कसरी हटाउने शरीरका अनावश्यक रौं

अनुहार र शरीरमा आउने अनावश्यक रौंले हामीलाई हैरान बनाएको हुन्छ। यस्ता रौंले अनुहारलाई नराम्रो देखाउँछ। त्यसैले अनावश्यक रौं हटाउन हामी विभिन्न उपाए अपनाउँछौ‌। जस्तैः क्रिमको प्रयोग, भ्याक्सिन, थ्रेडिङ, सेभिङ।

तर, यी विधिबाट पटक–पटक रौं हटाउँदा झमेला भइरहन्छ। किनकि थ्रेडिङ गरेको १० देखि १५ दिनमै रौं पलाउँछ। भ्याक्सिनको प्रयोगबाट उखालेको रौं पनि एक महिनामै आउँछ। यसकारण अनावश्यक रौंलाई सधैंको लागि हटाउने चाहा धेरैजसोलाइ हुन्छ।

यस्तो चहाना अब सजिलै पूरा हुने बताउँछिन्, मेडिसिटी अस्पतालमा कार्यरत छालारोग विशेषज्ञ डा उमा क्याल।

अहिले ‘लेजर हेयर रिमोभल’ नामक प्रविधि स्थाइ रुपमा रौं हटाउने उपकरणले सधैंका लागि रौं हटाउन सकिने डा क्यालले जानकारी दिइन्।

लेजर हेयर रिमोभलले सधैंका लागि रौं हटाउने हुँदा यसलाई पर्मानेन्ट ुहेयररिडक्सनु पनि भनिन्छ। नेपालमा उक्त प्रविधि नयाँ भएपनि विकिसित मुलुकमा पुरानो प्रविधि भएको डा। क्यालले बताइन्।

अरु प्रविधिले एकपटक गरेपछि बारबार गरिरहनुपर्ने झन्झट हुन्छ। यस्तो झन्झटबाट छुटकारा पाउन पछिल्लो समय लेजर हेयर रिमोभलमा अधिकांशको चाख बढेको डा। क्यालले बताउँछिन्।

उनले भनिन् ‘अहिले नेपालमा पनि लेजर हेयर रिमुभरमा केन्द्रित हुनेहरु बढ्दै गएका छन्। महिला मात्रै नभएर पुरुषको पनि आकर्षण बढेको छ।’

कसरी गरिन्छ उपचार

डा। क्यालकाअनुसार यो उपचार एक सेसन (चरण)मा सकिदैन। एक महिनाको अवधिमा ४ देखि ६ सेसनसम्म गर्नुपर्ने हुन्छ। ‘व्यक्तिअनुसार छालाको प्रकार र रौं पनि फरक–फरक हुन्छ। त्यसकारण कसलाई कति सेसनसम्म गर्ने छाला र रौंको प्रकारमा निर्भर हुन्छ।’

‘कुनै एउटा निश्चित ठाउँमा उपचार गरिरहेको छ भने एकचोटीमै त्यो ठाउँको रौं ड्यामेज हुँदैन’, डा क्याल भन्छिन् ‘नहटाइएका बाँकी जराबाट फेरी रौं पलाउने हुन्छ। पूरै जरा ड्यामेज नभएसम्म गरी नै रहनुपर्छ।’

‘रौंलाई अन्य प्रविधिले हटायौं भने रौं मात्रै हटाइन्छ तर जरा त्यही रहन्छ। रौं पलाउने त जराबाट हो, जसलाई हेयर फलिक भनिन्छ, यो छाला भन्दा तलको लेयरमा हुन्छ।’ ‘लेजर एउटा यस्तो उपकरण हो यसले हेयर फलिकलाइ जरा नै ड्यामेज गर्छ। हेयर फलिकलाई नै ड्यामेज गरेपछि रौं पलाउने नै हुँदैन’, डा। क्यालले भनिन्।

उनकाअनुसार उपचार गरेर एकपटक पूर्ण रुपमा अनावश्यक रौं हटाइसकेको सधैंका लागि छुटकारा पाइन्छ। हेयर हटाउन धेरै ठूलो टिम पनि चाहिदैन। यो साधारण प्रक्रियामा हुन्छ। यसको सेवा लिएकाले कति चाडो हुने रहेछ भनेर अचम्मित मान्दै फर्किएको उनी बताउँछिन्।

लेजर हेयर रिमोभल सुरक्षित

अझै कतिपयलाई यसबारेमा थाहा छैन। रौं हटाउने लेजर प्रयोगपछि अन्य असर त हुँदैन भन्ने पनि लागिरहेको हुन्छ। लेजरको बारेमा नेपालीको बीचमा जनचेतना पुगिनसकेको डा क्याल बताउँछिन्।

‘पछिल्लो समय हेयर रिमोभलको बारेमा थाहा पाएर आउने पनि हुनुन्छ, तर लेजर उपचार भन्ने बित्तिकै डराउने गर्नुहुन्छ’ उनी आफ्नो अनुभव सुनाउँछिन्।

