कुरा कर्मचारीका ः  शिक्षकको सपना तर निजामती नतिजा

देबबहादुर बुढा छेडागाड नगरपालिका जाजरकोटका सूचना अधिकारी हुन् । विस २०४४ साल बैशाख ६ गते आमा मनसरादेवी र बुवा तुले बुढाबाट उनको जन्म भएको हो । छेडागाड नगरपालिका –२ अन्डरकोट स्थायी घर भएका बुढाले निजामति क्षेत्रको अनुभव र जीवनका अनुभव यसरी साटे ।

देबबहादुर बुढा
सूचना अधिकारी, छेडागाड नगरपालिका
शिक्षक बन्ने सपना अुधरै रह्यो
२०५१ सालमा गाउँकै लक्ष्मी निमाविबाट औपचारिक रुपमा पढाई सुरु गरेँँ । उ बेला साँझ बिहान मेलापात गर्दै अध्ययन गर्थे । हरेक दिन बिहानको झिसमिसेमै स्याउला बोक्नु पथ्र्यो । एकभारी घाँसदाउरा वा स्याउल नल्याउँदासम्म स्कूल जान पाउथीन । स्कूलबाट फर्केपछि साँझ पनि उसैगरी घरको काम गर्नुपथ्र्यो ।

निम्न किसान परिवार भएकै कारण मेलापात गर्दै अध्ययन गर्नुपथ्र्यो । कक्षा सातसम्मको अध्ययनपछि इन्द्रज्योति माविमा कक्षा आठसम्म अध्ययन गरेँं । त्यसपछि ९ र १० इन्द्रज्योति माविबाट पुरा गरेँ । इन्द्रज्योतिबाट २०६० सालमा एसएलसी उत्तिर्ण गरी अध्ययनका लागि सुर्खेत झरेँ । शिक्षक बन्ने उद्देश्यका साथ सुर्खेत क्याम्पस शिक्षाबाट आइएड र बीएडको अध्ययन गरेँ । तर समय र परिस्थितिले शिक्षक बन्ने सपना पुरा भएन ।

लामो समय शिक्षक सेवा आयोग नखुल्दा शिक्षकमा प्रतिस्पर्धा गर्न पाइन । शिक्षक बन्ने रहरमा जिल्लाकै विभिन्न विद्यालयमा प्रतिस्पर्धा गरेँँ । तर राजनीतिक पूर्वाग्रही र नातावाद कृपावादका कारण शिक्षक बन्ने धोको पुरा भएन ।

शिक्षक बन्न नसकेपछि खरिदार बनेँ
मेरो बाल्यकालको सपना शिक्षक बन्ने थियो । समय र परिस्थितिले शिक्षक बन्ने सपना पूरा नभएपछि विकल्प खोज्न थालेँ । उबेला गाउँमा लोक सेवामा जागिर खाने रहर थिएन । तर मैले शिक्षकको विकल्पको रुपमा लोक सेवाको तयारी गर्न थाले । तर लोकसेवाको जागिर खान राम्रोसँग अध्ययन गर्ने मौका भने पाइन ।

सहरमा बसेर तयारी गर्ने वतावरण भएन । आर्थिक समस्याकाबीच घरमै लोकसेवा आयोगको स्वःअध्ययन गरेँ । संयोग भनौं या भाग्य । पहिले पटकमै जागिर खाएँ । हुन त विभिन्न बाध्यताका कारण सहरमा पुगेर लोक सेवा आयोग ट्यूसन पढ्न पाएको थिएन । तर हिम्मत हारिन ।

स्वःअध्ययनले २०६७ साल चैत्रमा खरिदार पदमा जिल्ला हुलाक कार्यालय डोल्पाबाट जागिरको सुरुवात गरेँँ । हुलाकबाट करिव १४ महिनापछि डोल्पाकै तत्कालिन जिल्ला विकास समितिमा सरुवा भएँ । जिविसले सहरतारा गाविसमा खटायो । त्यसपछि २०७३ जेठबाट डोल्पाकै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रहेर काम गरेँँ । कर्मचारी समायोजनपछि २०७४ देखि हालसम्म छेडागाड नगरपालिकाको नायव सुब्बा पदमा कार्यरत छु ।

कर्मचारी सरकारका हातखुट्टा हुन्
कर्मचारी राज्यका सबैभन्दा महŒवपूर्ण अंगहरु हुन् । किनकी कर्मचारी बिना सरकार चलाएमान हुन सक्दैन । तर कर्मचारी र सरकारबीच ठूलो खाडल बनेको छ । सरकारले कर्मचारीलाई समयानुकुल परिचालन गर्न सकेको छैन ।

