भेट्नासाथ तिमी भन्छन्, बोलाउँदा बहिनी ?

सजना सुनार
काठमाडौं ः तिमी शब्द आफैंमा नराम्रो होइन, तर बोल्नेले कसरी बोल्यो भन्ने महत्वपूर्ण हुन्छ।

कुरा कालिकोट जिल्लाको एक स्थानीय तहको हो। त्यहाँका वरिष्ठ व्यक्तिहरूसँग कुराकानीको अवसर मिलेको थियो।

मैले सबैलाई नमस्कार गरेँ। ब्याग राखेर बस्न नपाउँदै कतैबाट आएको आवाज सिधै कानमा ठोक्कियो, ‘ओहो तिमी१ यता कता आयौरु’

ब्याग राखेर पछाडि फर्कें।

उनीसँग आजभन्दा चार वर्षअघि कामकै सिलसिलामा चिनजान भएको थियो। त्यस बेला ‘तिमी’ सम्बोधन थिएन।

मैले आफ्नो सबै परिचय दिन नपाउँदै अर्को वरिष्ठ व्यक्तिबाट प्रश्न आयो, ‘नानी तिम्रो घर कतारु’

मैले सबै प्रश्नको जवाफ दिन उचित ठानिनँ। म आफ्नो कामको कुरातिर लागेँ।

म त्यहाँ जनप्रतिनिधिहरूलाई तीनदिने तालिम दिने प्रशिक्षकका रूपमा पुगेको थिएँ। त्यो पनि बाल विवाह र बाल अधिकारका सवालमा।

मलाई थाहा छ, म महिला भएकीले नै त्यसरी सम्बोधन गर्दै अनेक प्रश्न सोधिँदै थियो। अर्को दिन जब तालिम सुरू भयो, तब मात्र मैले आफ्नो सबै परिचय सुनाएँ। उनीहरूमा एकप्रकारको लज्जापन देखिन्थ्यो।

यो म आफैंले भोगेको घटना हो। यहाँ हरेक क्षेत्रमा महिला भएकै कारण अविश्वासको पात्र बनाइन्छ। कि तिमी भनिन्छ, होइन भने बहिनी नाता लगाएर सम्मानमा कन्जुस्याइँ देखाइन्छ। मजस्ता हजारौं युवती तथा महिलाहरूले यो पीडा भोगिरहेका छन्।

महिलालाई गरिने अविश्वासको सवाल उठाउँदा पुरुषवादी समाजले उदाहरणसहित प्रश्न तेर्स्याउँछ– नेपालका धेरै महिला अगाडि आइसके, राष्ट्रपति देख्नुभएनरु पूर्व प्रधानन्यायाधीश देख्नुभएनरु उहाँहरू पनि महिला नै होइनन् ररु हरेक ठाउँमा महिला सहभागिता गराएकै छौं, अहिले त स्थानीय तहमा दलित महिला, प्रमुख–उपप्रमुखमध्ये एक जना महिला ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था नै छ।

पुरुषहरूलाई यस्ता(यस्तै उदाहरण दिन अचेल खुब सजिलो भएको छ।

म कसरी प्रस्ट्याउँ, हामीलाई सहभागिताको यो अवसर दिने तपाईं होइन, यो त संविधानले दिएको अधिकार हो।

अविश्वासको कुरा गरिरहँदा मलाई मेरै घरको प्रसंग भन्न मन लाग्छ। मेरो घरमा मलाईभन्दा मेरो भाइलाई बढी विश्वास गरिन्छ। हरेक कुरामा उसलाई नै बढी प्राथमिकता दिइन्छ। मेरो समाजले पनि मलाईभन्दा धेरै पुरुष साथीहरूलाई बढ्ता विश्वास गर्छन् र विशेष व्यवहार देखाउँछन्।

मेरी छिमेकी बहिनी कानुन विषय पढ्न चाहन्थिन्। तर, छोरीमा लगानी गरेर के गर्नु, बिहे गरेर अर्काको घर जाने त हो भनेर गरिबीको कारण देखाउँदै शिक्षा विषय पढ्न लगाइयो।

