुर्याउदै आएको कृषक दलबहादुर खत्रीले बताउनुभयो ।

‘लक डाउन’ का कारण सवै उत्पादित तरकारी बजार सम्म पुर्याउन नसकेको खत्रीको भनाई छ । त्यस्तै मेटलाका कृषकहरुले् समेत तरकारी बजार सम्म लिन सकेका छैनन् । आफै बोकेर तरकारी लिन नसक्दा आर्थिक रुपमा हाँनी भएको कृषक कृष्ण थापाले बताउनुभयो ।

सार्वजानिक यातायातका साधनमा तरकारी ढुवानी गरी विक्री गदै आएका कृषकहरुलाई समस्य हुँदै आएको छ । मानिसले बोकेर लिएको तरकारीले खासै अर्थ नराख्ने कृषकहरुको भनाई छ । बारीमा भारी मात्रामा हरिया तरकारी लटरम्म फलेपनि बजार सम्म पुर्याउन नसक्दा दुख खेर गएको कृषकहरुको पिरलो छ ।

सदरमुकामको पसलहरु बन्द भएकाले कृषकहरु घर देखि बोकेर तरकारी विक्रीका लागि घर ,घर पुग्ने गरेको अर्का कृषक उत्तर खत्रीले जानकारी दिनुभयो । उकालो बाटोमा तरकारी बोक्न निकै समस्य हुँने गरेको छ ।

डेरी बन्द

जिल्लाको एक मात्र दुध डेरी दुध नहँदा बन्द भएको छ । दुध ल्याउन समस्य भएको भन्दै कृषकहरुले ढुवानी बन्द गरेपछि डेरी दुध विहिन भएको हो । गाउँ , गाउँबाट बोकेर दुध ल्याउन चुनौती भएपछि डेरीमा दुध आउन नसकेको हो । डेरी बन्द भएसँगै सदरमुकाममा दुध आपुर्तीमा समस्य देखिएको हो ।

आज विहान ५ बजे दुधका लागि दर्जनौ सर्वसाधारण दुधका लागि डेरी पुगेपनि रितो हात फर्कनु परेको भेरी नगरपालिका –३ का गणेस थापाले बताउनुभयो । उहाँले भन्नुभयो , “ विहानै दुध ल्याउन डेरी गएको थियौँ , डेरी खुल्ला छ तर दुध नहुदा म लगयात धेरै व्यक्ति रित्तो हात फर्केर आऔँ । ”


डेरीमा सम्म दुध ल्याउन कृषकहरु असमर्थ भएसँगै यहाँका दुई दर्जन कृषकको दुध घरकै थन्किएको छ । कोरोनाको त्रास जततातै बढेपछि दुध बजार सम्म नआउदा डेरी बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक गीता ओली भनाई छ ।

घरबाट सिधै घर ,घरमा ल्याएर विक्री गर्ने दुध र दही आईरहेको भेरी नगरपालिका – ३ कि लिला ओलीले बताउनुभयो । यो पनि कुन बन्द हुन्छ ठेगान नभएको उहाँको भनाई छ ।





error: Content is protected !!