हाई अलटमा चिकित्सक , गाउँ गाउँमा जनचेतना फैलाईदै

नन्दा शाही

जाजरकोट , भेरी नगरपालिकाले ‘कोभिड –१९ ’ कोरोनाबाट जोगिनका लागि नगरभरी जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ ।

हात , हातमा हात्ते माईक लिएर कोरोनाको संक्रमणबाट बच्नका लागि बिभिन्न उपायहरु बताउदै कर्मचारीहरुले जनचेतना जगाईरहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । सवै वडामा कोरोनाबाट बच्ने उपायका विषयमा जानकारी गराउने कार्य जारी रहेको उहाँले बताउनुभयो ।

नलगाड नगरपालिका प्रचारप्रसारका लागि नगरप्रमुख टेकबहादुर रावलको संयोजकत्वमा एक टिम नै गठन गरेको छ । त्यस्तै वडा अध्यक्षको संयोजकत्वमा गाउँ , गाउँमा अर्को समिति गर्ने काम भईरहेको प्रमुख रावलले जानकारी दिनुभयो । गाउँ , गाउँमा प्रचारका कामलाई तिव्रता दिईएको उहाँको भनाई छ ।

स्वास्थ्य सेवा कार्यालय , जाजरकोटबाट नलगाड नगरपालिकाको स्वास्थ्य संस्था दल्लीमा चिकित्सक पठाउन समेत आग्रह गरिएको उहाँको भनाई छ । स्वास्थ्य सेवा कार्यालयले तीन वार्डको आइसुलेसन कक्ष समेत स्थापना गरेको छ ।

कार्यालयका अनुसार ५० जना विरामी आएपनि हामीसँग राख्ने प्रशस्त वार्डहरु रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ शिवालय गाउँपलिका –१ छेडावजार , भेरी नगरपालिकाको वस पार्क र जाजरकोट –डोल्पाको सिमाना त्रिवेणीमा नागरिक सहायता कक्ष गर्न लागिएको छ ।

७ वटा स्थानीय तहमा कहाँ कति बेला कहाँ के पर्छ त्यहाँ चिकित्सक पठाउने व्यवस्था मिलाएको छ ।” पाँच जना चिकित्सकलाई हाई अलटमा राखिएको छ । उच्च ज्वरो, स्वासप्रस्वास लगायत रोगका विरामीलाई स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहले खर्च बेहोर्ने गरी एम्बुलेन्स तथा उपचारको प्रबन्ध मिलाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय तहका मताहातमा रहेका स्वास्थ्य संस्थामा तीन दिन भित्र ठोस कार्ययोजना ल्याएर काम गर्न प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालयले कोरोना लगायत महामारी नियन्त्रणको लागि चालु आर्थिक बर्षमा ५ लाख बराबरको प्रकोपसंग सम्बन्धित औषधी खरिद गरेर स्थानीय तहलाई वितरण गरेको अस्पताल विकास समितिका अध्यक्ष बस्नेतले बताउनुभयो ।





error: Content is protected !!