म मोटरसाइकल चलाउन साह्रै रुचाउँछु। लाइसेन्सका लागि ट्रायल दिन अभ्यास गर्नुपर्ने बाध्यता थियो। सिक्ने तीव्र चाहनाले मैले अंकल, भाइ, मामा सबैलाई अनुरोध गरेँ। तर कसैले ममाथि विश्वास गरेनन्। सिक्ने तीव्र अभिलाषाले मलाई ड्राइभिङ सेन्टर पुर्‍यायो। त्यहाँबाट पनि निराश भएर फर्कनुपर्‍यो।

यस्तो व्यवहार हामीले सबैतिर बेहोर्नुपर्छ। घरमा छोरीभन्दा छोरा विश्वासिलो। विद्यालयमा छात्राभन्दा छात्र विश्वासिलो। समाजमा महिलाभन्दा पुरुष विश्वासिलो। स्थानीय तहमा पुरुष जनप्रतिनिधि नै बढी विश्वासिलो। सरकारी कार्यालय होस् या गैरसरकारी, जहाँ पनि महिलाभन्दा पुरुष कर्मचारीलाई पत्याइने। सञ्चार क्षेत्रमा महिलाभन्दा पुरुष पत्रकार नै अगाडि। राजनीतिको हालत उस्तै।

अब भन्नुस् हरेक ठाउँमा महिला नै अविश्वासको पात्र किनरु

करिब एक महिनाअघिको कुरा हो। किशोरीमाथि हुने दुर्व्यवहार तथा यौन हिंसासम्बन्धी रेडियो अन्तर्वार्तामा बोलाइएको थियो। म त्यहाँ पुगेँ। अन्तर्वार्ता सुरू भयो। विषय नौलो थिएन, तर सोधिएका प्रश्न अनौठा थिए।

कार्यक्रम सञ्चालक पटक–पटक ुकिशोरी हिंसामा पर्नुको कारण उनीहरूको व्यवहार र कपडा होइनरुु भन्दै प्रश्न तेर्स्याउँथे।

जवाफ दिन नपाउँदै ‘पुरुषलाई फसाउन वा पूर्वाग्रहका कारण पुरुषमाथि आरोप लगाइन्छ होइन ररु के साँच्चिकै किशोरी वा महिला पीडित हुन्छन्रु’ भन्दै प्रतिप्रश्न गरिन्थ्यो।

उहाँका यी प्रश्नले महिला र किशोरीलाई नै अविश्वासको पात्र बनाइरहेको थियो। दुर्व्यवहार तथा यौन हिंसाको दोष महिला तथा किशोरीलाई नै दिइरहेको थियो।

अन्तर्वार्तामै एकपटक मज्जाले हाँसे। त्यो हाँसो एक पुरुषको पुरुषवादी सोच सुनेर थिएन। यो त राज्यको चौथो अंग मानिने र सचेत नागरिकमा पर्ने सञ्चारकर्मीको साँघुरो सोच देखेर थियोरु उनको सोच त यस्तो छ भने आमपुरुषको कस्तो होलारु ती पुरुष वरिपरि रहेको महिलाको अवस्था कस्तो होलारु

महिलाहरू धेरै अगाडि पुगिसके भनेर उदाहरण दिइरहँदा सोच्न जरुरी छ, ती अगाडि पुगेका महिलाले साँच्चिकै नेपालका समग्र महिलाको प्रतिनिधित्व गर्छन् होलारु महिला अधिकारका लागि पैरवी गरिरहेका सबै पुरुष आफू परिवर्तन भएर समाज परिवर्तनका लागि होमिएका होलान् तरु

भनिन्छ, दुनियाँ परिवर्तन गर्न सहज छ, आफूले आफैंलाई परिवर्तन गर्न गाह्रो छ।

सहभागिताका नाममा अगाडि उभ्याएर होइन, महिलालाई साँच्चिकै विश्वास गर्न सक्नुपर्छ। अवसर दिन सक्नुपर्छ। महिला सहभागिता मात्र होइन, अर्थपूर्ण सहभागिता अहिलेको आवश्यकता हो। अहिलेसम्म महिलालाई सम्बोधन गरिने भाषा त सुधारिएको छैन भने व्यवहार सुधारिने कहिले होलारु

त्यसैले, महिलाप्रति हेरिने दृष्टि फेरौं, एकपटक महिलालाई विश्वास गरी हेरौं।

लेखक कर्णाली प्रदेशका युवा अभियन्ता हुन्।





error: Content is protected !!