“कोभिड– १९” ः स्वास्थ्य सेवा कार्यालयमा आइसुलेसन कक्ष स्थापना

जाजरकोट , ४ चैत ः “कोभिड– १९” कोराना भाईरसको संक्रमणबाट बच्नका लागि स्वास्थ्य सेवा कार्यालय , जाजरकोटले २ वेडको आइसुलेसन कक्ष स्थापना गरेको छ ।

उच्च ज्वरो, स्वासप्रस्वास लगायत रोगका विरामीलाई स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहले खर्च बेहोर्ने गरी एम्बुलेन्स तथा उपचारको प्रबन्ध मिलाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । स्थानीय तहका मताहातमा रहेका स्वास्थ्य संस्थामा तीन दिन भित्र ठोस कार्ययोजना ल्याएर काम गर्न प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । छेडाचौर, तल्लुबगर, बसपार्क, स्थानीय तहको केन्द्र लगायतमा नागरिक सहायता कक्ष स्थापना तत्काल गर्न उहाँले आग्रह गनुभयो ।

स्वास्थ्य सेवा कार्यालयले कोरना लगायत महामारी नियन्त्रणको लागि चालु आर्थिक बर्षमा ५ लाख बराबरको प्रकोपसंग सम्बन्धित औषधी खरिद गरेर स्थानीय तहलाई वितरण गरेको अस्पताल विकास समितिका अध्यक्ष बस्नेतले बताउनुभयो ।
प्रकोपलाई मध्य नजर गर्दै सबै एसईई परीक्षा केन्द्रमा अत्याआवश्यक औषधी तथा जनशक्ति सहितको सहायता कक्ष स्थापना गरीने उहाँले बताउनुभयो ।





error: Content is protected !!