राज्यको पुनःसंरचनासँगै समायोजनमा कर्मचारीलाई विभेद गरिएको छ । राज्यको पुनःसंरचना नहुँदै पहिले प्रशासनिक पुनः संरचना भयो । सफल त स्थानीय र प्रदेश सरकारले कर्मचारी अभाव झेल्नु परेको छ । अधिकार बाँडफाँडमा ठूलो अन्यौलता सिर्जना भएको छ । तर अब आउने संघीय कर्मचारी निजामति ऐनमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई गरिएको विभेद अन्त्य गर्नुपर्छ ।

निश्चित समयावधि पुरा गरेँपछि जुनसुकै क्षेत्रमा पनि सरुवा हुन पाउनुपर्छ । अहिले कुनै कर्मचारीलाई श्रेणी र कुनैलाई तह भनेर विभेद गरिएको छ । अक बन्ने कानूनमा यो विभेद हटाउनुपर्छ । हाकिमको नजिक भएपछि मात्रै रामो सरुवाबढुवा हुने प्रवृतिको अत्य हुनुपर्छ । भन्नुको अर्थ अब वैज्ञानिक प्रणालीबाट कार्यसम्पादन र मूल्याङ्कन वैज्ञानिक गराउनु पर्छ । कर्मचारीले आफ्नो हकहितका लागि कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिइनुपर्छ ।

प्रदेश र स्थानीय तहमा आउने कर्मचारीलाई समायोजनमा संघीय सरकारले त विभेद गरेँको थियो । तर प्रोत्साहन भत्ताका नाममा कर्णाली प्रदेश सरकारले पनि स्थानीय र संघीय कार्यालयका कर्मचारीलाई ठूलो विभेद गरेँको छ । यदि प्रदेश सरकारले कर्णालीमा कर्मचारी टिकाउने हो भने स्थानीय तहका कर्मचारीले पनि प्रोत्साहन भत्ता पाउनुपर्छ । प्रदेश सरकारले पनि स्थानीय तहका

कर्मचारीलाई विभेद गर्ने हो भने कुनै बेला स्थानीय तहले कर्मचारी नै नपाउने समस्या हुन सक्छ । किनकी सरकार स्थानीय सरकार सफल भएमात्रै संघीयता सफल हुने हो । यदि सरकारले कर्मचारीलाई आफ्ना हातखुट्टा सम्झने हो र सरकार सफल बन्न चाहाने हो भने कर्णालीका सबै ९स्थानीय र संघ० का कर्मचारीलाई पनि प्रोत्साहन भत्ता पाउनुपर्छ ।

पहिचान गुम्न नदिऔं
सिमित कर्मचारीका कारण सिंगो कर्मचारीतन्त्र वदनाम हुनु परेको छ । करिव ८० हजार निजामति कर्मचारीभित्र तीन÷चार सय कर्मचारी गलत प्रवृतिका छन् । जुन कर्मचारी दिनहुः घुससहित रंगेहात पक्राउ पर्छन् । जसले गर्दा सिंगो कर्मचारीको पहिचान नै गुम्ने अवस्थामा पुगेको छ ।

राज्य शक्तिलाई हातमा लिने र पहुच भएका कर्मचारीको आवाज मात्रै राज्य र समाजले सुन्छ । हुन त घुसखोरी गर्ने र अपवाह फैलाउने कर्मचारीलाई नै सबैले स्यावासी दिन्छन् तर
इमान्दारपूर्वक काम गर्ने सोझा कर्मचारीको बारेमा कसैले बोल्दैन् ।

कृषिमै रमाउँनेछु

निजामति सेवामा जोडिएको धेरै भएको छैन । जसले गर्दा अवकासपछिको योजना पनि बनाएको छैन । तर म एउटा कृषकको छोरो हुँ । गाउँमा प्रशस्त उर्वरा जग्गा छ । बाल्यकालमा रमाएका पाखापखेरामा प्रशस्त अन्नहरु फलाउन सकिन्छ । आज रोजगारी खोज्दै सयौं युवाहरु विदेशी भूमिमा पुगेको छन् । जसका कारण गाउँका खेतबारीहरु बाँझै छन् । तर मलाई भने कृषिमै रमाउने मन छ । सायद अवकासपछि पनि आफ्नै आधुनिक कृषि गरेर रमाउनेछु युगआवह्वानबाट साभार) ।





error: Content is protected !!