पालिकामा पठाईयो दुईका दरले पीपीई

नन्दा शाही

जाजरकोट , यहाँका सात वटा स्थानीय तह लगाएत स्वास्थ्य सेवा कार्यालयमा न्यून मात्रामा व्यक्तिगत सुरक्षा सामग्री ( पीपीई) सामग्री पठाएको छ ।

कर्णाली प्रदेशले ५० वटा व्यक्तिगत सुरक्षा सामग्री जाजरकोटमा पठाएको थियो । सो सामग्री स्वास्थ्य सेवा कार्यालयले सात बटा स्थानीय तहमा दुई वटाका दरले १४ वटा पठाएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले जानकारी दिनुभयो । ३६ वटा पीपीई सदरमुकाममा राखिएको राखिएको छ ।

स्वास्थ्य सहायता कक्षमा आवश्यक रहेको आइआर थर्ममिटर जिल्ला अहिले सम्म आउन नसकेको उहाँको भनाई छ । मास्क लगाएर स्वास्थ्य सहायता कक्षमा अहिले स्वास्थ्यकर्मीहरुले ज्वारोको नाप लिईरहेका छन् ।

स्थानीय तहहरुले आफैले व्यवस्थापन गरी औषधी , अन्य सामग्रीहरु खरिद गरेर जाँच कक्षमा सेवा प्रवाह गरिरहेको बताएका छन् ।





error: Content is protected !!