विद्यार्थी देखि क्र्रियापुत्री सम्म नेपालगञ्जमा अलपत्र परेका भन्दै उद्धार गर्न माग

हेमन्त केसी
जाजरकोट , १२ चैत ः क्र्रियापुत्री देखि विद्यार्थीहरु सम्म नेपालगञ्ज लगायतका सहरमा अलपत्र परेको भन्दै उद्धार गर्न माग गरिएको छ ।

पुर्व गृहमन्त्री जर्नादन शर्मा , पुर्व शान्ति तथा पुर्ण निर्माणमन्त्री सत्य पहाडी र प्रदेशसभा सदस्य बीरबहादुर शाहीले तत्काल विद्यार्थी र क्र्रियापुत्री उद्धार गर्न माग गर्नभएको हो ।

कोरोना भाइरस संक्रमणबाट जोगिन र जोगाउनका लागि भन्दै सरकारले मंगलबार देखि लकडाउन गरेपछि क्र्रियापुत्री देखि विद्यार्थी सम्म नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका थिए ।

जहाजको टिकट लिईसकेको अवस्थामा जहाज उडाउन प्रतिवन्ध लगाएपछि विद्यार्थी तथा क्र्रियापुर्ती अलपत्र परेका हुँन् ।
कर्णाली प्रदेश सरकारले समस्यमा परे खवर गर्नु भनेपनि अलपत्र परेकालाई उद्धार गर्न संघीय सरकारले अनुमती नदिदा उद्धार गर्न नसकिएको प्रदेशसभा सदस्य बीरबहादुर शाहीले जानकारी दिनुभयो ।


जाजरकोटका १५ जना , ठुलिभेरी नगरपालिका – ७ का क्र्रियापुत्री धर्मबहादुर खत्री , लक्षु खत्री , धनकुमारी खत्री सहित ६ जना , ठुलिभेरी नगरपालिका –६ माझपालका १२ जना विद्यार्थी , जगदुल्ला गाउँपालिका –५ का ५ जना विद्यार्थी र चिसो छल्न आएका उपल्लो डोल्पाका १५ जना महिलाहरु नेपालगञ्जमा अलपत्र परेको प्रदेशसभा सदस्य शाहीले जानकारी दिनुभयो ।


गाडी तथा हवाई सेवा अवरुद्ध हुँदा आफुहरु समस्यमा परेको टेलिफोन मार्फत क्र्रियापुर्ती धर्मबहादुर खत्रीले जानकारी दिनुभयो ।





error: Content is protected !!