डोल्पाबाट ७ सय विद्यार्थी एसईई परीक्षा दिँदै

डोल्पा ः डोल्पा जिल्लामा ४ वटा परीक्षा केन्द्रबाट कुल ७ सय परीक्षार्थीले एसईइको परीक्षा दिने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका अनुसार शिक्षा विभागले तोकेकै मितिमा परीक्षा हुने जनाएको छ।

जिल्लाका सरस्वती माध्यामिक विद्यालय दुनै,आर्दश माध्यामिक विद्यालय जुफाल, जनप्रभा माध्यामिक विद्यालय लिकु र त्रिपूरा माध्यामिक विद्यालय काईगाउ गरी चार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिँहराज डाँगीले जानकारी दिए।

उक्त परीक्षा केन्द्रबाट क्रमश २२८,१६३,१७६ र १३३ गरी कुल ७ सय परीक्षार्थीले परीक्षा दिने डाँगीले जानकारी दिए । उनका अुनसार सबै केन्द्रमा परीक्षाको तयारी पूरा भएको छ।परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र १८ गते सम्पन्न हुनेछ।





error: Content is protected !!