‘लेजरले असर गर्ने होइन, यो विकसित, सुरक्षित र प्रभावकारी प्रविधि हो’ ‘प्रभावकारिता भन्दा पहिला सुरक्षाको कुरा आउँछ। यो एकदमै सुरक्षित उपचार हो’ उनले थपिन्। लेजरमार्फत् अनावश्यक रौं हटाउने पद्दतिप्रति नडराउन डा। क्यालले सुझाइन्।

लेजर प्रयोगले कुनै ‘साइड इफेक्ट’ हुँदैन। कसैलाई गरेको लेजर गरेको ठाउँमा रातो हुन्छ। त्यो पनि दुईरतीन दिनमै हराएर जाने डा। क्यालले बताइन्।

‘सुपर फिसियल बर्न छालको माथिल्लो भाग दुख्नु भएको छ भने बढीमा दुई हप्तामै ठिक हुन्छ। किनभने धेरै गहिरिएर लेजर गरिएको हुँदैन।’
‘छालाको सबैभन्दा माथिल्लो तहमा मात्रै थोरै पोलेको जस्तो हुन्छ। खासै दुखेको महशुस हुँदैन। दुई हप्तामै सबै सामान्य हुन्छ’, उनले प्रष्ट पारिन्।

उपचारपछि के–के कुरामा ध्यान दिने?

डा क्याल भन्छिन् ‘अनुहारमा लेजर गरिसकेपछि कुनै कुरामा ध्यान दिनु पर्दैन। उपचार अघि हामीले जसरी जिवनयापन गरेका छौं त्यस्तै नै हो।’

कुनै व्यक्तिलाई गरेको भागमा वर्निक सेन्सेसन जलन महशुस हुन्छ। त्यसैले रौं हटाइसकेपछि आइस प्याक प्रयोग गर्नुपर्छ। अपर लिप्स गर्ने कोहीलाई यस्तो हुनसक्छ। तर, अस्पतालबाटै आइस प्याक लागाउन सुझाव दिएर पठाउने उनले बताइन्।

‘दुखेको महसुस भएमा आइस प्याक गरे हुन्छ। त्यो बाहेक अरु केही गर्न आवश्यक पर्दैन।’ लेजर प्रयोगपछि युभिरेज घामबाट आउने विकिरण बाट जोगाउँदा उत्तम हुने उनको भनाइ छ।

‘शरीरका अन्य भागमा कपडाले ढाकेको हुन्छ। तर अनुहारमा खुल्ला हुने हुँदा त्यो अवस्थामा सन्सक्रिन प्रयोग गर्न सल्लाह दिन्छौं’, डा क्यालले भनिन्।

कति समय लाग्छ ?

‘लेजर गर्दा लाग्ने समय कति भागमा गरेको हुन्छ त्यसअनुसार निर्भर हुन्छ। अझै मसिनो खालको रौं ड्यामेज हुन समय लाग्छ। जति धेरै रौं हुन्छ त्यति नै धेरै सेसनको आवश्यक पर्छ। लेजरको प्यारामिटर पनि त्यहिअनुसार नै छानिन्छ’, डा क्यालले स्पष्ट पारिन्।

‘हाम्रो अनुहारमा मसिना रौंहरु हुन्छन्, अन्डर आम्स (काखि)मा कालो बाक्लो रौं हुन्छ। यसरी रौंको प्रकारअनुसार काखिको रौ चाडो ‘ड्यामेज’ हुन्छ भने अनुहारको समय लाग्छ।’ जस्तैः काखीमा गर्दा १० मिनेटमा सकिन्छ। अनुहारमा गर्दा १५ देखि २० मिनेट लाग्छ।

मूल्य कति ?
डा। क्यालकाअनुसार उपचार पद्धति त्यति महंगो छैन। ‘लेजर ५ देखि ६ पटकसम्म गर्दा रौं सधैंका लागि जान्छ। तर, पटक–पटक पालरमा गएर सेभिङ गर्दा धेरै खर्च भइरहेको हुन्छ। यसको तुलनामा त लेजर सस्तो पर्छ नि’ उनी भन्छिन्।

कति रौं उखाल्ने हो त्यो अनुसारको मूल्य लाग्छ। उनकाअनसार पुरै अनुहारमा गर्दा ८ देखि १० हजार पर्नसक्छ। काखिको गर्दा ५ देखि ६ हजारसम्म लाग्छ।

हेयर रिमुभरका लागि प्रयोग हुने लेजर पनि विभिन्न किसिमका हुन्छन्। यो एउटा प्रविधि हो। प्रविधि जहिलै अपडेटेट हुन्छ। त्यसैले कुनैले नयाँ डिभाइस राखेको छ भने त्यहीअनुसार केही रकम बढी त पर्छ नै।

कुनै अस्पतालले पुरानैबाट चलाइरहेको छ भने सोहीअनुसारको मूल्य राखेको हुन्छ। आफ्नो डिभाइस र ठाउँअनुसार मूल्य केही फरक पर्नसक्ने डा क्याल बताउँछिन्।

प्रस्तुति मीरा खतिवडा





error: Content is protected !!