बाँझो जग्गामा हराभरा चाङदलर ओखर

हेमन्त केसी
जाजरकोट ,वर्षौंदेखि बाँझो रहेको जुनिचाँदे गाउँपालिका –९ साकियामा ‘टर्किबाट ल्याएको चाङदलर’ ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ । स्थानीयबासिन्दा दैनिक ‘ चाङदलर’ ओखरको हेरदेख , मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ ।

कर्णाली प्रदेश मताहातको कृषि विकास कार्यालय जाजरकोटले लक्षित वर्गा विशेष कार्यक्रम मार्फत शाकियाका १०० घरधुरी कृषकहरुलाई १ हजार ५ सय विरुवा वितरण गरेको हो । कृषकहरुको जीवन स्तर आर्थिक रुपमा उठाएर व्यवसायिक रुपमा गती दिनलाई सो कार्य गरिएको प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । स्थानीयवासी कृषक रामबहादुर बुढाले भन्नुभयो , “ सवै विरुवा सित्तैमा कृषि कार्यालयले उपलव्ध गराएको हो , हामी यसलाई राम्रो सँग हुर्काएर नतिजा निकाल्न चाहान्छौँ ” अधिकारीका अनुसार ३ वर्ष नसरीमा रहेकोले अवको तीन वर्ष भित्र फल दिने छ ।

यहाँको भूगोल, माटो र वातावरणिय अवस्था अनुसार टर्की चाङदलर बिरुवा उपयुक्त हुने भएपछि पानी जहाजमार्फत ल्याएर रोपिएकोे हो  । टर्कीबाट कार्गो भाडासमेत गर्दा प्रतिबिरुवा ९०० रुपैयाँ परेको कार्यालयले जनाएको छ । त्यस्तै कुशे गाउँपालिका – ७ समाईलामा २४६ घरधुरीलाई ७ हजार विरुवा वितरण गर्न लागिएको छ ।

प्रतिघरधुरी २८ वटा वटा विरुवा वितरण गरिने छ । त्यस्तै नलगाड नगरपालिका –डाडाँकटारीमा ४० हजार कागतीका विरुवा वितरण गर्न लागिएको छ । छेडागाड नगरपालिका – ५ सिंचाई आयोजना निर्माण स्थानीयवासीले सिंचाई सुविधा पाएका छन् । त्यस्तै सोही ठाउँमा १८ लाखको आँपको विरुवा समेत वितरण गर्ने अन्तिम तयारी भएको छ ।

प्रदेशसभा सदस्यको सिफारिसमा यि ठाउँहरुमा विरुवा वितरण गरिएको हो । ठाउँ अनुसारको विरुवा सिफारिस गरिएको र अर्को वर्ष समेत यो कार्यक्रम जारी रहने प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो ।





error: Content is protected !!