यम बरालको नयाँ गीत बजारमा

न्युयोर्क ः डेढ़ दशक देखि साहित्य लेखनमा सकृय पुष्कर बरालको शब्दमा करोडौका लोकप्रिय गायक बादलुको घुम्टोले, निष्टुरीले छाडेरगईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया प्रिती जस्ता सयौ हिट गीत नेपाली साँङगीतिक बजारलई दिन सफल उनै गायक यमबरालको अर्को नयाँ गजल गीत हलचल जिन्दगीमा भर्खरै युटुबबाट स्रोता माझ आएको छ । जादुमयी स्वरका धनि यम बरालले यो गजलगीतमा आफै संगीत भरेका छन् ।

यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,

किन झर्छ आसु यहाँ पल पल जिन्दगीमा ।

यिनै र यस्तै यस्तै माया प्रेम, बिछोड, पिडा र मनका बह हरुलाई पुष्कर ले शब्दमा बुनेका छन् । गीतमा आँशुका कुरा छन् , प्रेमका कुराछन् बिछोड र उदासिपनका कुरा छन् । मान्छे जीवनमा एक न एक रुपमा एक्लो बन्छ र उसको जिन्दगीमा कस्ता कस्ता पीडाका बाढिहरु उर्लन्छन् भन्ने कुरालाई गजलकार गीतकारले शब्दमा एकदमै मार्मिक ढङ्गले उतार्न सफल भएको देखिन्छ ।

भिडीयोमा पछिल्लो समय अभिनयमा निकै ब्यस्त रहेकी नायिका मोडल केकी अधिकारी र गजलकार पुष्कर बराललाई भिडीयोमा देख्नसकिन्छ भने भिडीयोमा कृश थापा र पृन्साले पनि सघाएका छन् ।

ओएसआर डिजीटल युटुब च्यानल बाट बजारमा आएको यो गजल गीतलाई बिक्की पुलामी मगरले भिडीयो निर्देशन गरेका छन् भनेप्रज्वल पन्तले भिडीओ खिचेका हुन ।





error: Content is protected !!