गरिब हुँनुको पीडा ः पैसा नहुँदा उपचार गर्न मुस्किल

जाजरकोट , ६ चैत ः आर्थिक अभाव हुँदा नलगाड नगरपालिका – ८ गम्राखका कृष्णबहादुर सिंहका ८ महिनाका छोरा जेनिथको उपचार हुँन सकेको छैन ।

छोराको आश गर्दा , गदै सात बहिनी पछि जन्मिएको छोरा जेनिथको उपचारमा सहयोग गरिदिन सिंहले आग्रह गरेका छन् । जेनिथको मुटुको भल्वमा प्वाल परेकाले मोटो रकम खर्चिएर अप्रेशन गर्नुपर्ने भएको छ ।

गत फागुन २६ गते सुर्खेतको शुभ लक्ष्मी कलेज अफ हेल्थ साइन्स हस्पीटलमा चेकजाचँ गराउँदा मुटुको भल्वमा प्वाल परेको पुष्टि बालककी आमा अमृता सिंहले बताउनुभयो ।

बच्चाको मुटुको अप्रेशन गर्न ४ लाख रुपैयाँ लाग्ने अस्पतालले बताएको उहाँको भनाई छ । बिरामी बच्चाको आमा अमृता र छिमेकी मानबहादुर चदारा आर्थिक सहयोग जुटाउन गाउँ गाउँमा पुगेर सहयोगको याचना गरिरहेका छन् ।

सिंहको घरमा विहान , बेलुकी छाक टार्नका लागि आवश्यक खाद्यान्न समेत नभएको बताएको छ । अर्काको काम गरेर जीवनको गुजरा चलाउने सिंह दम्पती माथी छोरा बचाउनु फलामको चिउरा चपाउनु झैँ भएको छ ।





error: Content is protected !!