रुकुममा कोरोना को लक्षण देखिएका एक बिरामी अस्पतालमा

रुकुम  , रुकुम पश्चिममा कोरोना भाईरसको लक्षण जस्तो देखिएका एक बिरामी अस्पतालमा भर्ना भएका छन ।

उनी ३ दिन अघि भारतको केरलाबाट जिल्लामा आईपुगेका थिए । रुकुम आठबिसकोट नगरपालिका घर भएका २० बर्षिय उक्त युवक हाल रुकुम सदरमुकाम सल्ले स्थित राप्ती समाज अस्पतालमा छन् । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डा राजकुमार भुजेलका अनुसार भारतबाट आएर पनि सदरमुकाम स्थित एक आफन्तको कोठमा बसेका थिए ।

जरो आउने, सुख्खा खोकी लाग्ने लगायतको कोरोना भाईरसको लक्षण जस्तो देखिएपछि उनी नजिकैको स्वास्थ्य संस्थामा चेक गराउन लगिएको थियो । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा समेत कोरोना भाईरस चेकजाँच तथा उपचारका लागि चिकित्सकहरुसंग आवश्यक सामग्री नभएका कारण चेकजाँच तथा उपचारमा समस्या भैरहेको बताईएको छ ।





error: Content is protected !!