नाकामा पहरा दिन्छन् लिमीवासी

राजन राउत

सिमकोट ः हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।

देशमा जारी लकडाउनबारे काठमाडौँमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले जानकारी दिएका छन् । केही समयअघि वल्र्डलिङ्कको इन्टरनेट सेवाले काम गर्दा देश विदेशको खबर सहजै थाहा पाउने लिमीका बासिन्दा अहिले इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चारविहीन अवस्थामा छन् ।

अहिले नेपाल टेलिकमको एक लाइन भिस्याट फोनबाट यहाँका बासिन्दाले काम चलाइरहेका छन् । त्यही फोनबाट काठमाडौँबाट आफन्तले कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन भएको जानकारी दिएलगत्तै लिमी उपत्यका प्रवेश गर्ने सबै नाका स्थानीयवासीले बन्द गरेका छन् । लकडाउन भएको पाँचौँ दिनमा मात्र थाहा पाएको बताउँदै नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँका अध्यक्ष पाल्जोर तामाङले काठमाडौंँबाट आफन्तको फोन नआएको भए लकडाउनबारे थाहा नहुने बताउनुभयो ।

सो फोन पनि दिनमा पाँच÷सातपटक बिग्रिने समस्याले नयाँ जानकारी पाउन कठिन भएको उहाँले बताउनुभयो । तामाङले लिमीमा लकडाउन छैन तर आउने नाकामा मानिस पालो बसेर कोही गाउँमा छिर्न नपाऊन् भनेर पहरा बस्ने गरिएको छ । सम्भावित कोरोना सङ्क्रमण हुनसक्ने भन्दै वडाको बैठक बसी लिमी प्रवेशका दुईवटै नाका बन्द गर्ने निर्णय गरिएको हो भन्नुभयो ।

उहाँले लिमीमा भारततर्फ व्यापार व्यवसाय गर्न गएका, काठमाडौँमा रहेका र चीनको ताक्लाकोटतर्फ काम गर्न गएका व्यक्ति भित्रिन सक्ने भन्दै नाका बन्द गर्नुपरेको जानकारी दिनुभयो । अहिले पनि लिमीका बासिन्दा कोरोना भाइरसको सङ्क्रमणका बारेमा बेखबर रहेको उहाँले बताउनुभयो ।

उहाँले कुनै पनि सञ्चार माध्यमको प्रभावकारी पहुँच नहुँदा पीडा भोग्नुपरिरहेको बताउनुभयो । लिमीमा अन्यत्रबाट आउने कोही पनि भित्रिन नपाऊन् भनेर फोनमार्फत अध्यक्ष तामाङले सदरमुकाम सिमकोटमा रहेका सञ्चार माध्यमलाई जानकारीसमेत गरेको बत९ाउनुभयो । मङ्सिरबाट चैत महिनासम्म लिमीका बासिन्दा हिमपातका कारण आफैँ पनि लक डाउनमा पर्छन् ।

यो अवधिमा कोही आवतजावत गर्न सक्ने अवस्था पनि छैन । भएको प्रहरी चौकी पनि कात्तिक महिनाबाट सिमकोट फर्केको छ । अहिले हेलिकप्टर रिजर्भ गरेर लिमी जानुबाहेक अन्य कुनै विकल्प छैनन् । स्थानीय बासिन्दासँग टेलिभिजन नभएको र रेडियो नसुनिने भएपछि सूचना पाउने माध्यम भनेकै भिस्याट टेलिफोन हो तर त्यो पनि सुन्न कठिन हुन्छ ।

त्यो पनि गतिलोसँंग सुचारु नहँुदा भगवान् भरोसे बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन्  गोरखापमा खवर छ ।





error: Content is protected !!