कोरोनाबाट जोगिन  किन गाउँ ताक्छन् सर्वसाधारणहरु ?

हेमन्त केसी

जाजरकोट , कोरोना भाईरसको जोखिमका कारण लक डाउन  भएको  समयमा देशका बिभिन्न ठाउँबाट गाउँमा आउने मानिसको संख्य दैनिक थपिरहेको छ ।

 जुन ठाउँमा रहेपनि सोही ठाउँमा सुक्षित बस्नुपर्ने भएपनि अधिकांश मानिसहरु गाउँ नै ताकिरहेका छन् । भेरी नगरपालिका – ३ का खड्क थापा लक डाउउनको समय सुरु हुँन वितिकै हतार , हतार परिवार सहित घर जानुभयो ।

नलगाड नगरपालिका – ४ घर भएका थापा लामो समय पछि घरका आफन्तसँग भेटघाट पनि भएको बताउनुहुन्छ । सदरमुकाममा व्यापार गदै आएका थापालाई लक डाउनले नै घरका आफन्त भेटने समय जुराएको छ । उहाँ जस्तै विगत ४ वर्ष देखि बीरेन्द्रनगर सुर्खेत बस्दै आएका जुनिचाँदे गाउँपालिका – ६ का प्रभात खड्का परिवार सहित गाउँ पुगेका छन् ।

 ५ जनाको परिवार लिएर १२ चैतमा उहाँ गाउँ पुगेको बताउनुभयो । उहाँले भन्नुभयो , “ बीरेन्द्रनगरमा हो हल्ला र धेरै जनसम्पर्क हुँने भएकाले एकान्तका लागि गाउँ आएको हुँ , यहाँ आएदेखि सकैसँग पनि भेट भएको छैन , फोनमा हालखवर बुझने सम्मका काम भएका छन् । ”  नलगाड बहुमुखी क्याम्पस नलगाड नगरपालिका दल्लीका प्रमुख कालीबहादुर पुन क्याम्पस बन्द भएपछि घर मात्र वस्नु भएको छैन ।

उहाँले घरका सवै परिवार जम्म गरेर  ८५ रोपनीमा लगाएको प्याज खेती गोडमेलमा लागेको तस्वीर सामाजिक सञ्जालमा सार्वजानिक गर्नुभएको छ । उहाँले लेख्नुभएको छ , “ अर्गानिक खेतीको गोडमेलसँगै सवै परिवारसँग भेटघाट भएको छ  , एक आपसमा आपसी सम्वन्ध प्रगाढ हुँनुका साथै माया, ममता थपिएको छ । ” अहिले हतार , हतार गाउँ गएकाहरु घरियासी काममा व्यस्त भएको तस्वीरहरु सामाजिक सञ्जालमा सावैजानिक गदै अर्गानिक खाना आएको समेत बताएका छन् ।

सदरमुकाम , मुख्य सहरहरुमा सुरक्षा निकायको बाग्लो उपस्थिती मात्र देखिन्छ भने सर्वसाधारणहरु गाउँमा पुगेको जनाउ दिईरहेका छन् । गाउँमा भारतबाट कमाई गरी फर्केकाहरुको निगरानी तथा सूचना दिने काम व्यापक भएको छ । बाख्रा , भैंसी , गाई , गोरु लगाएतका पशुचौपायहरु समेतलाई घरमै घाँस खुवाएर र केहीले जंगलमा लिएर आहारा उपलव्ध गराएको जानकारी आईरहेका छन् । स्थानीय सरकारले वडा तहमा नै कोरोना जोखिमबाट जोगिनका लागि समिति गठन पछि निगरानी समेत व्यापक बनाएको छ ।

त्यस्तै डोल्पाबाट पढ्न गएका र अन्य कामका लागि जिल्ला बाहिर बस्दै आएका सयौँ मानिसहरु घर पुगेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । शुक्रबार मात्र जाजरकोटमा अलपत्र परेका डोल्पा १४० भन्दा बढी सर्वसाधारणलाई सुरक्षित तरिकाले डोल्पा पठाएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार ७० जना भन्दा बढी जाजरकोट आएर सेफ क्वारेन्टाईनमा राखिएको छ ।

