म मन्त्री बन्छु भन्ने कल्पनाले पढेको होईन – वनमन्त्री बस्नेत

हेमन्त केसी
जाजरकोट , मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोट खण्डको पुरै भाग कालोपत्रे काम सुरु भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । जिल्लाका सवै सडक , खानेपानी , स्वास्थ्य , टेलिफोन सेवाको काम एकै पटक सुरु भएको उहाँको भनाइ छ ।
देश भरीका ८२ वटा विद्यालय मध्य जाजरकोमा दुई वटा विद्यालय नमुना रहेकोले यसलाइ बढाउनुपर्नेमन्त्री बस्नेतले बताउनुभयो । जिल्लाभरी विद्युतिकरणका लागि काम सुरु भईसकेको भन्दै उहाँले अहिले भौतिक पुर्वधारको काम चलिरहेको बताउनुभयो ।
जिल्लाका ५ ठाउँमा विद्युतका सव स्टेशन निर्माणको काम चलिरहेको बताउनुभयो । टेलिफोनको समस्य हल गर्न पुराना निर्माण व्यवसायीले काम नगर्ने भएकाले नयाँ बाट काम गर्नका लागि प्रक्रिया सुरु भईसकेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशको भाग्यसँग जोडिएको नलगाड जलविद्युत आयोजनाको काम समेत अगाडी बढाएको छ । छेडागाड नगरपालिकाको वडा २ र ३ मा टिमुरको पकेट क्षेत्र घोषण गरी जनताको जनजीवन बदल्ने प्रयास भईरहेको उहाँको भनाई छ ।
सडक , विद्यतीकरण , सञ्चार , अस्पताल र वहुँप्राविधिक शिक्षालयको काम समेत एकै पटक अगाडी बढेको उहाँको भनाई छ । हामी आशाबादी हुनुपर्ने भन्दै मन्त्री बस्नेत धेरै दुखी भएर अव पार नलाग्ने बताउनुभयो । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा)को सरकार भित्र केही समस्य आएपनि समाधान गदै अगाडी बढीरहेको मन्त्री बस्नेतले बताउनुभयो ।
नेपालमा राजनीतिमा पुस्ता हस्तान्तरण हुँने परम्पराको अन्त्य भएसँगै या देशमा विकासले गती लिएको उहाँको भनाई छ । कक्षा ४ सम्म पढ्दा मेरो खुट्टामा जुत्ता , चप्पल विना हिडेर पढेको सुनाउनुभयो । मन्त्री बन्छु पढेको होईन उहाँले भन्नुभयो । विगत कोट्याउदै मन्त्री बस्नेतले म काउली विक्री गरेर पढ्नुका साथै राजनीतिमा लागेको व्यक्ति भएको दावी गर्नुभयो । जनप्रिय माध्यमिक विद्यालय छेडागाड नगरपालिका –३ को ४२ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । चिट चोरी गरेर उच्च शिक्षा हाँसिल गरेको योग्याताले सवैसँग प्रतिस्पर्धा गर्न नसक्ने उहाँको भनाई छ ।
विद्यालयमा पढाउने शिक्षक राजनीतिक दलको कार्यक्रमको सञ्चालन भएर शिक्षा क्षेत्रमा गती दिन सकिदैन् मन्त्री बस्नेतले भन्नुभयो । जिल्लाका दुई ठाउँमा १५ शैयाको अस्पताल निर्माणको काम सुरु भएको बताउनुभयो । जाजरकोटमा अव छिट्टै शैक्षिक सम्मेलन गर्ने तयारी रहेको उहाँको भनाई छ ।
पुर्व शान्ति तथा पुर्ण निर्माणमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले विकास अर्थ विद्यालय निर्माण मात्र नभई समग्र शैक्षिक अवस्थामा सुधार आउनुलाई विकास आधार भएको बताउनुभयो ।
राजनीतिक आन्दोलनको हिस्सादारको रुपमा रहेका महिलालाई वास्तविक र अर्थपुर्ण सहभागिता रहनु पर्नेमा पहाडीले जोड दिनुभयो । संविधानमा उल्लेखित कुरा मात्र सवै कार्यान्वयन भएमा मात्र महिलाको वास्तविक सहभागीता हुने उहाँको भनाई । जनआन्दोलन , जनयूद्धमामा समेत महिलाहरुले भारी सहभागीता भएको उहाँको दावी छ । नाममा मात्र विद्यालय भएर नहुँने भएकाले यहाँको विद्यालयमा पढ्ने विद्यार्थी संसारका सवै कुनामा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्नेमा उहाँको जोड थियो ।





error: Content is protected !!