उपल्लो डोल्पाको पीडा ः हिउँले चेपियो विकास

  
हेमन्त केसी

जाजरकोट ,पटक , पटक हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम पर सदै गएको छ ।  चैत महिनाबाट विकास निर्माणको काम सुरु गर्न ठिक्क परेका उपल्लो डोल्पावासीहरु पुन ः चैत २ गते भारी हिमपात परेपछि विकास , निर्माणको काम एक महिना पछि सरेको छ ।

शे फोकसुण्डो , छार्का ताङसोङ , डोल्पोवुद्ध गाउँपालिकामा अझै विकास निर्माणका काम सुरु हुँन नसकेको हो । बैशाखबाट मात्र विकास निर्माण काम सुरु हुँने शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

हिमपात भएकाले हामी काठमाडौँमा छौँ , कसरी बस्नु असाध्य चिसो छ उहाँले भन्नुभयो , “ गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष लयायतको सवै जनप्रतिनिधि यत्तै छौँ , हिउँ पग्लिएपछि गाउँपालिकामा गएर विकासका काम सुरु गछौँ । ” हिमपात नहुँने कर्णाली प्रदेशका अन्य जिल्लामा ७० प्रतिशत विकास निर्माणका काम भईसकेको समयमा उपल्लो डोल्पामा भने सुरु नै हुँन सकेको छैन ।

असार मशान्त सम्म तोकिएका सवै विकासका आयोजनाहरु निर्माण गर्न चुनौती हुँने देखिएको छ । सुरु नै नभएको विकास निर्माणको काम बैशाख सुरु गर्न वितिकै उपल्लो डोल्पाका स्थानीयवासीहरु यार्सागुम्वा संकलनका लागि पाटनमा जाने गर्दछन् । घरमा ताला लगाएर यार्सागुम्वा संकलन गर्न जाने यहाँ स्थानीयवासीहरु विकास निर्माणको काममा समय दिन नपाउँने समस्य रहेको छ ।

तातो मौसम सुरु भएपछि आवश्यक खाद्यान्न लिएर उपल्लो डोल्पा जाने यहाँका सर्वसाधारणहरु यस पटक चैतमा समेत हिमपात हुँदा थप मर्कामा परेका हुँन् ।

हिमपातकै बीच एक घर एक व्यवसाय कार्यक्रम सुरु

शे फोक्सुण्डो गाउँपालिकाले हिमपातकै बीचमा एक घर एक व्यवसाय कार्यक्रम सुरु गरेको छ । व्यवसाय मार्फत रोजगारी सिर्जना गर्ने भन्दै गाउँपालिकाले प्रस्ताव माग गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अहिले १८ वर्ष देखि माथी ५० वर्ष भन्दा तलका स्थानीयवासीलाई व्यवसाय गर्नका लागि प्रस्ताव माग गरिएको उहाँले बताउनुभयो । कुनै पनि घर व्यवसाय गर्नबाट बन्चित नहोस भनि यो कार्ययोजना अगाडी ल्याईएको छ ।





error: Content is protected !!