कुकुर प्रेमका कारण जसले छोडिन् विहे गर्ने पक्कपक्की भएका युवक

भारतीय शहर बेंगलुरुकी एकजना युवतीले घरमा पालेको कुकुरसँगको प्रेमका कारण बिहे गर्न अस्वीकार गरेकी छिन् । घरमा पालेको कुकुरलाई उनी औधी माया गर्छिन् । केही समयअघि एकजना युवकसँग उनको बिहे हुने तय भएको थियो ।

उनीहरूबीच घण्टौँ च्याट हुन्थ्यो । च्याटका क्रममा करिश्मा वालिया नाम गरेकी युवतीले घरमा पालेको कुकुरको आफूलाई साह्रै माया लाग्ने बताइन् । बिहेपछि कुकुरलाई माइतीमा त्यसै छोड्न नसक्ने उल्लेख गरिन् । ती युवकले कुकुरसँगको मोह केही समयको कुरा भएको भन्दै करिश्मालाई बिहेपछि कुकुरलाई छोडेर परिवार र करिअरप्रति ध्यान दिनुपर्ने सुझाव दिए ।

कुकुरलाई छोड्ने कुरा युवकले गरेपछि क्रुद्ध भएकी करिश्माले कुकुरलाई नभई ती युवकलाई नौ छोड्ने बताइन् । युवकले पनि रिसाउँदै ‘उसो भए त्यही कुकुरसँग बिहे गर’ भने । यसरी उनीहरूको तय भइसकेको बिहे रोकियो । करिश्माले ती युवकसँग भएको च्याटको डिटेल आफ्नो वालमा सेयर गरेपछि उनको कुकुरमोह चर्चाको विषय बनेको थियो ।





error: Content is protected !!