नेपालगन्ज विमानस्थलमा सुत्केरी र वृद्धवृद्धा अलपत्र

डोल्पा ः घर हिँडेका डोल्पाबासी नेपालगन्जमा अलपत्र परेका छन्। सरकारले मंगलबारदेखि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण नेपालगन्ज विमानस्थलमै रोकिएका हुन्।

मंगलबार डोल्पा उड्नका लागि जहाजको टिकट लिएका करिब ५० जना सर्वसाधारण राँझा एयरपोर्टमै अलपत्र परेका छन्। अलपत्र परेका उनीहरू नेपालगन्जका दुई वटा होटलमा बसिरहेका छन्। टिकट लिएर पनि जहाज नउडेपछि नेपालगञ्जका होटेलमै बस्नुपरेको काइके गाउँपालिकाका वडाध्यक्ष राजु रोकायले बताए।

अझै एक साता बस्नुपरे आफूहरू खर्च सकिएर अलपत्र पर्ने उनीहरुले गुनासो गरेका छन्। अलपत्र पर्ने अघिकांश उपल्लो डोल्पाका नागरिहरुहरु हुन्।





error: Content is protected !!