बीउ नपाउने कृषक , अव बीउ व्यापारी

हेमन्त केसी
जाजरकोट ,  गहुँको बीउका लागि कृषि कार्यालय तथा नगरपालिका धाउने भेरी नगरपालिका – १ कालेगाउँका कृषकहरु अहिले आफै मुल बीउ उत्पादनमा जुटेका छन् ।

गहुँको बीउमा आत्मनिर्भर भई अन्य जिल्लालाई समेत निर्यात गर्ने उद्घोषका साथ बीउ उत्पादनमा लागेको ५४ वर्षीया कृषक मनबहादुर बस्नेतले बताउनुभयो । उहाँ अहिले दैनिक गहुँको मुल बीउ उत्पादनका लागि खेतबारीमा मेहनतका साथ लागिरहनु भएको छ ।
बीउको हेरचाह देखि उत्पादनको हिसाव गर्दै उहाँका दिन वित्ने गर्दछन् । बस्नेतले गहुँसँगै आलुखेती गर्नुभएको छ । मुल बीउको उत्पादन राम्रो बनाई आम्दानी गर्नका लागि बस्नेत दैनिक खेतबारीमा खटिने गर्नुहुन्छ ।

उहाँ जस्तै कालेगाउँका अधिकांश कृषकहरुको खेतबारीमा गहुँको मुल बीउ उत्पादन भईरहेको छ । भेरी नगरपालिकाले उपलव्ध गराएको मुल बीउ यहाँका कृषकहरुको खेतबारीमा अहिले हराभरा भएर पाक्ने तरखरमा रहेको छ । वर्षेनी तरकारी र खानाको लागि ठिमाह गहुँ लगाउने यहाँका कृषकहरु यो वर्ष नगरपालिकाले मुल बीउ उत्पादन गर्न अनुरोध गरेपछि आफै बीउ उत्पादनका लागि खटिएका हुँन् ।

नगरपालिकाले गहुँको बीउँका लागि पकट क्षेत्र घोषण गरी बीउ उत्पादन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो ।  उहाँका अनुसार बीउ उत्पादनका लागि सुहाउदो माटो कालेगाउँमा भएकाले कृषकहरुलाई अनुदानमा बीउ वितरण गरी मुल बीउ उत्पादन गर्न आक्रषित गरिएको हो ।

नगरपालिकाले नगरभारीको माटो जाँच गरी कुन ठाउँमा कुन बाली उत्पादनका हिसावले राम्रो हुन्छ भन्ने तथ्यांकका आधारमा कालेगाउँलाई गहुँको मुल बीउ उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरी काम थालिएको थियो ।

कालेगाउँमा उत्पादन गरिएको बीउ जिल्लाका अन्य ठाउँमा निर्यात गर्ने लक्ष्य राखिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ कृषकको जीवन स्तर माथी नउठी , संमृद्ध समाज र सुखी नेपालीको नारा सफल हुँदैन , त्यसैले हामी कृषकको जीवन स्तर उकास्न चाहान्छौँ । ” नगरप्रमुखले थप्नुभयो , “बीउँमा आत्मनिर्भर हुँनका लागि यो अभियान सञ्चालन गरिएको छ , ५ हेक्टर क्षेत्रफलमा बीउँ उत्पादनका लागि पहिलो चरणमा काम भएको छ । ”

जेटिए पढ्नेलाई अभ्यास गर्न सजिलो

कालेगाउँमा कृषि जन्य वस्तु उत्पादनका हिसावले नमुना मानिन्छ । कृषि जेटिया समेत पढाई हुँने यो ठाउँमा यहाँका सवै विद्यार्थीहरु कालेगाउँका खेतबारीमा अभ्यास समेत गर्न पाएका छन् ।

पढ्दै, सिक्दै गरेका शिव व्यवसायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि सिप सिक्ने गतिलो आधार समेत भएको प्रधानाध्यापक तिलकबहादुर खत्रीले जानकारी दिनुभयो । कृषक र विद्यार्थीहरु बीचमा उत्पादन वृद्धी कसरी गर्ने र कसरी प्राङगारिक मल प्रयोग गर्ने सम्मका कुराहरु एक आपसमा ज्ञान आदानप्रदान समेत हुँने गरेको प्रअ खत्रीले बताउनुभयो । जैविक विषादी निर्माणका विषयमा समेत व्यापक छलफल हुँने गरेको छ ।

नगर कृषि शाखाबाट समेत कालेगाउँको पकट क्षेत्रको समय , समयमा जाँच हुँने गरेको शाखाका भोला खत्रीले जानकारी दिनुभयो । नगरपालिकाको कृषक मैत्री गतिशिल योजनालाई सफल बनाउन सवै मिलेर अगाडी बढ्नु पर्ने उहाँको भनाई छ ।  विगत ५ वर्ष भन्दा अगाडी देखि यहाँका कृषकहरु तरकारी खेतीमा आत्मनिर्भर भई मनग्य कमाउदै आएका छन् । तरकारीका लागि नयाँ , नयाँ जातको खोजी गरी आधुनिक खेती प्रर्णाली अपनाउने कार्यमा आफुहरु लागिपरेको अगुवा कृषक दलबहादुर खत्रीले जानकारी दिनुभयो ।

हामीले मेहनत मात्र गर्नुपरर्यो , पैसा आफै हातमा आउछ उहाँले भन्नुभयो , “ रोजगारी पाएनौँ भनेर रुनु पदैन , मात्र मेहनत गरेर व्यवसाय गरे हामी कहिले पनि अर्काको भरमा पर्नु पदैन । ” वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गाउँ समेत रहेको कालेगाउँमा सिंचाईको सुविधा समेत राम्रो रहेको छ । जिल्लाको तरकारी तथा खाद्यान्न उत्पादनका हिसावले अव्वल स्थान औगटने कालेगाउँले आफ्नो परिचय फेरिसकेको छ ।





error: Content is protected !!