वनमन्त्रीले गरे ः महिना दिन भित्र वचन पुरा

हेमन्त केसी
जाजरकोट , वर्षायाममा हिलामे र हिउद् याममा धुलामे सडक भएर हैरान भएका पश्चिम जाजरकोटका स्थानीयवासीको माग पुरा भएको छ ।

वन तथा वातावणमनत्री शक्तिबहादुर बस्नेतले फागुन ८ गते पश्चिम जाजरकोटको अनुगमण भ्रमण गदै महिना दिन भित्र पिचको काम सुरु गरिने बताउनुभएको थियो । उहाँ काठमाडौँ फर्केको २२ दिन भित्र शिवालय गाउँपालिकाको मोर्कखोलाबाट ( शिवालय सडक) सडकको पिचको लागि आज बोलपत्र आवह्वान भएको हो ।

सडकमा पिचको काम क्रमगत रुपमा अगाडी बढाउन लागिएको मन्त्रीका स्वकिय सचिव मुस्कान रोकायले जानकारी दिनुभयो । एक महिना भित्रमा कच्ची कटान भएको ठाउँमा पिचको काम सुरु गर्ने गरी कामको गती बढाईने छ भन्दै मन्त्री बस्नेतले स्थानीयवासीलाई आस्वस्त पार्नुभएको थियो । पिचको लागि सडक डिभिजन कार्यालय चौरजहारीले आज बोलपत्र प्रकाशन गरे सँगै स्थानीयवासी खुसी भएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

निर्माण कार्य सुरु भएको लामो समय सम्म पिचको काम नहुँदा स्थानीयवासीहरु धुलोले हैरान हुँदै यात्रा गर्न बाध्य भएका थिए । पुर्वी जाजरकोटको महत्वपुर्ण सडक रुपमा रहेको शिवालय सडक निर्माण कार्यसँगै सुरु सँगै खुसीयाली छाएको छ । ८ वर्ष देखि मोर्कखोलामा पुलको काम रोकिएकोमा सो पुल समेत निर्माण कार्य सुरु भएको छ । छेडा –कचाली सडक खण्डले समेत निर्माणमा तिव्रता पाउने भएको छ । पुल निर्माण कार्यसँगै छेडा – जुम्ला सडक निर्माणका लागिथप वल पुगेको छ ।

त्यस्तै सिंचाई सुविधा नभएको ठाउँमा सिंचाई पुर्याउन माग गदै आएका जाजरकोटका स्थानीयवासीको लागि माग पुरा भएको छ । जिल्लाका कुदु, रिम्ना , दारखोला , मन्मै , रग्दा , मनघाट र लित्तामा लिप्ट सिंचाई आयोजनाबाट सिंचाई गर्ने योजना कार्यन्वन भएसँगै यहाँका स्थानीयवासीको खेतबारीमा सिंचाई गर्ने सपना पुरा हुँने भएको हो ।

लिप्टका सम्भाव्यता अध्यायन गर्न हप्ता दिन भित्र अध्यायन टोली आईपुग्ने स्वकिय सचिव रोकायले जानकारी दिनुभएको छ । नदीको छेउ , छाउँमा रहेका सयौँ मुरी अन्न फल्ने फाँटहरु सिंचाई नहुँदा बाँझै रहेको भन्दै पटक पटक माग उठ्दै आएकोमा सो माग सम्वोधन भएको हो ।

भौतिक अवस्था कम्जोर भई शैक्षिक क्रियाकलाप सञ्चालनमा समस्य भोग्दै आएका विद्यालयको बालमैत्री संरचना निर्माणमा कार्य जारी राखिएको छ ।

नमुना विद्यालय निर्माण कार्य तिव्र


कर्णाली प्रदेशको सामाजिक विकास कार्यालय जाजरकोटले सवै पालिकमा पहिलो चरणमा २३ वटा बालमैत्री विद्यालय भवन निर्माण गर्न लागेको हो । बालमैत्री विद्यालयहरु निर्माण कार्य जारी रहेको सामाजिक विकास अधिकृत धनबहादुर विष्टले बताउनुभयो ।
उहाँका अनुसार छेडागाड नगरपालिका – ११ स्थित बाल माध्यमिक विद्यालय झार्पा , कौवा प्राथमिक विद्यालय झिगा , नलगाड बहुँमुखी क्याम्पस दल्ली , ज्ञानकुन्ज क्याम्पस दशेरा, बालप्रावि कुस्तारा भेरी नगरपालिका – ११ , शिवालय गाउँपालिका – ३ सरस्वती मावि , जुनिचादे गाउँपालिका – ११ मा महेन्द्र मावि कोताङ , रामोदय माध्यमिक विद्यालय दशेरा छेडागाड नगरपालिका –४ , कुशे गाउँपालिका –५ स्थित लक्ष्मी प्राप्ति मावि खुर्पा , बारेकोट गाउँपालिका –२ लिम्सा स्थित बीरेन्द्र एश्वर्य मावि लिम्सा रहेका छन् ।
त्यस्तै भेरी नगरपालिका ९ दीपेन्द्र मावि कालाभुर , नलगाड नगरपालिका – ५ जुनी मावि सिर्को , जुनिचाँदे गाउँपालिका – ३ स्थित नेरा आधारभुत विद्यालय , छेडागाड नगरपालिका – १३ मा भगवती आधारभुत विद्यालय , भेरी नगरपालिका – ३ रामजनकी प्रावि इउरी , छेडागाड नगरपालिका स्थित कालिका मावि छेडागाड , जुनिचाँदे गाउँपालिका स्थित नेरा आधारभुत विद्यालय रानीचौर , छेडागाड नपा –१ कालिका मावि सेडारी , कुशे– ९ थावाडा स्थित जनता प्रावि , बारेकोट– ३ को दीपेन्द्र मावि मुलसाम र बहुँप्राविधिक शिक्षालय त्रिभुवन मावि भेरी नगरपालिकामा भवन निर्माणका काम चलिरहेका छन् । प्रदेश सरकारले पहिलो चरणमा समस्य र आवश्यकताका आधारमा बालमैत्री विद्यालय निर्माण गरिरहेको अर्को वर्ष अन्य ठाउँमा विद्यालय निर्माण गरिने योजना रहेको प्रमुख विष्टको भनाई छ ।





error: Content is protected !!