अर्थमन्त्री डा खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौ , अर्थमन्त्री डा युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । सञ्चारमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले आज मन्त्रालयको पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहण गर्नुहुँदै कर्मचारीहरुलाई निर्देशन दिदैँ उहाँले सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले बजेट निर्माणकै क्रममा समेत आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको महसुस गरेको र आजको ब्रिफिङबाट समेत यसको महत्व र गरिमा बुझेको स्पष्ट पार्नुभयो ।

अर्थ तथा सञ्चारमन्त्री डा खतिवडाले सरकार संविधानलेनै प्रेस स्वतन्त्रताको हक दिएकाले त्यसको परिपालन गराउन क्रियाशिल जनाउँदै संचार माध्यम निर्भिक, स्वतन्त्र र तटस्थ रहनु पर्ने बताउनुभयो ।





error: Content is protected !!