गाउँ , गाउँमा माईकिङ

स्थानीय सरकारले वडा , वडामा भारतबाट आएका मानिसहरुको सूचना दिन माईकिङ जारी राखेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गरी माईकिङ मार्फत कोरोनाबाट जोगिन र जोगाउन प्रचारप्रसारलाई तिव्रता दिईएको छ । जुनिचाँदे गाउँपालिकामा औषधी अभाव भएकाले त्यसतर्फ  स्वास्थ्य सेवा कार्यालयबाटबाट औषधी पठाएको छ ।  बारेकोट गाउँपालिकाका स्वास्थ्यकर्मीहरु गाउँ , गाउँमा काईकिङ गरिरहेका छन् ।

 रुकुम पश्चिमका सवै स्थानीय तहले जिल्लाका सवै स्थानीय तह मार्फत विदेशबाट आएकाहरुको लागत संकलन कार्य जारी राखेको आठविसकोट नगरपालिकाका नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । चौरजहारी नगरपालिकाले दैनिक स्वास्थ्य जाँच भएको तथ्यांक सार्वजानिक गदै आएको छ ।

जाजरकोट , रुकुम पश्चिम र सल्यानका लागि कर्णाली प्रदेश सरकारले चौरजहारी स्थित चौरजहारी सामुदायिक  अस्पलातलाई कोरोना संक्रमित भएका विरामीको उपचारका लागि स्थान तोकेको छ । सो ठाउँमा सरकारले रु ५० लाख रुपैयाँ समेत सहयोग गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यकर्मी बनाए ब्यक्तिगत सुरक्षा उपकरण

स्वास्थ्य सेवा कार्यालय डोल्पाका स्वास्थ्यकर्मीले ब्यक्तिगत सुरक्षा उपकरण आफै बनाएका छन । बिरामीलाइ उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) निर्माण गरेका हुन ।

कोरोना भाइरस (कोभिट– १९)ले देश लकडाउन भएको र स्वास्थ्य बिभागले ब्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) समयमा उपलब्ध नगराए पछि जिल्ला अस्पतालका डाक्टरहरुले बजारकै प्लाष्ट्रिकबाट आफै निर्माण गरेर प्रयोगमा ल्याएको  प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार डाक्टरहरुले ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) बनाएर नमुना जिल्ला प्रशासनमा पठाएको र अब बजारबाट प्लाष्ट्रिक किनेर नेपाल आर्मीले सिलाएको बताउनुभयो  ।

पहिलो पटक डाक्टरले ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पाँच थान निर्माण गरेर प्रयोग गरेका छन् तर कति प्रभाबकारी भन्नेबारे भने भन्न नसकिने स्वास्थ्य सेवा कार्यालयका डाक्टर सिजन रावलले जानकारी दिनुभयो  ।

रावलले भन्नुभयो , “आपतकालिन बेलामा यति सम्म भएपनि सुरक्षित हुनेछन नहुनु भन्दा थोरै भएपनि सुरक्षाको अनुभुति हुनेछ माथिबाट सरकारले उपलब्ध गराउने बेला सम्म यिनै उपकरण प्रयोग गर्ने तयारीमा छौ ।”

बिरामीको चाप बढदो छ , औषधी केही मात्रै छ  ,जनशक्तिको अभाब रहेको छ डाक्टर छन् तर स्टाफर्नसको कमी रहेको छ डाक्टर सिजन रावलले दुखेसो पोख्नुभयो  । उहाँले थप्नुभयो , “ हामीसँग जनशक्ति थोरै छ उपकरणहरु पनि छैनन बिद्युतको समस्या छ निकै दुखदायी अबस्थामा काम गरि रहेका छौ ।”

ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) कम्तीमा पनि १५ देखी २० थान सम्म निर्माण गरेर अस्पताल,आइसोलेशन कक्ष र क्वारेन्टाईनमा खटिने सबै स्वास्थ्यकर्मीहरुलाइ प्रयोग गर्न लगाइ उपचारमा खटाईने  डाक्टर सिजन रावलले बताउनुभयो  ।

यति बेला जिल्ला अस्पतालमा ग्लोब्स,माक्स,बुट लगायतका सामग्रीहरुको भने मौजात निकै कम छ जोखिममा स्वास्थ्यकर्मीले काम गरि रहेका छन ।





error: Content is protected !!