गाउँमै स्वास्थ परीक्षण शिविर सञ्चालन

डोल्पा ः डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ९ स्थित डाँगिबाडामा निःशुल्क स्वास्थ परीक्षण शिविर सञ्चालन गरिएको छ । ती वडाका मोतिपुर र डाँगिबाडागाउँमा मौसमी रुघाखोकीका बिरामी बढेपछि गाउँमै निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो ।

शिविरमा करीब चार सयजना सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण गराएको अनमी विष्णु बुढाले जानकारी दिनुभयो । शिविरमा वडा नं ८ का सर्वसाधारणलाई पनि सो सेवा प्रदान गरिएको थियो ।
उहाँले स्वास्थ परीक्षणका क्रममा बिरामीमा रुघाखोकी, ज्वरो, पखाला, टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्ता लक्षण भेटिएको र बिरामी निको हुँदै गएको जानकारी दिनुभयो । गाउँमा रुघाखोकीका बिरामी बढ्न थालेपछि गाउँमै औषधिसहितको स्वास्थ्य सेवा दिनका लागि शिविर आयोजना गरिएको वडा नं ९ का अध्यक्ष बिर्मल भण्डारीले जानकारी दिनुभयो ।

यसअघि पनि मौसमी रुघाखोकीका बिरामी बढेपछि वडा नं ९ को आयोजनामा सोही वडामा पर्ने मोतिपुर गाउँमा शिविर सञ्चालन गरिएको थियो । मौसमी रुघाखोकी लागेको व्यक्तिले सरसफाइमा ध्यान नदिँदा थोरै समयमा धेरैजना बिरामी पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।





error: Content is protected !!