व्यक्तिगत सुरक्षा सामग्री नहुँदा उपचारमै समस्य

हेमन्त केसी
जाजरकोट ,  कोरोना भाईरस (कोभिड–१९) संक्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) नहुँदा चिकित्सकलाई समस्य भएको छ । स्वास्थ्य सेवा कार्यालयमा पुग्ने विरामीको उपचार कार्य पीपीईबिनै उपचारमा खटिनु परेको चिकित्सकहरुको भनाई छ ।

स्वास्थ्य संस्थामा आउने विरामीलाई मास्कमात्रै लगाएर चिकित्सकहरुले जाँच गरिरहेको डाक्टर भुपेन्द्रप्रकास मल्लले जानकारी दिनुभयो । कस्तो खालको विरामी हो , के हो भन्ने एकिन थाहा पाउनका लागि सुरुमा हामी पहिला सुरक्षित हुनुपर्ने हुन्छ तर हामीसँग सुरक्षाको कुनै पनि साधन छैन , डाक्टर मल्लले भन्नुभयो । भगवानको भरोसामा हामीले विरामीहरु हेर्न बाध्य भएको उहाँको भनाई छ ।

 

कोरोना मात्र नभएर अन्य संक्रमणजन्य रोगका बिरामी हेर्ने चिकित्सक पीपीईबिना सुरक्षित नहुँने भएपनि सो सामग्री नहुँदा उपचारमा समस्य भएको उहाँको भनाई छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पीपीई लगाएर मात्र उपचारमा खटिनु पर्दछ । पीपीईले कपालदेखि पैतालासम्म छेक्छ जसका कारण भाइरसलाई छिर्नबाट पूर्ण रूपमा रोक्ने हुँदा मानव शरीरभित्र पस्न नपाउने भएकाले सुरक्षित हुँने डाक्टरहरुको भनाई छ ।

जाजरकोट जिल्ला अस्पतालमा कोभिडका बिरामी राख्न तयार भएको आइसुलोशनमा संक्रमित विरामी आइहाले पीपीई छैन कसरी उपचार गर्ने चिकित्सकहरुको प्रश्न छ ।

स्वास्थ्यकर्मीले विशेष सुरक्षा सामग्री बिनै बिरामी जाँचिरहेका छन् । अस्पतालमा पीपीई भएको अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “बेड छ्ट्याऊ, बिरामी आए उपचार गर भन्ने निर्देशन छ, तर सुरक्षा सामग्री दिइएको छैन , भोलि सयौंको संख्यामा बिरामी आए भने हामीसँग स्रोत , साधन बिना कसरी उपचार गर्ने ? । ”

यता भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले भन्नुभयो , “ हामीसँग पैसा छ , किन्नका लागि सामग्री छैन , सामग्री अत्यन्तै महंगोमा दिन तयार हुन्छन् तर दिन तयार हुँदैन्न ।”त्यस्तै टाढैबाट ज्वारो नाप्नका लागि चाहिने उपकरण नहुँदा अर्को समस्य भएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भन्नुभयो , “आर आर गण , थर्मलगण ल्याउने कामको लागि पहल भईरहेको छ , जुनिचाँदे गाउँपालिकामा औषधी कम भएकोले औषधी खरिदका लागि सवै ठाउँमा सम्पर्क बढाएको छ । ”

जिल्लामा खाना पकाउने ग्यासको अभाव हुँन नदिनका लागि व्यापारी साथीलाई नेपालगञ्ज पठाएको छ , केही समस्य आए खवर गर्न अनुरोध गरेका छौँ उहाँले थप्नुभयो । जिल्लाका सवै ठाउँमा सम्पर्क भईरहेको र अहिले सम्म सवै राम्रो भएको समेत प्रजिअ पन्तले जानकारी दिनुभयो ।

विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने भारतबाट आएकाहरुको खोजी कार्य जारी रहेको जुनिचाँदे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । सवै जनप्रतिनिधि र कर्मचारी मिलेर खोजी कार्य जारी रहेको उहाँको भनाई छ ।

सोमबार नेपालगन्ज बहुमुखी क्याम्पस बाट क्वारेन्टाइन तोडफोड गरी भागेर जाजरकोट आएका भेरी नगरपालिका –११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार , लिले खडका र परविर महतारालाई जाँच गरी सुरक्षित ठाउँमा राख्ने काम सुरु गरिएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।

जिल्ला भरी सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले घोषणा गरेको लक डाउन पुरै पालन भएको स्थानीय तहका प्रमुखले बताएका छन् । कुनै पनि स्वस्थ्यकर्मीहरु विदामा बस्न दिईएको छैन स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीले जानकारी दिनुभयो ।





error: Content is protected !!