साइनो

साइनो नं २०
त्रैमासिक कुराइ
शुद्ध तलब भत्ताले
गुजारेको हाम्रो जीवन ।
साइनो नं २१
बस्ती माथीको बाटो
घर र जग्गामा माटो
बिचित्रको नौलो बिकास ।
साइनो नं २२
सामाजिक संजाल
दोहोरी खेल्ने माध्यम
नेटको जालोमा जिवन ।
साइनो नं २३
जनता रुवाउने
छोरा हसाउने अनि
झोले मोटाउने बिकास ।
साइनो नं २४
टुट्ने होइन है
जुटेर बढौ अगाडि
लडौ युद्ध कोरोना संग ।
साइनो नं २५
खुला सिमाना साथै
खुकुलो नीति नियम
तर्साउदैछ कोरोना ले ।
साइनो नं २६
बर्ष भरिको कर्म
चौतर्फी असफलता
प्रतिफल तितो यथार्थ ।
साइनो नं २७
पुरानो दोस्ती पनि
अहंकारको आगोमा
क्षणमा खरानी भएछ ।
साइनो नं २८
संकटको समय
संयमताको खाचो छ
देश नौलो चुनौती तर्फ ।
जयकृष्ण हमाल , ठुलिभेरी नगरपालिका डोल्पा ।





error: Content is protected !!