फैलिदो नलगाड ८ मा नेकपाका

लोकेन्द्रविक्रम शाही
जाजरकोट ः देशै भरी नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) फैलिरहेको समयमा नेपाली कांग्रेसको किल्ला रहेको नलगाड नगरपालिका ८ मा कांग्रेसका भारी कार्यक्रता नेकपामा प्रवेश गरेका छन् ।

पार्टीको वडा कार्यालय स्थापना गर्न आयोजित कार्यक्रममा कांग्रेसका भारी कार्यक्रता नेकपामा प्रवेश गरेका हुँन् । नवप्रवेशीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा )कर्णाली प्रदेश सदस्य तथा नगर प्रमुख टेकबहादुर रावलले प्रवेश गराउनुभएको छ । त्यस्तै कार्यक्रममा नगर समितिका अध्यक्ष गणेश सिंह जिल्ला पार्टी सचिवालय सदस्य नबेन्द्र नेपाली,५ वडा अध्यक्ष केशब प्रसाद शर्मा,१२ नं वडा अध्यक्ष लालवहादुर खत्रीको उपस्थिती रहेको थियो ।

नेपाली कांग्रेस ८ नं वडाका सक्रिय कार्यकर्ता टिकाराम बि क ,पर्शे ,परियार कलीबान नेपाली, प्रेमबहादुर बि क,रामकुमारी खत्री,ताराकुमारी सिंह,रबिन्द्र बि क ,दिलबहादुर बि क,निमकुमारी बि क,बिनोद बि क,लालबहादुर खत्री,नेत्रबहादुर खत्री,खिमबहादुर खत्री,शान्तबहादुर खत्री,बले कामी,टोपबहादुर खत्री,भिमबहादुर परियार ,गंगे नेपाली,सीता परियार ,खिमबहादुर दमाई मनमाया सुनार ले नेकपामा प्रबेश गरेका हुन ।





error: Content is protected !!