रहस्यले भरिएको शहर, भनिन्छ भगवानको ठाउँ

काठमाडौं । हाम्रो विश्व केहि त्यस्ता रहस्यहरुले भरिएको छ जसको रहस्य आज पनि गर्भमै छ । वैज्ञानिकहरुको अथक प्रयास पछि पनि केहि रहस्यहरुको तथ्य अहिलेसम्म पत्ता लागेको छैन ।

वैज्ञानिकहरुले जति पटक रहस्यको पत्ता लगाउन खोज त्यति नै पटक उनीहरु झनै रहस्यको जालमा पर्ने गरेका छन् । त्यस्तै एउटा अचम्मको एउटा ठाउँ केक्सिकोमा पनि रहेको छ ।

जसलाई प्लेस अफ गार्ड भन्ने गरिन्छ । अर्थात भगवानको ठाउँ । यो ठाउँ वास्तवमै अनौठो र मनमोहक छ । यो ठाउँलाई टियाटिहुआकन शहरको रुपमा पनि चिन्ने गरिन्छ । यो शहर पिरमिडको एक भाग हो ।

यो ठाउँ १४ औँ सताब्दीमा एवटेक्स साम्राज्यका मानिसहरुले पत्ता लगाएको थिए । एजटेक्सबासीहरुलाई उक्त शहर आफै अचानक त्यहाँ आएर बसेको लाग्ने गर्दथ्यो ।

त्यसैले आजसम्म पनि उक्त ठाउँ रहस्यले भरिएको छ । यो ठाउँ कसले, कहिले र किन बनायो भन्ने बारेमा अहिलेसम्म केहि जानकारी छैन ।

यो ठाउँको बारेमा अहिलेसम्म कुनै पुस्तकहरुमा केहि पनि पाइएको छैन । कुनै समयमा उक्त शहरमा २५ हजार मानिसहरु बस्ने गर्दथे । यो शहरको निर्माण शहरी ग्रिड प्रणालीबाट भएको छ, न्युयोर्क शहरको जस्तै ।

यो शहरको बारेमा बिभिन्न रोचक जानकारीहरु छन् । त्यसैले पनि यो ठाउँ असाधारण र अनौठो छ ।

त्यहाँको पिरामिडभित्र केहि मानिसहरुको हड्डीहरु पाईएको छ । त्यसैको आधार बनाएर कुनै बेला त्यहाँ मानिसहरुको बलि दिने गरेको बताइने गरिएको छ ।

एजेन्सीको सहयोगमा





error: Content is protected !!