रोग पत्ता लगाउनै मुस्किल !

हेमन्त केसी
जाजरकोट ः आवश्यक उपकरण, दक्ष जनशक्तिको अभावमा रोग पत्ता नलाग्दा धेरै स्थानीयवासीको ज्यान जाने गरेको खुलासा भएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा उपकरण र दक्ष जनशक्ति नहुँदा उपचारमा आएका विरामीहरुले सही उपचार नपाउँदा वर्षेनी धेरै स्थानीयवासीको ज्यान जाने गरेको हो । थर्ममिटरको भरमा उपचार हुँने गाउँका स्वास्थ्य संस्थामा सवै प्रकारका रोग परीक्षण गर्न मुस्किल हुँदा दैनिक गलत औषधी सेवन गर्न बाध्य हुँनुपरेको छ । हातले छामेर , थर्ममिटर ,स्टेथेस्कोप र स्पाईग्नोमानोमिटर को भरमा विरामीको जाँच गर्दा सही रोग पत्ता नलाग्दै अनुमानका आधारमा औषधी चलाउदा भारी समय खर्च हुँने गरेको छ ।

अनुमानका आधारमा उपचार गर्दा , गदै विरामीको स्वास्थ्य अवस्था गम्भिर अवस्थामा पुग्ने गरेको पाईएको छ । ल्याप जाँच विना नै चलाईने औषधीले रोग निको नहुँनुका साथै थप स्वास्थ्य विग्रेने पाईएको छ ।

गाउँ , गाउँमा रहेका स्वास्थ्य संस्थामा ल्याप जाँच र अन्य परामर्श नहुँदा स्थानीयासीहरु औषधी पसल र अनुमानकै आधारमा उपचार गर्दा स्वास्थ्य झन जोखिममा पर्दै आएको स्वास्थ्य सेवा कार्यालय , जाजरकोट डाक्टर भुपेन्द्रप्रकास मल्लले जानकारी दिनुभयो । सामान्य खालको ल्याप जाँच जिल्लाको बारेकोट गाउँपालिकाको लिम्सा , नलगाड नगरपालिकाको दल्ली , सदरमुकामको स्वास्थ्य सेवा कार्यालय , पश्चिमको जुनिचाँदे गाउँपालिकाको गर्खाकोटमा मात्र हुँने गर्दछ ।

यि सवै ठाउँमा एमविविएस डाक्टरको दरवन्दी भएपनि डाक्टर नहुँदा स्वास्थ्यकर्मीको भरमा उपचार भईरहेको छ । सुगम मात्र रोज्ने तर दुर्गममा सेवा गर्न ईच्छा नदेखाउने प्रवृतीका कारण यहाँका ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाले चिकित्सक पाउन नसकेको हो । सदरमुकाममै विशेषज्ञ सहित ६५ जनाको दरवन्दी भएपनि अहिले १७ जनाले काम चलाउनु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।

गाउँ देखि सदरमुकाम सम्मका स्वास्थ्यमा विश्वास गुम्दै

दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा यहाँका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था देखि सदरमुकाममा स्वास्थ्य संस्था सम्म विश्वास गुम्दै गएको छ । आवश्यक उपकरण देखि स्वास्थ्यकर्मीहरु नहुँदा स्वास्थ्य संस्थाको विश्वास गुम्दै गएको हो ।

गरिव तथा निम्न आर्यस्रोत भएका स्थानीयवासीहरु गाउँमा स्वास्थ्य सेवा नपाउँदा रोग पालेर वस्न बाध्य भएको बताएका छन् । हुँने , खानेहरुले आर्थिक जोहो गरेर उपचारमा जिल्ला बाहिर गएपनि अर्थभाव हुँनेहरु रोग पालेर बस्न बाध्य भएको बताएका छन् । अर्थभाव हुँनेहरु धामी , झाँक्री देखि मेडिकल सम्म धाउदै रोग पालेर बस्न ब–ाध्य भएको नलगाड नगरपालिका – ८ स्थित पंञ्च भयार माविका शिक्षक बीरबहादुर खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ सरकारी अस्पताल भन्दा निजि क्षेत्रबाट खोलिएका मेडिकलमा मानिसहरुको विश्वास छ , सरकारीमा औषधी देखि व्यवहार सम्म राम्रो छैन । रुखो ब्यवहार भएको ठाउँमा सहज रुपमा उपचार नहुँने भएपछि विरामीहरु जान मान्दैन्न । ”
सवै औषधी सरकारी स्वास्थ्य संस्थामा नपाईने र औषधी पसलमा नै पुर्जी लिएर किन्न जानुपर्ने बाध्यताका कारण अधिकांश विरामीहरु हैरान भएको अर्का जुनिचाँदे गाउँपालिका लुहादहका मोतीराम खड्काले बताउनुभयो ।

महिलामा बढी समस्य

जिल्लाका बिभिन्न ठाउँमा हुँने गरेका शिविरमा उपचारका लागि आउने अधिकांश विरामीहरु मध्य ७० प्रतिशत महिलाहरुको संख्य हुँने गरेको छ । उपचारमा आएका महिलाहरु मध्ये ८० प्रतिशत भन्दा बढीलाई तल्लो पेट दुख्ने , सेतोपानी बग्ने र पाठ्यघरमा समस्य बढी देखिएको चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य संस्थामा उपचारमा लागि जाने समय नभएको र आर्थिक अभावका कारण रोग लुकाउन बाध्य भएको उपचारमा आएका पीडितले बताएका छन् । हालै नलगाड नगरपालिका –८ कायखेतमा भएको शिविर समेत सोही हिसावमा विरामीहरु उपचारमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।





error: Content is protected !!