मुआव्जा धनि खोज्दै गाउँ , गाउँमा बैङ्क

हेमन्त केसी
जाजरकोट , २१ फागुन ः नलगाड जलविद्युत आयोजना निर्माण स्थलका स्थानीयको नाममा खाता खोल्न गाउँ , गाउँमा बैङ्क पुगेका छन् । जग्गा धनी खोज्दै जाजरकोट सदरमुकामबाट बैङ्कहरु गाउँ , गाउँमा पुगेका हुँन् ।

नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले जिल्ला प्रशासन कार्यालयमार्फत अधिग्रहण गरिने जग्गाको मुआब्जा दुई अर्ब ७३ करोड रकम जग्गा धनिलाई उपलव्ध गराउन लागेको छ । सो रकम भुक्तानी लिनका लागि स्थानीयवासीहरु सदरमुकाम आउने झनझट हुँने भएकाले यहाँका सवै बैँकहरु जग्गा धनी खोज्दै गाउँ , गाउँमा पुगेका हुँन् । राष्ट्रिय बाणिज्य बैङ्क , सिटिजन्स बैङ्क , ज्वाती विकास बैङ्क र एनआईसी एसिय बैङ्क का कर्मचारीहरु गाउँमा गएका छन् ।  जग्गा धनि छुट्याउनका लागि बैङ्कका प्रतिनिधिले स्थानीय सवैलाई चिन्ने व्यक्तिलाई सहयोगीका रुपमा लिएर गएको छन् । बाणिज्य वैँकले बारेकोट गाउँपालिकाको कार्कीज्यूलामा स्थानीयवासीको खाता खोल्नुका साथै वितिय साक्षरता कक्षा समेत चलाएको प्रवन्धक ईलम खड्काले जानकारी दिनुभयो । वितिय साक्षरता सम्वन्धि कक्षा चलाउने पहिलो बैँक बाणिज्य बैँक नै रहेको छ ।

समाचारमा सम्वन्ध राख्ने सवै तस्वीर नेपाल राष्टिय बाणिज्य बैँक सँग सम्वन्धित छन् ।

गाउँ , गाउँमा आएर बैङ्कहरुले खाता खोल्न स्थानीयवासीको घर घरमा पुगेपछि यहाँका स्थानीयवासीहरु खुसी भएको बारेकोट गाउँपालिका – ५ जनकबहादुर शाहीले बताउनुभयो । वितिय साक्षरता सम्वन्धि कक्षा पाउदा विद्यार्थीहरु निकै खुसी भएको सिता माध्यमिक विद्यालय कार्कीज्यूलाका प्रधानाध्याक तिलक खत्रीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशकै सामरिक महत्वपूर्ण आयोजनाको रुपमा हेरिएको ४१७ मेगावाट क्षमताको यस योजनाको डीपीआरको काम आगामी असार मसान्तभित्रै सम्पन्न हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जग्गा प्राप्ति ऐन–२०३४ को दफा १३ (२) बमोजिम यही फागुन ५ गते बसेको मूल्य निर्धारण समितिको बैठकबाट प्रतिरोपनी ६ लाख मूल्य निर्धारण गरिएको बताउनुभयो ।

नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका साइड इञ्चार्ज इन्जिनियर पदम थापाले जग्गा प्राप्ति ऐन–२०३४ को दफा १८ (१) को प्रयोजनको लागि फागुन ७ गतेको गोरखापत्रमा सूचनामा प्रकाशित विवरण अनुसारका व्यक्तिहरुले मुआव्जा रकम पाउने जानकारी दिनुभयो । उक्त सूचनाप्रति चित्त नबुझे सोही दफा १८ (२) बमोजिम आफ्नो दाबीको आधारमा प्रमाणसहित १५ दिनभित्र गृह मन्त्रालयमा उजुरी गर्न सकिने कानुनी प्राबधान रहेको छ ।

प्रजि पन्तका अनुसार आयोजनाबाट प्रभावित बारेकोट गाउँपालिका १, २, ५, ६, ७, ८ र ९ का तीन हजार ९३३ जनाले मुआव्जा वापतको रकम प्राप्त गर्नेछन् । चार हजार ६५० रोपनी जग्गाको मुआब्जा वितरणको काम केही दिनभित्रै शुरुवात गरिने छ । प्रतिरोपनी ६ लाख रुपैयाँका दरले मुआब्जा पाउनेछन । रकम वितरणको लागि गरेको १५ दिने सूचनाको म्याद यही फागुन २२ गतेसम्म रहेको छ ।
विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् ।

केही महिना अघिमात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तराष्टिय सहयोग नियोग (जाइका)लाई आग्रह गरेको थियो । जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छासमेत देखाएको छ । आयोजना निर्माणका लागि १२३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

वातावरणीय व्यवस्थापनको अनुमानित लागत ५६ अर्ब रुपैयाँ लाग्ने आयोजनाले बताएको छ । साढे ६ वर्ष भित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाको बाँध भरिदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । यो समुद्र सतहदेखि एक हजार ५८० मिटरको उचाइमा पुग्नेछ ।





error: Content is protected !!