खड्काले क्वारेन्टाइन बस्नेलाई निःशुल्क घर दिने

काठमाडौं ः काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण हुन नदिन सेल्फ क्वारेन्टाईनमा बस्न चाहने व्यक्तिहरुलाई ललितपुरका एक व्यक्तिले निशुल्क घर उपलब्ध गराउने घोषणा गरेका छन् ।

ललितपुरका देबेन्द्र खड्काले महालक्ष्मी नगरपालिका वार्ड नम्बर १, रातामकै चोकमा रहेको १५ कोठाको घर क्वारेन्टाइनमा बस्नेहरुका लागि उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले घरमा बस्न चाहनेहरुले आफ्नो परिचयसहित फोन गर्नुहुन आग्रह पनि गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा खड्काले उक्त सन्देश राख्दै क्वारेन्टाइनका लागि घर आवश्यक भएकाहरुलाई सहयोग गर्न चाहेको उल्लेख गरेका छन् । जिल्लामा रहेका सांसदहरु, प्रदेश सांसदहरुलाई पनि खड्काले आफ्नो नीजि घर नभएर क्वारेन्टाईनमा बस्न नपाउने कोही भए आफ्नो घरमा राख्ने व्यवस्था गरेको बताएका छन् ।





error: Content is protected !!