स्वास्थ्य परीक्षणविनै घर पुग्छन् हुम्ली

हुम्ला ः हुम्लामा दुईवटा मात्रै सहायता कक्ष ९हेल्थ डेस्क० सञ्चालनमा छन् । सिमकोट विमानस्थल र नाम्खा गाउँपालिकाको याल्वाङमा मात्रै हेल्थ हेस्क सञ्चालनमा छन् । सिमकोट विमानस्थलमा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले हवाई मार्ग भएर जिल्लाबाहिर जाने यात्रु र भित्रने यात्रुको मात्रै स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । भारतदेखि फिर्ता भएर वा नेपालगञ्ज, सुर्खेत, काठमाडाँै विभिन्न शहरबाट घर फिर्ता भएका पैदल यात्रु भने स्वास्थ्य परीक्षण विनै जिल्ला भित्रने गरेका छन् ।

नेपालगञ्जबाट स्थलमार्ग हुँदै आउने हुम्ली नागरिक स्वास्थ्य परीक्षण विनै जिल्ला भित्रने गरेको रेडियो श्रीनगरका सञ्चारकर्मी कालीबहादुर थापाले बताउनुभयो । सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकाका अधिकांश नागरिक काम सिलसिलामा भारत पुग्छन् । पढाइको सिलसिलामा जिल्लाबाहिर रहेका तल्लो क्षेत्रका हुम्ली नेपागञ्ज, बाजुरा हुँदै आउन सहज हुने भए पनि स्थलमार्गबाट जिल्ला पुग्ने यात्रुका लागि सेवा उपलब्ध छैन । पैदलमात्र भएर जिल्ला भित्रने यात्रुलाई कोरोनासम्बन्धी कुनै जानकारी गराएको छैन ।

हुम्लाका नागरिक भारतबाट फिर्ता भएर कवाडी हुँदै जिल्ला भित्रले गर्छन् तर उनीहरु मात्रै नभएर अन्य सर्वसाधरणको पनि न त स्वास्थ्य जाँच गरिन्छ, नत हेल्थ डेस्क नै छ । सिमकोट विमानस्थमा हेल्थ डेस्कमा ६८० यात्रु र जिल्लाबाहिर जाने यात्रु गरेर जम्मा ९०० को स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । सरकारले धेरै भीड हुने क्षेत्रमा सावधानी अपनाउन भनिरहेका बेला जिल्लामा भने सावधानी अपाइएको छैन ।

स्थानीय सरकार र प्रशासन अनभिज्ञ

उच्च हिमाली जिल्ला हुम्लाका तीन गाउँपालिकाका चार क्षेत्र चीनसँग जोडिएका छन् । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका मुख्य रहेको भने छ अन्य तीनवटा सहायक नाकारुपमा चीनसँग जोडिँदै आएका छन् । सोही गाउँपालिकाको मुचुले पनि चीनको सीमा छोएको छ भने सिमकोट गाउँपालिका–१ मा रहेको चुवाखोला नाका पनि चीनसँग जोडिनाको साथै मानिसले वर्षा याममा आउजाउ गर्नाका साथै खाद्यान्न ढुवानी गर्दै आएका छन् । चिनियाँ च्याङ्ग्रा पनि ल्याउने गर्दछन् । यस्तै चङ्खेली गाउँपालिकामा रहेको टाके नाकाबाट मानिस सजिलै चीन पुगेर लत्ताकपडा, खाद्यान्न ओसार्ने गर्दछन् ।

चीनमा शुरुमा पत्ता लागेको कोरोनासम्बन्धी सचेतना फैलाउन जिल्लाका स्थानीय सरकार स्थानीय प्रशासन यो विषयमा मौन देखिएको छ । हिल्सा नाकामा बाक्लो हिउँ जमेका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटिएका स्वास्थ्यकर्मीको टोली हिल्सा पुग्न नसकी पालिको मुख्य केन्द्र याल्वाङमा हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा आएको छ ।

यस्तै सिमकोट गाउँपालिकाको चुवाखोला नाका र चङ्खेलीको टाके नाकामा सम्बन्धित पालिकाले यो विषयमा कुनै चासो नदिएको सिमकोट गाउँपालिका वडा नं २ का स्थानीयवासी ख्यामे रावलले बताउनुभयो । यहाँका सातवटै गाउँपालिका र स्थानीय प्रशासन कोरोनाबारे जनचेतना फैलाउन कार्यमा मौन देखिएका छन् ।

उता प्रजिअ विनिता भट्टराईले आफूलाई स्थानीय सरकारलाई निर्देशन दिने अधिकार नभएको बताउनुभयो । प्रजिअ भट्टराईले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर जिल्लाका सातवटै गाउँपालिका प्रमुखलाई कोरोनासम्बन्धी पारदर्शी र जवाफदेही भएर लाग्न पत्रचार गर्ने बताउनुभयो ।





error: Content is protected !!